ब्लग लेखक :पवन पौडेल {creativepaudel}

कांग्रेसको माग अपराधीलाई शहिद घोषणा

अशोक भण्डारी 
भर्खरै निधन भएका कांग्रेस तरुण दलका चितवन अध्यक्ष शिवप्रसाद पौडेलको निधनमा कांग्रेसले देशव्यापी बन्दको घोषणा गरेको छ । आफ्नै पार्टीको आन्तरिक किचलोको फन्दामा परेर मृत्यु भएका पौडेललाई सरकारले सुरक्षा दिन सकेन भन्नु नेपाली कांग्रेसलाई सुहाउने कुरा हो ? लोकतान्त्रिक पार्टीको नाताले आमव्यापी देश हड्ताल गर्नु र विगत देखी नै अपराधी ठहरीएर जेल चलान भएका पौडेललको मृत्युलाई शहीदको उपनाम दिने कुरा कत्तिको ठिक होला ?
नेपाली कांग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले शिवविरुद्ध लागेको मुद्दा फिर्ता हुनुपर्ने र उनलाई शहीद घोषणा नगरेसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताए । यो उनको कुन नियत हो अपराधीलाई सहिद घोषणा गर्ने ? के नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा कुनै एउटा कुकुर मर्यो भने पनि त्यसलाई सहिद घोषणा गर भनेर माग गर्नुपर्छ ? नेपाली कांग्रेसले गरेको देशव्यापी बन्दको चपेटामा सरकार मन्त्रीहरु परेका छन् त ? चपेटामा पर्ने त गरिव, मजदुर आमजनता नै त हुन् । प्रधानमन्त्रीहरुलाई त यसले केही असर गर्दैन् । यदि सरकारको विरोधमा नेपाली कांग्रेसले बन्दको आह्वान गरेको हो भने सिंहदरवार घेराउ गर्नुपर्यो नि । शिवप्रसादको मृत्युको दोषी जनता हुन् कि ? किन जनतालाई सजाय दिइन्छ ? राजनीति देशको अग्रगामी विकासको लागि हो, तर नेपालमा राजनीति भनेको जनतालाई दुःख दिएर कमाई खाने भाँडा बनेको छ, नेताहरुको । त्यसको लागि आम जनताहरुले एकचोटी सोच्नुपर्ने अवस्था आएको छ ।
शान्तिनगर–१ झापा हाल : काठमाडौं ।

3 Responses to “कांग्रेसको माग अपराधीलाई शहिद घोषणा”

Anonymous said... Best Blogger Tips[]Best Blogger Templates

Dec 18, 2011 1:47:00 PM

kura thik ho i know shiva poudel personally
tyo ek number ko gunda ho

milan


Anonymous said... Best Blogger Tips[]Best Blogger Templates

Dec 18, 2011 2:13:00 PM

ek dam ramro chha thanks yasari nai sachet hunu parchha


Anonymous said... Best Blogger Tips[]Best Blogger Templates

Dec 18, 2011 2:49:00 PM

yo lekh purwagrahi 6. shiva poudel( marisakeko man6e) lai kukur sanga tulana garnu asavyata ko namuna ho.


Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...

Next previous home