हजुर मेरो बीमा.................???
Do you like this story?
दिनेश कार्की ‘हजुर खोजिएको मान्छे म नै हुँ ।’
‘मलाई अफसोच छ, तिम्रो निवेदनप्रति ।’ बस्ने इसार गर्दै उसलाई नियालेर भने । उ निन्याउरो मुहार पार्दै टेबलमा राखिएको मानचित्र नियाल्न थाल्यो ।
‘सर कस्लाई पत्तो हुन्छ र ! आफ्नो कालगति , खैर ! मैले त केवल मृत्तकको परिवारलाई क्षतिपूर्ति दिलाउनका खातिर कदम चालेको हुँ ।’ निवेदन लिएर हाजिर भएको मुराद पोख्यो ।
‘रै पनि, मृत्यु स्वाभाविक हुनुपर्छ नी !’ यो त हाम्रो निम्ति नै कलकिंत मृत्यु भो, फेरी यहाँ हाम्रो पुर्खाहरुले छोडेर जानु भएको छविमा पनि धब्बा लागेन र ?’
‘सर पनि, त्यो समय अब कहाँ ! यतिबेला यहाँ सबैलाई आफ्नो आज र भोलीको पर्वाह छ । जव आफ्नो हिजो सम्झन नचाहनेहरुले पूर्खालाई सम्झेहोलान् र !’ कटाक्ष वाक्य र चेहेराको झटारो मलाई लाग्यो ।
‘सायद, म भ्रममा थिएँछु ।’ उसको कुराले म भावुक बनेँ ।
वार्तालापलाई टुंग्याउदै निवेदनमा हस्ताक्षर गरेँ । मृत्तकको प्रमाणित कागजात र पासपोर्ट चाडै बुझाउन लगाएँ । उ यहाँबाट रमाना भयो । कार्यभार सम्हालेको महिना दिनभित्र पेशीएका निवेदनमध्ये यसप्रति मलाई दिलचस्वी र ग्लानी लाग्यो मलेसियाका लागि नेपाली दूतावासमा नियुक्त भएता पनि ओहादाको प्रमाणपत्र
विश्राम समयमा सहचारी बोल्न भो—‘सरले मृत्तकको काजात र पासपोर्ट तत्काल झिकाउन लगाउनु भएर ठीक गर्नु भो, कम्तिमा मृत्तकको पार्थिक शरीर उसको घर—परिवारमा चाडै पुग्ने त भयो । बीमाको तयारीमा धेरै लाशहरु अलपत्र परेका छन् । यहाँ दोस्रो मुलुकका श्रमिकहरुलाई भरसक बीमा दिन चाहदैनन्, दिए पनि अल्याङ्ग—टल्याङ्ग गरेर थोरै दिन्छन् । जे भएता पनि पहल गर्न चाँहि छोड्नु हुँदैन । आखिर पैसाकै निम्ति यहाँ आएका हुन्, अब मरेर पाउने पैसा उसको परिवारले पाए भने केहि राहत त मिल्छ ।’
उहाँको कुराले म मौन रहेँ । पैसा र समयलाई मैले कहिल्यै बुझ्न सकिन । घट्नाको प्रकृति अनुसार बीमा उपलब्ध गराउन पक्कै सहज छैन । किनकी मृत्तकको हत्या भएको छ, यसप्रति कम्पनी विल्कुल जवाफदेही नहुन सक्छ । रै पनि, जीवन बीमाको हकमा कतै पाईन्छ की ! आफ्नै मनलाई ढाड्स दिएँ । दैनिकी काम कारवाही सकेर कार्यालय बन्द हुन अघि एक पटक सो निवेदनलाई हेर्ने इच्छा जाग्यौ । मृत्तकको नाम, ठेगानाले मेरो मनमा च्वास्स शुल बिझेर आयो । त्यतिबेलै चालिस बर्ष पूरा लागेको मान्छे कसरी मलेसिया भित्रन सक्छन् र ! कदाचित, भित्रिएता पनि कस्तो कलङ्कीत मत्युलाई अंगाल्नु पर्ने हो । किनकी म कृषि क्याम्पस प्रमुख भएका बखत उ इमान्दार र इज्जतदार कारिन्दा कहलिन्थ्यो । त्यस्तो मान्छे यहाँको वातावरणमा परिवर्तन भयो भन्दा ‘नाई’ म स्वीकार्दिन । शर्मालु मान्छे कसरी बेसुल्लो हुन सक्छ । हुन त यस्तो मामिलामा नौजवान होस् या बृद्ध कोही लाचार र कमजोरी ठहर्दैनन् । थाहा छैन यहाँ आएर उसले समयसँग मुकाविला गरेर आफूलाई जिताईसकेको थियो की ! रै पनि म यो सम्बन्धमा विस्वास गर्न सक्दिन । किनकी उ जिन्दगीप्रति हारेश खाएर अपहत्या गर्न सक्छ तर आफ्नो आवरलाई तवाही गरी यति सस्तो लिलाम गर्न सक्दैन । फेरि उ धुम्रपान र मद्यपान कहिल्यै सेवन गर्न नचाहने मान्छे त्यसबखत मलाई एउटा समस्याले खुबै सताईरहेको थियो मन र मस्तिष्कलाई सन्तुलनमा ल्याउने बहाना स्वरुप मैले सेवन गर्न थालेको थिएँ । मेरो बद्लिदो आचारप्रति असह्य भएर उसले भनेको थियो—‘हजुर जस्तो बुद्धिजिवी मान्छेले समस्याको निहुँमा यस्तो कुलतलाई अंगाल्न कहाँसम्मको बुद्धिमान हुन सक्छ र ! यदी समस्याबाट पन्छिन मिल्ने भए, यो दुनियाँमा सबैले सेवन गर्ने थिएनन् र !’
उसको कुराले म निःस्तब्ध भएको थिएँ । असल सल्लाह र सुझावको निम्ति योग्यताको खाँचो पर्दैन भन्ने महशुस मलाई पुनः भयो । त्यसपछि मैले सेवन गर्न चटक्कै छाडिदिएँ । उ तल्लो ओहोदाको भएता पनि हाम्रो हिमचिम समान थियो । त्यहिँ ताका उ पनि समस्याको फन्दामा जड्कियो । उसको छोरीको बाग्दान भईसकेकोले विवाह सम्पन्न गराउन र दाइजो जुटाउनलाई पैसाको हर्ज प¥यो । उसले मसमक्ष सहयोगको अपेक्षा राख्दै बृत्तान्त सुनायो । त्यसबखत मैले भनेको थिए—‘तिम्ले आफ्नी छोरीको विवाह गर्न लागेका हौ की ! हैसियतको ? यो त सरासर विवाहको नाममा घाटाको सौदा भएन र ! के दाइजोको परिणाममा छोरीको बैवाहिक जीवनलाई निर्धारण गर्न सकिन्छ र ?’
‘छोरीको विवाह गरिदिनु भनेको सार्थक बाबु कहलिनु हो । छोरी भनेको बुढेसकालको सहारा हो, उसले आफ्नो जिम्मेवारी बुझेको हुन्छ ।’ उसले पिता हुनुको कर्तब्य यसरी नै बुझेको रहेछ, त्यहिँ भन्यो ।
‘यसर्थमा छोरीको विवाह गरिदिनु महत्पवूर्ण ठहरियो होईन ? उनको सक्षमता र स्वभिमानलाई पनि ख्याल नगरिदिनु कहाँसम्मको न्याय होला । कुन छोरी मान्छे आफ्नो विवाहको साक्षी दाइजोलाई राखी कबूल गर्न चाहन्छीन् । के विवाहको आवश्यकता छोरीमान्छेलाई मात्र हो त ?’ भड्किलो भावमा भनेँ ।
‘हजुर पनि, विवाह नगरी कसरी जिन्दगी गुजार्ने, मेरो बुझाईमा विवाह त गर्नै पर्छ । नत्र जिन्दगीको के अर्थ ! यो भन्दा निःसारपन अर्को के हुन सक्छ र !’ उसले भावनात्मक अड्कल पोख्यो । मैले भने—‘यदि म अविवाहित हुँदो अनुभूति दर्शाउने थिएँ । खैर ! मेरो मान्यता भनेको मान्छेले जिन्दगी कसरी जीउने भन्दा किन जीउने भन्ने हो । होईन भनै मान्छे कहलिनुको सार्थकता नै अकार्य हुन्छ ।’
उसले मेरो भनाईको आशयलाई बुझ्यौ या बुझने मलाई थाहा भएन । ऊ पनि तार्किक सवालजवाफ गर्न खप्पिस मान्छे यसपटक मौन रह्यो । उसलाई कुनै आत्मग्लान छैन, केवल चिन्ता छ कसरी दुलाहाको मागलाई फत्ते गर्ने । उसकौ लागि उ कुनै पनि कदम चाल्न तम्तयार छ । किनकी ऊ हरेक विषय र अवस्थालाई जुवासँग सादृष्य गरिहाल्छ । दाउ परे भाग्य नपरे दुर्भाग्य । जिन्दगीलाई नै जुवा सम्झने मान्छेले मृत्युलाई पनि दाउमा राख्न किन हिच्किच्याउँथ्यो र ! एक मध्यान्न मसँग यस्तै कुरा ग¥यो । विवाहको दिन नजिकिन्दै थियो, मैले केही रुपैयाँ सापट दिएको थिएँ, बाँकी रकम जुटाउन सकेनछ । जसले उपाया स्वरुप मसमक्ष प्रस्ताव राख्यो—‘हजुर ! म कुनै पनि बहानामा मर्न चाहन्छ । मैरो मृत्युपश्चात पाउने बीमाले छोरीको विवाह त सम्पन्न हुने थियो । विन्ति छ, हजुरले सक्दो सहयोग गर्नु पर्छ नी ! नत्र मेरो मृत्तात्माले हजुरलाई शिकायत गरिरहनै छ । साच्ची यस्तो अवस्थामा बीमा लागू हुन्छ की हुँदैन ?’ उसको चेहेरामा ठट्टा झल्किएको थिएन । मैले रिसाउँदै भने —‘यस्तो कदम चाल्यौ भने सार्थक पिता कहलिन्छौ त ! भोली गएर तिम्री छोरीको श्रीमान्ले आफ्नी छोरीका विवाह गर्न यहिँ कदम चालौस् भन्ने मनोकांक्षा छ तिम्रो ।’ मेरो कटाक्षलाई थेग्न नसकेर शीर झुकाउँदै भन्यो—‘यस्तो समस्या लिएर बाँच्नु भन्दा त मर्नु नै जाती !’ नैराश्यता पोख्यो । मैले सहानुभूति दिए—‘यसरी प्रत्येक मान्छेले समस्या र दुर्दशाबाट छुटकारा पाउन मृत्युलाई अंगाल्नै हो भने यो संसारमा मान्छेको अस्तित्व उहिल्यै खतम भईसक्ने थियो । कथन कदाचित अब सुरुवात भयो भने पनि दुनियाँमा मान्छे रित्तिन कति नै बेर लाग्न सक्छ र ?’
ऊ आफूलाई निकम्मा पिता ठान्न थाल्यौ । मैले ढाडस दिँदै उसको छोरीको विवाह गरिदिने जिम्मेवारी लिएँ । जेनतेन सम्पन्न भयो । ऊ मप्रति आभारी थियो, मेरो उ प्रति सहानुभूत थियो । केही बर्षपछि त्यहाँबाट म अन्त सरुवा भएर गएँ । त्यसपछि हाम्रौ भेट कहिल्यै भएन । यतिबेला म चाहन्छु, यो घटनामा ऊ नभईदियोस् । बदलामा मनभित्र रहेको अतीतको तप्कालाई अनायसै खोलेर उसँगको स्मृतिलाई कोट्याईएको होस् ।
म विश्राम कक्षमा बसिरहेको थिएँ । सहचारी आएन भएर बोल्नु भयो —‘हिजो मगाउनुभएको मत्तकको कागजात र पासपोर्ट लिएर त्यो भाई आईपुगेको छ ।’ उहाँ मलाई लिन आउनु भएको थियो । उठेर कार्यकक्ष भित्र पसेँ । उसँग अभिवादन आदानप्रद्यान भो । कागजात र पासपोर्ट मलाई थमाईदिदै भन्यो —‘सर, भौली बिहानको फ्लाईटमा लाशलाई नैपाल पठाउनु पर्ने भो, हस्पिटलले हजुरलाई कागजात बुझिलिन बौलाएको छ, कसो गरौं ।’
‘हुन्छ म जान्छु ।’ कागजात हेर्दै भने । मनमा हलचल मच्चिदै चेहेराको नूर हराएर मलिन हुन थाल्यो । प्रमाणित पत्रहरुले मेरौ कारिन्दा हो भन्ने इंकित ग¥यो । आफ्नो सोचाईलाई अनियन्त्रित छौड्दै पासपोर्टमा रहैको फोटो हेर्न आतुर भएँ । जब फौटो देखे तब वरिपरिको अवस्था र वातावरण नै नदारत भएको पाएँ । मेरो जीवनकै अपत्यारिलो विस्वासलाई पहिलौ पटक स्वीकार्न पुँगै । अन्ततोगत्वा कारिन्दा भएको साबित ठहरियो । यो अवस्थाले म मर्माहित भएँ । समय र परिस्थितिले उसलाई र मलाई कहाँबाट कहाँ पु¥यायो । मैले लेखाजोखा गर्न सकिन । उसकौ भाग्यको लकिरमा अकाट्य गरी यहिँ क्षण कोरिएको थिएछ । मलाई अफसौच लाग्यो । त्यतिबेलै उसले मृतयुवरण गरेको भए कम्तिमा कायर र लाचार पिता मात्र ठहरिन्थ्यो । अब यो कलकिंत र अपमानित मृत्युले उसको आत्मा सदैब भड्किरहन्छ होला । मृत्युको प्रकृति जस्ते भएता पनि मान्छेलाई मर्माहत पु¥याउँदौ रहैछ । शायद उसले आफ्नो मृत्यु भएको पत्तो पायो होला तर मैले आफ्नो अश्रुधारा बगेको पत्तै पाईन । आफूलाई सम्हाल्दै घट्नाकौ यथार्थ कारण सौचे । उसले असजिलो मान्दै स्पष्टिकरण दियो—‘सर हामी घरमा पैसा पठाउनलाई होस्टलबाट निस्किएका थियौं । शायद उहाँ र भाउजुबीच केहि विवाद भएको हुनुपर्छ । पैसा नपठाएर हामी रेष्टुरेन्ट छि¥यौ । मदिराको ज्यादा नशा लागेकोले उहाँकै बलजफ्तीमा सयल नगरी ग¥यौं । मैले त त्यहाँ नजाउ भन्दै थिएँ, उहाँ मान्नु भएन । नखरमाउली सुन्दरी सामु मैले पनि मर्दानीलाई दबाउन सकिन । जब म निस्कएर निकै बैर उहाँलाई पर्खिदा पनि आउनु भएन तब म उहाँ पस्नु भएको कोठीमा गई ढोका ढक्ढकाँए । चुकुल खुल्ला भएकाले भित्र पसे त्यहाँ भुँइभरी रगतको टाटो देखे होसै उड्यो, यता—उता उहाँलाई खोज्दा खाटमुनि उहाँको लाश भेटेँ । त्यसपछि सबैसँग हार गुहार माग्दै पुलिस र साथीहरुलाई खबर गरैँ । सर ! मलाई आफैप्रति शिकायत छ, त्यो दिन मैले उहाँलाई रोक्न सकिन । अब जीवनान्त रोक्न मौका पनि गुमाएँ ।’ उसँगै म पनि भावविह्ल भएँ । समय र परिपस्थितिको कठपुतली हाम्रो जिन्दगीलाई सदैब आफ्नो वशमा कहाँ लिन सकिन्छ र ! र्ख चैष्टा त गर्नै पर्छ । मलाई थाहा छैन, मृत्यु हुनलाई मृत्युले समय र स्थानलाई निर्धारण गर्छ या समय र स्थानलै मृत्युलाई निश्चित गर्छ ।
मैले कहिल्यै सोचेको थिईन उसकौ निम्ति केही गर्न बाँकि छ भनेर बिडम्बना पनि कस्तो जसलाई मेरो भाग्य भनौं या दुर्भाग्य किनकी आफूलाई सम्हाल्दै उसको प्रमाणित कागजातमा हस्ताक्षर गर्दै पासपोर्ट हमेसाको लागि रद्द गर्न प¥यो । त्यसपछि हामी हस्पिटल गयौं । शबकक्षमा उसको पार्थिक शरीरलाई सन्दुकभित्र बन्द गरिसकेको थियो । धेरै पटकको भावनात्मक अनुरोधलाई स्वीकार्दै सन्दुक खोलियो । मेरो मन भित्र रहेको उसको प्रतिविम्ब र यतिबेला आँखाले देखिरहेको उसको चेहेरालाई समायौजन गर्दै ठम्याएँ । उसलाई नियालीरहैकौ थिएँ, यहिबखत उसलाई मलाई अनुनय गरै झै लाग्यो— ‘हजुर ! मेरो बीमा ???????????’
dineshjhapa@gmail.com

ब्लग लेखक :पवन पौडेल
तपाईलाई यो ब्लग कस्तो लाग्यो तपाईको अमुल्य सल्लाह र सुझावले अगाडी बढ्न प्रेरित गर्नेछ । सल्लाह र सुझावको लागि मलाई Email:-creativeguypaudel@gmail.com मा मेल गर्न सक्नुहुनेछ । तपाईका अमुल्य सुझावहरुको सँधै कदर हुनेछ । यहाँबाट फेसबुकमा जोडिनुहोस् ।Facebook
Subscribe to:
Post Comments (Atom)

0 Responses to “हजुर मेरो बीमा.................???”
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...