रिभोलुसन् २०२० पढेपछि
Do you like this story?
![]() |
| उपन्यासको नाम– रिभोलुसन् २०२० लेखक चेतन भगत पृष्ठ २९३ मुल्य रु २५० भाषा अंग्रेजी |
चेतन भगतले वानरसको एउटा कार्यक्रममा गंगा टेक कलेजको प्रिन्सिपललाई नभेटेको भए उनको पाँचौं उपन्यास (रिभोलुसन २०२०) बजारमा आउने थिएन । यसअघिका उनका उपन्यास, Two States, One night @ Call Center, Five point Someone, Three Mistake of My life, पढिसकेका पाठकहरुले पक्कै पनि अनुभव गरेको हुनपर्छ उनले लेख्ने उपन्यासका सबै पात्रहरु उनकै वास्तविक जीवनसँग मेल खाएका हुन्छन् । जस्तो कि टू स्टेट को नै कुरा गर्ने हो भने उनले पढेको कलेज र उपन्यासमा राखिएको कलेज एउटै छ अनि उनको जीवनसंगीनी र उनी भारतको दुई भिन्न भिन्न प्रान्तमा जन्मेका हुन् । उपन्यासको अन्त्यमा भनिएजस्तै चेतन भगतका पनि दुईवटा जुम्ल्याहा छोराहरु जन्मेका छन् ।
प्रकाशन हुनुभन्दा अगाडी नै धेरै चर्चा बटुलेको यो उपन्यास नेपाली बजारमा केही महिनाअघि मात्र आएको हो । कक्षा ५ देखि नै निकै नजिक भएका तीनवटा साथिहरु गोपाल (जो गंगाटेक कलेजका प्रिन्सीपल हुन्), आरती र रागवको जीवनकहानीमा यो उपन्यास आधारित छ । यहाँबाट नै अनुमान लगाउन सकिन्छ कि यो उपन्यास लभ टे«ङगलमा परेका व्यक्तिहरुको बारेमा लेखिएको छ भनेर तर यसलाई लभ ट्रेङगलमा मात्र सिमित भएर सोच्ने हो भने एउटा ठूलो गल्ति हुनेछ । उनका अगाडीका उपन्यास जस्तै यसमा पनि तीनवटा पाटालाई केलाउन खोजिएको छ ति हुन् LOVE CORRUPTION AND AMBITION
पहिलो पाटो अनुसार गोपाल र आरतीबीच प्रेम सम्वन्धको बारेमा देखाउन खोजिएको छ । गोपाल एक मध्यमवर्गिक परिवारको सदस्य हो जो पढाईमा धेरै नै अव्वल हुन्छ भने आरती उच्चवर्गिक परिवारकी सदस्य हुन् । परिवारको चाहनाअनुसार गोपालले विद्यालयल स्तरको पढाई सकेपछि इन्जिनियरिङ अध्ध्यन गर्न २ वर्ष सम्म तयारी गर्दछ । तर सफलता हात पर्दैन । आरती एअर होस्टेस बन्न चाहान्छिन् तर उनका बाबुआमाले उनलाई आफूदेखि टाढा राख्न चाहदैनन् । फलस्वरुप उनले होटल म्यानेजमेन्ट पढेर एउटा फाइव स्टार होटलको कस्ट्युमर म्यानेजर मा नै चित्त बुझाउनुपर्दछ । सानैदेखि मुना पलाएको प्रेमको विरुवा कसरी पंहेलियो ? दुईजना बिचको प्रेम सम्वन्धमा रागव कसरी जोडिन पुगे । आरतीलाई आफ्नो बनाउन गोपाल र रागवले आफ्नो आफ्नो तर्फबाट के के सम्म गरे भन्ने कुरा देखाउन खोजिएको छ ।
दोस्रो पाटो करपसन अन्तरगत भारतमा हुने भ्रष्टचार विशेष गरी शिक्षा क्षेत्रमा भएको भ्रष्ट्रचारलाई छलङ्ग पारेर देखाउन खोजिएको छ । गंगाटेक कलेज स्थापना गर्नको लागि गोपालले कतिजनालाई खुस खुवाउनुपर्यो ? उक्त कलेज सञ्चालन गर्न साथ दिने स्थानीय राजनैतिक नेता शुक्ला जी ले गरेको भ्रष्टचार, राजनैतिक पहुँचका आधारमा कलेजहरुलाई दिइने सेवा सुविधा, कलेजमा विभिन्न संकाय थप्दा कर्मचारीलाई दिनुपर्ने मोटो रकम लगायत भ्रष्टचारका विभिन्न पाटालाई देखाउन खोजिएको छ ।
तेस्रो पाटो भनेको एम्विसन (अर्थात् कुनै कुरा गर्ने दृढ इच्छाशक्ति) भारतको प्रतिष्ठित कलेजबाट इन्जिनियरिङ सकेको विद्यार्थीले इन्जिनियरिङलाई चटक्कै छाडेर पत्रकारिता पेशा अपनाउँछ । इन्जिनियरिङबाट समाजमा परिवर्तन ल्याउन नसकिने भन्दै पत्रकारिता रोजेको रागवले भारतमा नयाँ क्रान्ति ल्याउने उद्देश्यका साथ अगाडी बढ्छ । यहाँबाट नै उपन्यासको नाम जन्मेको हो । रिभोलुसन् २०२० । यो उपन्यास पढेपछि भारतमा पनि नेपालमा जस्तै मोफसलमा पत्रपत्रिकाको अवस्था नाजुक छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । आफ्नो विरुद्ध समाचार लेखेको आरोपमा सञ्चारमाध्यममा आगलागी समेत गरिन्छ । पत्रकारिताक्षेत्रमा भएको राजनैतिक हस्तक्षेपलाई पनि यो उपन्यासले समेटेको छ । तीनवटै पाटाको सम्वन्ध एकअर्कोसँग जोडिएको छ ।
यो उपन्यास पढेपछि अलिक चित्त नबुझेको कुरो के हो भने चेतन भगतले आरती र गोपालबीचको प्रेम सम्वन्ध टुट्नुको खास कारण खुलाउन चाहेका छैनन् । गोपालले आरतीलाई किन आफ्नो बनाउन चाहेनन् । के एउटा सानो गल्तिले गर्दा त्यति ठूलो सम्वन्ध संधैका लागि टुट्छ त ? यी र यावत प्रश्नहरुको उत्तर यो उपन्यासमा चेतन भगतले खुलाउन सकेका छैनन् ।

ब्लग लेखक :पवन पौडेल
तपाईलाई यो ब्लग कस्तो लाग्यो तपाईको अमुल्य सल्लाह र सुझावले अगाडी बढ्न प्रेरित गर्नेछ । सल्लाह र सुझावको लागि मलाई Email:-creativeguypaudel@gmail.com मा मेल गर्न सक्नुहुनेछ । तपाईका अमुल्य सुझावहरुको सँधै कदर हुनेछ । यहाँबाट फेसबुकमा जोडिनुहोस् ।Facebook
Subscribe to:
Post Comments (Atom)

0 Responses to “रिभोलुसन् २०२० पढेपछि”
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...