काँग्रेसले बनाएको पुल भत्किदै छ....................
Do you like this story?
![]() |
| Writer:- लोचन खना |
बुढापाकाले भन्ने एउटा उखान छ चिनिनको लागि कि त मुर्ख बन्नुपर्छ कि त समाजलाई उदाहरणीय काम गरेर देखाउनुपर्छ । नेपाल र नेपालीको इतिहास बोकेको नेपाली काँग्रेसको अवस्थापनि यो उखानभन्दा कम्ती देखिएन् । सुरुमा राम्रो काम गरेर जनताको इज्जत पाएको पार्टीले सोही जनताबाट विश्वास गुमाउन पुगेको छ ।
इतिहास आफैँ बोल्छ, कसैले मेट्दा मेट्न सकिदैन । २०६४ चैत्र २८ गते संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले मात्र १२० मतमा चित्त बुझाउनु पर्यो । यो मतले इतिहासमा पहिलोपटक नेपाली काग्रेसले हारेको हामीले सहर्ष अनुभव गर्न सक्छौं । यसको कारण धेरै रहेपनि विशेषतः पार्टीको आन्तरिक झगडा हो भने अर्कोतर्फ नयाँ वामपन्थी विचारधारा बोकेर आएको शक्तिलाई एकचोटी अवसर दिउँ है भनेर जनताले मत दिएको हुनसक्छ, जसबाट हारमै भएपनि काँग्रेसले चित्त बुझाउनुपर्यो ।
वामपन्थी धारहरु समाजमा एकपटि र समाजवादी अर्कोपट्टी तराजुमा राख्दा कसको पल्ला भारी भन्नेमा जनताले तौल गरेका पनि हुन सक्छन् । यसले इमान्दारिताको सत्यता बोकेको काँग्रेसलाई उसको सोझोपनाको घाटा पनि हो कि भन्ने धेरैको अड्कलबाजी छ हुनपनि वामपन्थीको जस्तो कार्यकर्ता नचाउने क्षमतामापनि कमी नै देखिन्छ ।
पराजितलाई पनि जितको आभाष दिलाउन र जनतामा फेरी विश्वासको वातावरण सिर्जना गर्नको लागि नयाँ आर्थिक क्रान्ति र आमुल परिवर्तनको बाटोमा काँग्रेस केन्द्रित भएको छ काँग्रेस विना शान्ति र नयाँ संविधान आउन नसक्ने अडानका साथ केन्द्रीय समितिले सरकारको नेतृत्वको लागि रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको पदमा उठायो तर त्यसमा पनि हाता लाग्यो शून्य ।
निरन्तर ४ वर्षदेखि जनताको विश्वास गुमाइरहेको यो पार्टीले अझ नेपाल विद्यार्थी सङ्घको हटाइनुपर्छ भन्ने निर्णय लिँदा संस्थापन र देउवा पक्षको खाडलले पनि काँग्रेसमा तरङ्ग छाएको देखिन्छ ।
त्यसमाथि कांगे्रसका जरा र बिरुवाको रूपमा लिइने भातृ सङ्गठन महादिवेशनको सङ्घारमा नपुगी अझ विवादमा तानिनुले पनि आगामी चुनावमा जाने बाटोमा धेरै काँडा बढेको देखिन्छ । नेविसंघ मात्र होइन महिला सङ्घ तरुण दल र किसान सङ्घ लगायतका भातृ सङ्गठन पनि अस्तव्यस्त बनेका छन् । भातृ सङ्गठनमा देखिएको अस्तव्यस्तता लोकतान्त्रिक ढङ्गबाट गरिएको भनिएको गत वर्षको महाधिवेशन पनि जरा कमजोर भएको बिरुवाको पातमा पानी हाल्नु जस्तो मात्र हुने हो कि ?
हुनत अमेरिका, भारत जस्ता देशले सर्मथन नगरेको पनि होइन तर गिरिजावावुको निधनपछि पार्टीमा आपसी विवाद, कार्यकर्ता परिचालन क्षमतामा कमी, नयाँ शिराबाट जान गाह्रो मान्ने र वर्तमान बाबुराम सरकारले पाएको सस्तो लोकप्रियताको तरङ काँग्रेसमा लाग्ने हो कि भन्ने आम कार्यकतामा छाएको छ । हालै सञ्चारमाध्यममा चर्चामा आएको “बाबुरामसरकारमा काँग्रेस सहभागी हुने” भनाइले पार्टीले आफ्नो स्पष्ट विचारलाई त्यागेर काँग्रेस बिराले र वामपन्थी मुसा भएर पछ्याएको हो कि भन्ने कुरा जनतामा जान सक्ने भान काँग्रेस नेतृत्वले मनन गर्नुपर्ने देखिन्छ । त्यसले गर्दा लाखौं काँग्रेसीहरुलाई आगामी दिनमा कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुराले पार्टीको अबको पनि अझ दलदलमा जाने हो कि भन्ने कुरा सबै कांग्रेसीहरुले सोचेर अघि बढ्नुपर्ने देखिन्छ ।

यो लेख कुनै पनि राजनैतिक पूर्वाग्रहमा नलेखिएको र लेखकको आफ्नो निजी विचार हो ।

ब्लग लेखक :पवन पौडेल
तपाईलाई यो ब्लग कस्तो लाग्यो तपाईको अमुल्य सल्लाह र सुझावले अगाडी बढ्न प्रेरित गर्नेछ । सल्लाह र सुझावको लागि मलाई Email:-creativeguypaudel@gmail.com मा मेल गर्न सक्नुहुनेछ । तपाईका अमुल्य सुझावहरुको सँधै कदर हुनेछ । यहाँबाट फेसबुकमा जोडिनुहोस् ।Facebook
Subscribe to:
Post Comments (Atom)

0 Responses to “काँग्रेसले बनाएको पुल भत्किदै छ....................”
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...