ब्लग लेखक :पवन पौडेल {creativepaudel}

घरमा छोरी बढेकी छे ।

आजको यो ब्लग पोस्टमा देशका विभिन्न स्थानबाट राजधानीमा आएर बस्नेहरुले भोगेकोे पीडा खोतल्न खोज्दैछु ।
राजधानीका धेरै समस्यामध्धे बस्नको लागी कोठा वा फ्ल्याट खोज्ने समस्यालाई ठुलो समस्याको रूपमा लिईदै आएको छ । अरू जिल्लाका मानिसले भन्दा पनि मैले विशेष समस्या भोगको छु । त्यसका कारणहरुमा पहिला आफू झापाली हुनु हो । काठमाडौँका स्थायी बासिन्दाहरुमा झापालीहरु धेरै धुर्त हुन्छन् भन्ने छाप परेको छ । दोस्रो कारण भनेको अविवाहित हुनु हो ।  
फ्ल्याट खोज्ने क्रममा भक्तपुरको लोकन्थलीमा पुग्दा एकजना घरबेटीले त सिँधै मेरो घरमा छोरी बढेकी छे तिमीहरुजस्ता केटाहरुलाई कोठा दिँदिन पो भन्दिए ।
झापालीहरुको बढी बसोबास रहेको घट्टेकुलो, अनामनगर र मैतीदेवीमा फ्ल्याट खोज्न जाँदाको क्षण पृथक् छ । मैतीदेवी मन्दिरको पछाडि रहेको शैलुनका मालिकले कोठा वा फ्ल्याट खोजिदिने एजेन्टको रूपमा काम गर्दा रहेछन् । त्यस क्षेत्रमा उनीमात्र होइन लगभग ८ देखि १० जना मानिसहरू यसरी एजेन्ट रूपमा काम गर्ने गरेको पाइयो । एक हिसाबले उनीहरूले गरेको कार्य निकै स्रहानिय थियो तर उनहरुले लिने कमिसन (एउटा फ्ल्याटबाट ४ देखि ५ हजार) विशुद्ध पढ्नको लागि मात्रै काठमाडौँ आएकाहरुले तिर्न मुस्किल पर्छ ।

१ हप्तादेखि कोठा नपाएर भौतारिएका स्याङजा स्थायी घर भई हाल त्रिचन्द्र क्याम्पसमा बि.एस्सी प्रथम वर्षमा अध्ययन गर्ने संञ्जीव सापकोटा पनि त्यही स्थानमा भेटिए । पहिला भाडामा बसेका घरबेटीले पानी धेरै चलाएको, पाहुना बढी ल्याएको निहुँमा उनलाई १० दिनभित्र कोठा खाली गर्न भनेका रहेछन् ।
राम्रो कोठा खाली हुने अवस्था छ भने पहिला कोठामा बस्नेहरुले आफ्ना मान्छेलाई त्यस कोठामा ल्याउने हुनाले पनि खाली भएको डेरा पाउने सम्भावना कम हुन्छ । मैतीदेवी, घट्टेकुलो र अनारमनगरमा त फ्ल्याट बढीमा २ देखि ३ दिन सम्म खाली होलान् एउटामात्र कोठा हो भने खाली भएको १ वा २ घण्टामै अर्कोले बुक गरिसक्छ ।
धेरै दुःख पाएपछि काठमाडौँमा डेरा खोज्दा अपनाउनुपर्ने केही सुझावहरू थाहा भो ।
१. यदि तपाईँको घर झापा हो भने झापा नभन्ने ।
२. डेरा खोज्न जाँदा एकजना केटीसाथिलाई लिएर जाने जसले गर्दा डेरा पाउने सम्भावना बढी हुन्छ ।
३. यदि तपाईँ विशुद्ध पढ्नु मात्रै हुन्छ । घरबेटीले के गर्नुहुन्छ भनेर सोधे भने पढाइको साथसाथै साईड जब पनि गर्दैछु भन्नुहोला नभए यसले समयमा भाडा दिदैन भन्ने सोचेर तपाईँलाई डेरा नदिन सक्छन् ।
यो समस्या भोगेपछि केही समाधानका उपाय पनि हुन्छन् कि भनेर सोच्नु बाध्य भए । विकेन्द्रिकरण नीतिले निम्ताएको यो समस्या समाधान गर्नको लागि सरकारले केही कदम अगाडी चाल्नुपर्ने देखिन्छ ।
१. सरकारले औधोगिक क्षेत्र र बासस्थानको लागि छुट्टै क्षेत्र तोक्नु पर्दछ ।
२. मानिस बस्ने ठाउँमा निश्चित स्थानको लागि प्रति वर्ग स्क्वार फिटको भाडा यति र केही समयको अन्तरालमा यति प्रतिशत भाडा बढ्नेछ भनेर तोक्नु पर्दछ ।
३. भाडामा बस्ने मानिसलाई विशेष परिस्थिति बाहेक घरबेटीले डेराबाट निकाल्न नसक्ने व्यवस्था गर्नुपर्दछ ।
४. भाडामा बस्ने व्यक्ति र घरमालिकका बिच कानुनी सम्झौता बनाएर दुवैपक्षले हस्ताक्षर गर्नुपर्ने ।
यसरी बन्ने नीति कागजमा मात्रै सीमित हुने हो र व्यवहारमा लागू नहुने हो भने यसको कुनै मतलत हुँदैन । त्यसैले सरकारले एकचोटी यतातिर पनि ध्यान दिने पो हो कि ?

2 Responses to “घरमा छोरी बढेकी छे ।”

Anonymous said... Best Blogger Tips[]Best Blogger Templates

Dec 2, 2011 1:44:00 PM

yo ta ali chalkapat jaal sachii garney bekti haru lai utperit garney point haru bhayenara bhanya...rent ma basney haru ko hak ra hit ko kura matra garney.


Bhattarai said... Best Blogger Tips[]Best Blogger Templates
Dec 16, 2011 3:18:00 PM

Very good.


Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...

Next previous home