पत्रकार साथीको चिठी आएपछि ।
Do you like this story?
केही दिन अघि झापाका एकजना स्थापित पत्रकारले फोन गरेका थिए । एउटा सानो कामको गरिदिनुपर्यो भनेर काम खासै ठुलो हैन । २ घण्टा खर्चिनुपर्ने थियो मैले राजधानीको यो ट्राफिक जाम भएको ठाउँमा उक्त काम फत्ते पार्नको लागि । झापाबाट एकजना भाइ काठमाडौँ आएका थिए आज उनको साथमा एउटा चिठी पनि आएको रहेछ । एउटा सादा कागजमा कालो अक्षरले कोरिएका केही शब्दहरू थिए । त्यो चिठी पढ्दा धेरै अगाडीका पलहरु याद आयो । आधुनिक सञ्चारका सुविधाहरुको प्रयोगबाट निकै टाढा रहेको समयमा मित्रताको लागि पत्रमित्रता गर्ने गरिन्थ्यो उहीले यो चिठी पनि त्यसकै एक नमुना जस्तै थियो ।
मनमा सोचले डेरा जमाउन थाल्यो । समाजलाई सही बाटोमा डोहोराउने पत्रकार जस्तो पेसामा भएका मान्छेले पनि आधुनिक सूचनाको प्रयोगमा यस्तो आनाकानी गरेपछि नेपालका दुर्गम गाउँमा आधुनिक सञ्चारको अवस्था के होला ?
हुनत ती साथी आधुनिक सूचना प्रविधिबाट निकै नजिक छन् । आफ्नै फेसबुक खाता छ । इमेल इन्टरनेट चलाउने र कम्प्युटरमा नेपाली टाइप गर्न सक्छन् । तर उनले किन यसो गरेका हुन् । सायद पुरानो याद आयो होला उनलाई अनि मलाई पनि त्यो याद दिलाउन चाहान्थे कि ?

ब्लग लेखक :पवन पौडेल
तपाईलाई यो ब्लग कस्तो लाग्यो तपाईको अमुल्य सल्लाह र सुझावले अगाडी बढ्न प्रेरित गर्नेछ । सल्लाह र सुझावको लागि मलाई Email:-creativeguypaudel@gmail.com मा मेल गर्न सक्नुहुनेछ । तपाईका अमुल्य सुझावहरुको सँधै कदर हुनेछ । यहाँबाट फेसबुकमा जोडिनुहोस् ।Facebook
Subscribe to:
Post Comments (Atom)

0 Responses to “पत्रकार साथीको चिठी आएपछि ।”
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...