ब्लग लेखक :पवन पौडेल {creativepaudel}

बन्दबाट गुम्यो कांग्रेसको छवि ।

प्रकाश पौडेल
तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको उपचारको क्रममा मृत्यु भएपछि देश पुरै आन्दोलनमय बनको छ । दुई साताअघि चितवन कारागार भित्रै आक्रमण हुदाँ अध्यक्ष पौडेल घाइते भएका थिए । शनिबार बिहान न्युरो अस्पताल काठमाडौमा उनको मृत्यु भएको खवर सार्वजनिक भए लगत्तै कांग्रेस कार्यकर्ता सडकमा उत्रिए । आक्रोशित अबस्थामा देखिएका कांग्रेस कार्यकर्ताले जथाभावि शक्ति प्रर्दशन गर्न थाले । देश पुरै तनाबग्रस्त बन्यो ।
 सरकारले पौडेलको निधनबारे सत्यतथ्य पत्ता लगाउन छानबिन आयोग समेत गठन गर्यो । मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति समेत दिने सरकारले घोषणा गर्यो । सरकारले मात्र होइन विभिन्न राजदुत अनि उच्च ओहदामा रहेका व्यक्तित्वले समेत प्रर्दशन बन्द, हडताल, नाराबाजी, आगजनी जस्ता कार्यहरु बन्द गर्न आग्रह गरे । तर पनि कंग्रेस नेता तथा कार्यकर्ताले शक्ति प्रर्दशन गर्न छाडेनन् । एक मात्र लोकतान्त्रिक पार्टी नेपाली कांगे्रसले अन्तत देशव्यापी आम हडताल गरेरै छाड्यो ।
कांग्रेसले देशभर आम हड्ताल गरेकै दिन अर्थात आज बिहानै संसदीय दलका नेता रामचन्द्र पौडेललाई मातृशोक परेको समाचार विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरे । देशमा आम हड्ताल घोषणाले जनताको अवस्था दयनीय भएको बेला उनलाई गृहनगर पुग्न कुनै अप्ठ्यारो भएन् । सजिलैसँग आमाको अन्तिम दाहासंस्कारका लागि जान भ्याए ।
नेपाली कांग्रेस एउटा प्रजातन्त्रीको पार्टी हो । प्रजातन्त्रीक पार्टीले आफ्नो माग पुरा गर्न गराउन देशनै ठप्प पार्नु गलत कार्य ठहरिन्छ । आपराधीक कार्यमा सरिक भएको व्यक्तिको मृत्युको निहुमा करोडौं जनतालाई सास्ती दिनु न्योचित कार्य होइन । लाखौं नेपाली जनताको भावना बोकेको दलले गुण्डागर्दीका भरमा आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्नु भनेको आफूलाई अन्धकारमय अवस्थामा धकेल्नु हो । अधिकार प्राप्तका लागि लड्नुपर्छ त्यसको विकल्प अरु पनि धेरै छन् । आफ्नो माग पुरा गराउन अरुको अधिकार हनन गर्न नहुने कार्य थाहा हुँदाहुँदै पनि कांग्रेसले नेपाल बन्द गर्यो । यसबाट झन् समस्या निम्तिन्छ ।
सरकारको पटक पटक नेतृत्व गरिसकेको नेपाली कांग्रेसलाई सहिदको अर्थ सिकाईराख्नु पर्दैन तर आपराधिक कार्यमा मुझिएको एउटा व्यक्तिको मृत्यु हुँदा राज्यले त्यसलाई कसरी सहिद घोषणा गर्न सक्छ ?
तरुण तल चितवनका अध्यक्षको मृत्यु कुनै सरकारी हमलाबाट भएको हैन । यो नेपाली कांग्रेसकै आन्तरीक किचलोबाट घटेको घटना हो । यसको जिम्मा पनि कांग्रेसले नै लिनुपर्छ । आफै घट्ना घटाउने अनि दोषीलाई लुकाई करौडौं जनतालाई दुःख दिने नेपाली कांग्रेस कसरी जनताको पार्टी हुन सक्छ ? यस बन्दबाट कांग्रेसले आम नेपाली जनतासमक्ष आफ्नो छवि गुमाउनु परेको छ ।
लेखक जर्नालिजमका विद्यार्थी हुन् ।

0 Responses to “बन्दबाट गुम्यो कांग्रेसको छवि ।”

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...

Next previous home