@ Journey 7 days in Assam {India}
Do you like this story?
यो पटकको ब्लग पोष्टमा भारतको एउटा राज्यमा बसोबास गर्ने नेपालीहरुको बारेमा नलेखी मनै मानेन ।
त्यसैले त्यहाँ रहेर आप्रवास जीवन विताईरहेका नेपालीहरुप्रति सम्मान गर्दै कखरा लेख्ने जमर्को गर्दैैछु । झापाको जनसंसद्कर्मी भूमी भण्डारी, मेचीनगर अनलाईका समाचार सम्पादक प्रकाश पौडेल, कोहेड भिजन मासिकका सम्पादक टुरुप संग्रौला र म लगायत चार जना गत साता भारतको आसामतर्फ हानियौं । हाम्रा लागि त्यो विल्कुलै नौलो र नयाँ ठाँउ थियो । त्यहाँको बारेमा सुनेका त थियौं तर नजिकबाट नियाल्ने मौका पाएका थिएनौं । त्यसैले पनि यो यात्रा हाम्रा लागि महत्वको विषय बन्न पुग्यो । अन्य मुलुकहरुमा जस्तै भारतमा आप्रवासी जीवन विताईरहेका नेपालीहरु भेट्न हामी निकै आतुर थियौं । तर हामीलाई आसाम पुग्न जति हतार थियो सायद त्यो ट्रेनलाई थिएन होला त्यसैले उ आफ्नै सुरमा मन्द मन्द गतिमा अगाडि हुँईकिरहेको थियो । शुक्रबार राती अर्थात शनिबारको विहान ४ बजे हाम्रो पहिलो गन्तब्य बरपेटा रोडमा पुगियो । रातभरको ट्रेनको यात्राले हाम्रो शरिर पूर्ण रुपमा शिथिल भईसकेको थियो तर हामीलाई थाकेको महशुस हुन सकिरहेको थिएन । बरेपेटा रोडमा रहेका चिया पसलमा चियाको चुस्कीमा रम्दै हामीले दुई घण्टा त्यही बिताई दियौं । त्यसपछि भेन (सानो सवारी साधान) रिजर्भ गरी हामी बरपेटा रोडको नेपालीबस्ती तर्फ हानियौं । झण्डै बरपेडा रोडबाट २० किलोमिटर दूरी पार गरेपछि बेगी नदी पुगियो । त्यहाँबाट गाडि अगाडि बढ्न सकेन । नदीमा बनाईएको पुल बर्खायामको भेलले भत्काईदिएको रहेछ ।
पुलको दुवैछेउमा पानी बगीरहेको रहेछ आश्चर्य लाग्दो तरिकाले । बीचमा पुल छ पुलको दुवै छेउमा पानी । त्यसपछि गाडीलाई त्यहिँ छोडेर डुङ्गा चढेर नदी पार गरियो । त्यहाँ पुग्ने वितिकै हामीलाई बस्ने रुम देखाईयो । सामान त्यहिँ रुममा राखेर नुहाई धुवाई गरियो । त्यसैबीच एकजना नेपाली चेलीले नजिकै नेपाली मन्दिर छ भन्ने जानकारी दिनुभयो । त्यसपछि हामी १ किलोमिटर पैदलयात्रा गरी नेपाली मन्दिर पग्यौं । ठूला ठूला अक्षमा बाहिरै नेपाली मन्दिर भनेर लेखिएको रहेछ । हामीलाई त्यो नयाँ ठाउँ र नेपालीहरुको बस्ती अनि उनीहरुको त्यहाँको गतिविधि बुझ्दा बुझ्दै भोक नै विर्सिएका थियौं । मन्दिरमा पुगेर पुजा गरियो । पुजारी निकै हर्षित देखिन्थे नेपालबाट आएका पाहुनाहरु देखेर । तर अफसोच हतार हतारमा मन्दिर जानेहुँदा क्यामारेको ब्याट्री चार्ज गर्न भ्याईएनछ र फोटो लिन सकेनौं । खानपिन गरेर आरम गर्दै हामीलाई भेट्न आउने साथीभाईहरुसँग भलाकुसारी गर्दैमा त्यो दिन वितेको पत्तै भएन । भोलीपल्ट विहान आईतबार ५ बजे उठेर उही डुङ्डा चड्दै उदलगुडी जिल्लाको टोङ्ला भन्ने अर्को नेपालीबस्ती तर्फ हानियौं । रंगेली, बायोवटा चारआली, मंगलद्धय हुँदै करिब ६ घण्टाको बसको यात्रा पछि हामी टोङ्ला पुग्यौं । मध्यान्न दिउँसो १ बजे टोङ्लामा साथीहरु हामीलाई पर्खेर बसिरहनुभएको रहेछ । हामी उहाँहरुको पछि पछि लाग्यौं । जहाँ हामीलाई नेपालबाट आएका पत्रकार भनेर हेर्न र भेट्न आएका थुप्रै साथीहरुसँग निकै लामो भलाकुसारी भयो । विशेष गरेर नेपाली राजनीतिप्रति उनीहरुको चासो बढी थियो । हुनतः उनीहरुमाथि पनि समस्या भने नभएका होईनन् तर आफ्नो समस्या भन्दा पनि नेपालकै बढी चासो थियो । झण्डै आसाम राज्यको कूल जंनसंख्या मध्ये आधा नेपालीको बसोबास छ ।
तर स्थानीय आदीबासीहरुका जातीय र क्षेत्रीय पाटी र राजनीतिक दलहरुको शोषणको शिकार बनिरहेका रहेका छन् । त्यहाँका आदीबासी संगठहरुको इशारामा काम गर्नु बाध्यता उनिहरु सामू रहेको छ । त्यसरी नै विभिन्न स्थानको भ्रमणमै हाम्रो सात दिन वितेछ । हामीलाई सात दिन वितेको पत्तै भएन । फर्कन मन पनि थिएन तर त्यहिँ बस्ने कुरा पनि भएन । अन्ततः हामी शुक्रबार फर्कियौं । तर हामी त्यहाँ बस्दाका क्षणहरु सधैभरी मानसपटलमा नाचिरहनेछन् ।
त्यसैले त्यहाँ रहेर आप्रवास जीवन विताईरहेका नेपालीहरुप्रति सम्मान गर्दै कखरा लेख्ने जमर्को गर्दैैछु । झापाको जनसंसद्कर्मी भूमी भण्डारी, मेचीनगर अनलाईका समाचार सम्पादक प्रकाश पौडेल, कोहेड भिजन मासिकका सम्पादक टुरुप संग्रौला र म लगायत चार जना गत साता भारतको आसामतर्फ हानियौं । हाम्रा लागि त्यो विल्कुलै नौलो र नयाँ ठाँउ थियो । त्यहाँको बारेमा सुनेका त थियौं तर नजिकबाट नियाल्ने मौका पाएका थिएनौं । त्यसैले पनि यो यात्रा हाम्रा लागि महत्वको विषय बन्न पुग्यो । अन्य मुलुकहरुमा जस्तै भारतमा आप्रवासी जीवन विताईरहेका नेपालीहरु भेट्न हामी निकै आतुर थियौं । तर हामीलाई आसाम पुग्न जति हतार थियो सायद त्यो ट्रेनलाई थिएन होला त्यसैले उ आफ्नै सुरमा मन्द मन्द गतिमा अगाडि हुँईकिरहेको थियो । शुक्रबार राती अर्थात शनिबारको विहान ४ बजे हाम्रो पहिलो गन्तब्य बरपेटा रोडमा पुगियो । रातभरको ट्रेनको यात्राले हाम्रो शरिर पूर्ण रुपमा शिथिल भईसकेको थियो तर हामीलाई थाकेको महशुस हुन सकिरहेको थिएन । बरेपेटा रोडमा रहेका चिया पसलमा चियाको चुस्कीमा रम्दै हामीले दुई घण्टा त्यही बिताई दियौं । त्यसपछि भेन (सानो सवारी साधान) रिजर्भ गरी हामी बरपेटा रोडको नेपालीबस्ती तर्फ हानियौं । झण्डै बरपेडा रोडबाट २० किलोमिटर दूरी पार गरेपछि बेगी नदी पुगियो । त्यहाँबाट गाडि अगाडि बढ्न सकेन । नदीमा बनाईएको पुल बर्खायामको भेलले भत्काईदिएको रहेछ ।
पुलको दुवैछेउमा पानी बगीरहेको रहेछ आश्चर्य लाग्दो तरिकाले । बीचमा पुल छ पुलको दुवै छेउमा पानी । त्यसपछि गाडीलाई त्यहिँ छोडेर डुङ्गा चढेर नदी पार गरियो । त्यहाँ पुग्ने वितिकै हामीलाई बस्ने रुम देखाईयो । सामान त्यहिँ रुममा राखेर नुहाई धुवाई गरियो । त्यसैबीच एकजना नेपाली चेलीले नजिकै नेपाली मन्दिर छ भन्ने जानकारी दिनुभयो । त्यसपछि हामी १ किलोमिटर पैदलयात्रा गरी नेपाली मन्दिर पग्यौं । ठूला ठूला अक्षमा बाहिरै नेपाली मन्दिर भनेर लेखिएको रहेछ । हामीलाई त्यो नयाँ ठाउँ र नेपालीहरुको बस्ती अनि उनीहरुको त्यहाँको गतिविधि बुझ्दा बुझ्दै भोक नै विर्सिएका थियौं । मन्दिरमा पुगेर पुजा गरियो । पुजारी निकै हर्षित देखिन्थे नेपालबाट आएका पाहुनाहरु देखेर । तर अफसोच हतार हतारमा मन्दिर जानेहुँदा क्यामारेको ब्याट्री चार्ज गर्न भ्याईएनछ र फोटो लिन सकेनौं । खानपिन गरेर आरम गर्दै हामीलाई भेट्न आउने साथीभाईहरुसँग भलाकुसारी गर्दैमा त्यो दिन वितेको पत्तै भएन । भोलीपल्ट विहान आईतबार ५ बजे उठेर उही डुङ्डा चड्दै उदलगुडी जिल्लाको टोङ्ला भन्ने अर्को नेपालीबस्ती तर्फ हानियौं । रंगेली, बायोवटा चारआली, मंगलद्धय हुँदै करिब ६ घण्टाको बसको यात्रा पछि हामी टोङ्ला पुग्यौं । मध्यान्न दिउँसो १ बजे टोङ्लामा साथीहरु हामीलाई पर्खेर बसिरहनुभएको रहेछ । हामी उहाँहरुको पछि पछि लाग्यौं । जहाँ हामीलाई नेपालबाट आएका पत्रकार भनेर हेर्न र भेट्न आएका थुप्रै साथीहरुसँग निकै लामो भलाकुसारी भयो । विशेष गरेर नेपाली राजनीतिप्रति उनीहरुको चासो बढी थियो । हुनतः उनीहरुमाथि पनि समस्या भने नभएका होईनन् तर आफ्नो समस्या भन्दा पनि नेपालकै बढी चासो थियो । झण्डै आसाम राज्यको कूल जंनसंख्या मध्ये आधा नेपालीको बसोबास छ ।
तर स्थानीय आदीबासीहरुका जातीय र क्षेत्रीय पाटी र राजनीतिक दलहरुको शोषणको शिकार बनिरहेका रहेका छन् । त्यहाँका आदीबासी संगठहरुको इशारामा काम गर्नु बाध्यता उनिहरु सामू रहेको छ । त्यसरी नै विभिन्न स्थानको भ्रमणमै हाम्रो सात दिन वितेछ । हामीलाई सात दिन वितेको पत्तै भएन । फर्कन मन पनि थिएन तर त्यहिँ बस्ने कुरा पनि भएन । अन्ततः हामी शुक्रबार फर्कियौं । तर हामी त्यहाँ बस्दाका क्षणहरु सधैभरी मानसपटलमा नाचिरहनेछन् । त्यो यात्रा निकै अवस्मरणीय क्षण बन्न पुग्यो । फेरि कहिले पुगिन्छ होला त्यो राज्यमा अनि कहिले त्यहाँका नेपालीहरु भेटिन्छ होला भन्दै त्यो दिनको पर्खाईमा छु । त्यहाँको आश्चर्य लाग्दो पक्ष के छ भने सडक कालोपत्रे छ सवारी साधन चल्दैन, विकासको पूर्वाधार छ तर टुकीको भरमा बस्नु पर्दोरहेछ । कृषि क्षेत्रमा निकै अगाडि छ । त्यहाँ उत्पादन भएका फसलहरु भारतको विभिन्न राज्यहरुका साथै नेपालमा पनि आईपुग्दो रहेछ । टमाटर ५० पैसा प्रतिकेजी पाईदो रहेछ । तैपनि त्यहाँका किसानहरु कडा मेहनतका साथ तरकारी उत्पादन गर्दा रहेछन् । त्यहाँको मूख्य आयस्रोत भनेकै तरकारी उत्पादन रहेछ ।
त्यो ठाँउ अनि त्यहाँका आप्रवासी नेपालीहरुको नेपाल र नेपालप्रतिको माया र सद्भाव अनि नेपाली संस्कृतिको जगेर्ना गरेको देख्दा हामीले नेपाल विर्सिन पुग्यो । नेपालमै भएपनि आफ्नो मौलिकता भन्दा पश्चिमी संस्कृतिलाई स्वदेशीले अंगालीरहेका छौं । नेपाल र नेपालीप्रतिको माया तुलनात्मक रुपमा कमै छ । हुनतः यसको प्रमुख कारण भनेको नेपालमा च्याउसरी उम्रेका राजनीतिक दल र तिनीहरुले गरेको ब्यवहारले गर्दा नै हो ।
अन्त्यमाः भारतको आसामबाट नेपाल क्रममा मेचीपूलमा आईपुगेपछि धेरै कुराहरुले मनमा डेरा जमाउन सके । नेपालीहरु पाश्चायत संस्कृतीको नक्कल गर्दै आफ्नौ मौलिक संस्कृतीलाई लोप गराउँदै लगिरहेको अवस्था छ । कुनै दिन यस्तो पनि हुन सक्छ । नेपाली संस्कृती हेर्न र बुझ्न नेपालीहरु भारतको आसाम पुग्नु पर्ने हो कि !

ब्लग लेखक :पवन पौडेल
तपाईलाई यो ब्लग कस्तो लाग्यो तपाईको अमुल्य सल्लाह र सुझावले अगाडी बढ्न प्रेरित गर्नेछ । सल्लाह र सुझावको लागि मलाई Email:-creativeguypaudel@gmail.com मा मेल गर्न सक्नुहुनेछ । तपाईका अमुल्य सुझावहरुको सँधै कदर हुनेछ । यहाँबाट फेसबुकमा जोडिनुहोस् ।Facebook
Subscribe to:
Post Comments (Atom)

0 Responses to “@ Journey 7 days in Assam {India}”
Post a Comment