ब्लग लेखक :पवन पौडेल {creativepaudel}

मेरो साथीको चिठी.......................

दिनेश कार्की ।
आहा ! मेरो साथीले पत्र पठाएछन् । मनमा निकै कौतुहलता मच्चायो, पत्रले । विद्युतीय सञ्चारमाध्य भनेपछि म निकै त्रेजी थिए सायद त्यही भएर होला झण्डै आधार रात ल्यापटममै बितेको पत्तै पाईनछु । रातभरीको अनिदो भएर होला निन्द्रादेवीले घर गरिरहेकी थिईन् । उनीबाट छुटकारा पाउन आफ्नो ओछ्यानमा पल्टिरहेको थिएँ । एक्कासि मलाई एउटा पत्र आएको कुरा सहकर्मीले सुनाए । एकछिन त म अलमल्ल परे ! हैन कसले पत्र पठाएछ भनेर । पत्र हातमा लिएर निकै समय घोत्लिए, को होला पत्र प्रेषक भनेर । पत्र न त बन्द खाम भित्र थियो न त त्यसमा कुनै पिन नै प्रयोग गरिएको थियो, मात्र एउटा पाना पट्याइएको । सुरुमा त विस्वासै लागेन । लागोस पनि कसरी जबकी हरेक दिन म मेरा मित्र तथा आफन्तीहरुसँग मोबाइल र इन्टरनेटको सहयोगमा सबैकुराहरु आदानप्रदान गरिहकेको हुन्थे । त्यसैले म पत्र खोल्नु भन्दा पनि तीन छक्क परेर एकोहोरो टोलाईरहे । निकै समयपछि आफ्नो कौतुहलतालाई थप थेग्न सकिन । अन्ततः पत्र खोलेर छोडेर । त्यो पत्र अरू कोही नभएर केही घण्टा अगाडि मोबाइलमा कुरा भएको मेरै एकजना सहकर्मीको रहेछ । सहकर्मीको पत्र हातमा पर्दा ममा झन् कौतुहलता जाग्यो । किन पत्र लेख्न उनले आवश्यक ठाने त ? जबकी उनको र मेरो कुरा मोबाइल तथा इन्टरनेट मार्फत भइरहेको थियो । उनी मलाई मोबाइल मार्फत वा इन्टरनेट मार्फत खबर पठाउन पनि सक्थे ।

सेतो पानामा कालो मसिले लेखिएको पत्र बिस्तारै पढेँ । पत्रमा खासै कुनै नौलो कुरा त लेखिएको रहेनछ । हामीले त्यो विषयमा केही घण्टा अगाडि मोबाइल मार्फत बहस गरिसकेका थियौँ । हुनतः पत्र प्रेषक मित्र र मबीचको दुरी कोसौं टाढा थियो तर पनि विद्युतीय सञ्चारमाध्यमले हामीबीचको दुरीलाई कहिल्यै टाढा हुन दिएको थिइन । तपाईँको पत्र आएछ भनेर मेरो हातमा लिफफा थमाईदिने मित्र खिसिक्क हाँसेका थिए । उनको हाँसोले मलाई र मेरा पत्र प्रेषक मित्रलाई गिज्याई रहेको लाग्यो । “दिनेश जी ! अब तपाईँले परेवा पाल्नु पर्ने भयो पत्रको प्रतिउत्तर पठाउन,” पत्र हातमा थमाईदिने मित्रले प्वाक्क मुख फोरे । मलाई कता कता दया लागेर आयो पत्र थमाईदिने मित्रप्रति । आखिर हिजो आजमा के परिवर्तन भएको र ? अस्ति भर्खर हो हामी सूचना आदानप्रदान गर्न पत्रको सहारा लिन्थ्यौं । त्यति मात्र होइन सूचनाकै लागि गाउँ गाउँमा ढोल बजाउने, अहिलेको लोपोन्मुख नरसिंहा (पञ्चेबाजा मध्ये एक), परेवालाई प्रयोग गरेको पनि हिजो अस्ति जस्तो लाग्छ । मानिसहरूले एक अर्को ठाउँमा सूचना प्रवाह गर्न त्यतिखेर तिनै साधानहरु मनग्ये हुन्थ्यो र सूचना प्रवाह भएकै हुन्थ्यो । पछि आएर हुलाक सेवा आएपछि सूचनाका साधनमा थप सुधार भयो । विगत एक दशक अघि देखि मात्र मोबाइल तथा इन्टरनेटको प्रयोग हुन थालेको हो । जुन अहिले हाम्रो मुलुकको सबै क्षेत्रमा पुग्न पनि सकेको छैन । त्यहाँ पत्र, ढोलकै प्रयोग हुने गर्छ । यो कुरा उहाँलाई थहा नभएको पनि होइन । फेरि मोबाइलमा गरेको गनथन र ईन्टरेनटको साहायतामा गरिने च्याट वा इमेल भन्दा पत्रको महत्व छुट्टै हुने गर्छ । पत्रमा पढ्नुको मजा पनि छुट्टै हुन्छ । सायद उनले बिर्सिए होला हिजो उनी पनि पत्रकै सहायता लिन्थे । फेरी मेरी आमाबाबु बुढो (अर्थात) पुरानो भए भनेर छोड्ने कुरा पनि त आउदैन नि ! ! पुरानो प्रविधि र पुराना चिजहरुको महत्व नहुने भए अहिले संसारमा चामात्कारीक विकास पनि हुने थिएन होला । तिनै पुराना चिजहरुको खोज र अनुसन्धानबाट मान्छेको उत्पति देखि लिएर मानव समाजको अध्ययन गरी भोलीका कार्यनिति तय गरिन्छ, सायद उनले त्यो पनि भूतले होला । हुनतः यहाँ मात्र होइन विश्वमा जति प्रविधिको विकास भए पनि पत्रको महत्व घटेको छैन । विश्वका विकसित मुलुक मानिने अमेरिका, जापान जस्ता मुलुकहरुले पनि हुलाकको प्रयोग गर्ने गरेका छन् । भने हाम्रो हातमा मोबाइल पर्नसाथ वा इन्टरनेटको कखरा पनि पूर्ण नजानेको अवस्थामा पत्र पठाउनु वा हुलाको प्रयोग गर्नु कुनै गलत हो त ? विश्वका धनि मुलुकहरुमा महत्वपूर्ण कागजातहरु हुलाक मार्फत नै पठाईने गरिन्छ । त्यसैले पत्र हातमा थमाईदिने मेरा मित्र प्रति मलाई दया लागेको हो । उनले आफ्नो धरातल विर्सेकोमा अनि पत्र प्रेशक गर्ने मित्रप्रति आभारी छु जसले हाम्रो अतितलाई सम्झाए र संरक्षण गर्नेमा प्रोत्साहन दिएकोमा र अन्त्यमा मेरा सहकर्मीको पत्रले मलाई हाम्रो इतिहास बन्नै लागेको एउटा पाटोको बारेमा झक्झक्याए । उनलाई मुरी मुरी धन्यवाद दिनै पर्छ ।

0 Responses to “मेरो साथीको चिठी.......................”

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...

Next previous home