भ्रष्टचार ! भ्रष्टचार !! भ्रष्टचार !!!
Do you like this story?
प्रकाश पौडेल
भ्रष्टचार ! भ्रष्टचार !! भ्रष्टचार !!! अहिले पूरै वतावरण यही शब्दले रंगिएको छ । गल्ली गल्लीमा हल्ली खल्ली, संसद्मा तातो बहस, फुटपाथ देखी सिंहदरवारसम्म भ्रष्टचारको चर्चा परिचर्चा चलिरहेको छ । वास्तवमा यो आचरण र अनुसन्धानवाट तल झरेको तथा पतित आचरण वा घुुसखोरीको काम भन्ने शाव्दिक अर्थ बोकेको भ्रष्टचारको विरोध गर्न नेताहरूले सडक तताउछन् । भ्रष्टचार बढेको भन्दै प्रतिपक्ष दलले नेतृत्व लाई विरोध गर्न पछि पदैनन् । उच्च ओहदाका कर्मचारी ,सभासदहरु ,संबैधानिक निकाय, ठुला ठुला व्याक्ति मात्र होइन न्यायपरिषद, वरिष्ठ न्ययाधिशहरुका साथै अख्तियारका उच्च अधिकारीहरु हलका देशका सम्पूर्ण निकायहरु सबैले भ्रष्टचार बढेको स्वीर्काछन् । नेपालमा भ्रष्टचार दिन प्रतिदिन बढेको बढै छ । हालै टान्सपरेन्सी इन्टरनेशनल ले विश्वव्यापी रूपमा सार्वजनिक गरेको नतिजा अनुसार नेपाल भ्रष्टचार गर्ने मुलुकहरु मध्ये १५४ औं स्थानमा परेको छ । गत वर्षको तुलानामा यस वर्ष सुचांक झन् बढेको हो । अगिल्लो वर्ष १४६ औं स्थानमा यिथो । यसरी नेपालमा वर्षेनी भष्टचार बद्दो क्रममा छ । टान्सपरेन्सी इन्टरनेशनल ले वर्षेनी नतिजा निकाल्छ, नेपालको अवस्था झन् बिग्रदो छ । अब छानविन गरिन्छ, त्यसमा पनि भष्टचारै हुन्छ । अनि निर्णय हुन्छ । प्रतिवेदन सार्वजनिक गरिन्छ, नेपालमा भष्टचार भएकै छैन । भनेपछि कसले गर्छ त यँहा भष्टचार ?
यहाँ केही नभएका हातका नंग्रा खियाएर पेट पालेका शोषित सोझा साझा जनताले भष्टचार गर्छन् ! कि पार्टीको झण्डा बोकी चिप्ला कुरा गदै नेतृत्व पंक्तिमा पुगेको केही समयमै खरको छानोबाट महलमा पुग्ने व्यक्तिले भ्रष्टचार गर्छन् ? राज्यबाट शोषित, गरिब, निमुखा जनताले त राज्यको सम्पती दुरुपयोग गर्ने कुरै भएन । उनीहरूले भष्टचार गर्ने न कुनै आधार छ, न त कुनै सम्भावना नै । खादै पचाउदै, नियम बनाउदै, पारिद गदै, छानविन गदै, देशको सम्पती दुरुपयोग गदै, पजेरोमा कुद्ने नेतृत्व वर्गले गर्दा नेपालमा वर्षेनी भ्रष्टचार बढेको हो । तस्करवाट चन्दा लिने, कार्यकता पाल्ने, धम्कीको भरमा चुनाव जित्ने, जनता किन्ने, सुन्दरीका साथ डिस्को रेष्टुरेन्ट धाउने समाजलाई अपाच्य कुराहरू गदै हिड्ने आर्दशविहीन नेतागणहरुको यस्तो व्यवहारले राज्यको कसरी विकास हुन सक्छ् । अनि तिनै नेताहरू सोझासाझ जनताका अगाडि चिप्ला कुरा गदै भाषण गर्छन्, भन्छन् देशमा भष्टचारले जरो गाडेको छ । त्यसैले देशको विकास भएन, देशले निकास पाउन सकिरहेको छैन् । हामी भ्रष्टचारी लाई कार्वाही गर्छौँ, अनि मात्र देशले निकास पाउछ् । बिचरा सोझा जनताहरुले सन्नुको विकल्प अरू छैन् । केही समय अघि चन्दा उठाएर ट्याक्सी चढ्ने अनि आफ्ने र कार्यकताको भुडी भर्न आतंक मच्चाउने नेता पार्टी कार्यकर्ता आज राजधानीमा पाँचतले महल पँजेरो र विदेशी बैङ्कमा लाखौ जम्मा गर्ने भइसकेका छन् । यनीहरु बाहेक देशको सम्पती दुरुपयोग गर्ने प्रमुख हस्तिहरु अरू को हुन सक्छन् र ? गणतन्त्र नेपालको पहिलो सरकारले भ्रष्टचार न्युनिकरण गर्न अभियान सञ्चालन नगरेको होइन । माओवादीको नेतृत्वमा रहेको सरकारका तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईको पहलमा सम्पति छानविन आयोग गठन भई सञ्चालनमा समेत आएको थियो । तर सरकार टिक्न नसकेपछि आयोगको पनि कुनै अस्तित्व रहेन् । त्यसपछि माधव कुमार नेपाल, झलनाथ खनालको नेतृत्वमा रहेको सरकारले पनि भ्रष्टचार न्यूनीकरणका लागि देखावटी कार्यकमहरु सञ्चालनमा ल्याए तर त्यो अभियान पनि सफल हुन सकेन् । अहिले फेरी तिनी अर्थमन्त्री डा. भट्टराई सरकारको नेतृत्वमा छन्, उनले सञ्चालनमा ल्याउन खोजेको सम्पत्ति छानविन आयोगले पूर्णता पाउन सकेको छैन ।
अब कुरा उठ्छ सम्पत्ति छानविन गर्ने कसको ? जनताको ? उच्च पदमा बस्नेहरुले त भ्रष्ट्रचारको माध्यमबाट प्रशस्त धन सम्पत्ति कमाइरहेका छन् । उनीहरूले त्यही भ्रष्ट्रचारको केही हिस्साले समितिको मुखमा बुझो लगाइदिन्छन् । छानविन आयोगलाई पनि सजिलौ छैन । अवैध सम्पत्ति कमाएर, आफूलाई राष्ट्रको सेवक सम्झने तस्करहरुको यो देशमा विगविगी छाएको छ । नियमसम्वत सम्पत्ति छानविन गर्ने र कावार्ही गर्ने हो भने यहाँ सबै कारबाहीमा पर्दछन् । अछुतो कोही पनि छैन । त्यसैले अन्तिममा आयोगले निष्कर्ष निकाल्छ । सबैको सम्पत्ति आपत्तिजनक छैन, अनि त जनताको मुख बन्द हुने नै भयो ।
वास्तवमा भन्दा देशका लागि हामीहरूले के दियौ र के पायौ भन्ने प्रवृद्धिले गर्दा यस्तो अवस्थाको सिर्जना भएको हो । कानुनको अभावमा मात्र भ्रष्ट्रचारलले यसरी खुट्टा घुमाएको पक्कै पनि होइन । संविधानसभाको म्याद थपिदै जाँदा राज्यकोषबाट सभासद्लाई तलब खुवाउँदै पैसा सकिन्छ । त्यसलाई के भन्ने ? हाम्रा भ्रष्ट्रचार नियन्त्रण गर्ने निकायका प्रमुखहरुमा कत्वर्यबोध नैतिकताबोध साथै राष्ट्रियताको चेतना नआएर हो अथवा राष्ट्रप्रति सबैको माया नभएर हो । भ्रष्टचारले झन् जरो गाढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुवा)को एक्लो प्रयासले नेपालबाट भ्रष्टचार उन्मूलन हुन सक्तैन राज्यकोष सही रूपमा सदुपयोग गरियो भने केही रूपमा नियन्त्रण हुन सक्छ । तर निमूल भने असम्भव छ ।
सबैलाई आफ्नो कतव्र्यबोध भएपछि भ्रष्टचार आफैँ निवारण हुन्छ । भ्रष्टचार नियन्त्रणका नाममा देश चुस्नेले केही लछारपाटो लगाउन सक्तैनन् । भ्रष्टचारीलाई जरैदेखि उखेल्न मानविय आचरण व्यवहारमा परिवर्तन हुनुपर्छ । नैतिक चेतनाको विकासले अनि आफूले आफैँलाई चिन्न सक्यो भने र अझ कानुनमा प्रभावकारीता अथवा सरकारको नाईकेहरुले आफ्नो दरिद्रिपनलाई रोक्यो भने भ्रष्टचार आफैँ निरुत्साहित हुन सक्छ ।
दरिद्रि मानसिकता त्यागेर व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि नउठेसम्म नेपालमा यसको निवारण हुन सक्तैन हामी श्रमजीवि जनताले फेरी अर्कोपनि भ्रष्टचार विरुद्धको आन्दोलन गर्नुपर्ने हो ? जुन जोगी आए पनि कानै चिरेका भन्ने नेपालको उखानले सार्थकता नपाओस् । कुर्सीको लागि मात्र होइन सच्चा देशका लागि पनि केही काम गरेर अगाडी बढ्दा राम्रो हुनेछ ।

paudel.swadhin@gmail.com
लेखक राजधानीमा जर्नालिजम अध्ययनरत छन् । 
ब्लग लेखक :पवन पौडेल
तपाईलाई यो ब्लग कस्तो लाग्यो तपाईको अमुल्य सल्लाह र सुझावले अगाडी बढ्न प्रेरित गर्नेछ । सल्लाह र सुझावको लागि मलाई Email:-creativeguypaudel@gmail.com मा मेल गर्न सक्नुहुनेछ । तपाईका अमुल्य सुझावहरुको सँधै कदर हुनेछ । यहाँबाट फेसबुकमा जोडिनुहोस् ।Facebook
Subscribe to:
Post Comments (Atom)

0 Responses to “भ्रष्टचार ! भ्रष्टचार !! भ्रष्टचार !!!”
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...