आधुनिकताको नाममा भित्रिएको अश्लिलता
Do you like this story?
प्रकाश पौडेल
आधुनिकताको नाममा नेपाली समाज अश्लिलतातर्फ उन्मुख हुँदैछ । आपूmहरुलाई आधुनिकता कहलाउन भित्र्याइएको पश्चिमी संस्कृतिले गर्दा नेपाली समाजमा विकृति फैलिएको छ । कुनै समयमा नेपाली समाज एकदमै सभ्य मानिन्थ्यो । महिलाहरुले कुकुच्चा समेत छोप्ने गरी लुगा लगाउथे अरे । यदि कसैले नलगाएमा उसलाई नखरमाउली भन्ने गरिन्थ्यो । अनि कोही पुरुषहरुसँग नजिकिएर लामो समयसम्म बोल्यो भने त्यो समाजमा अपाच्य हुन्थ्यो । त्यसबेला समाज अलिक अशिक्षित पनि थियो, अबिकसित पनि । तर त्यो अवस्थामा समाज सभ्य नै मानिन्थ्यो । जब शिक्षाको ज्योति घरघरमा पुग्यो , विकासका लहरहरुले गाउँ बस्ती ढाक्यो अनि मानिसको सोचमा पनि क्रमिक रुपमा परिवर्तन हुँदै गयो तर आधुनिक बन्नका लागि विदेशी संस्कृतिको शिको गर्दा समाज नै अश्लिल बन्न पुग्यो ।अहिले विदेशी संस्कृतिको नक्कली रवाफमा ठाँटिएका युवतिहरुको नाङ्गोपनले नेपाली समाजमा परिवारसँगै घुमफिर गर्न समेत अप्ठ्यारो स्थिती सिर्जना गरिदिएको छ । आप्mना आमाबाबु वा दिदीबहिनी सँगै हिडिरहेका बेला आँखा चिम्म गरी बाटोमा हिड्नुपर्ने स्थिती शहरबजार दिनानुदिन भेटिन्छ ।
यसरी नखरमाउलो फेसनले प्रतिस्पर्धाको रुप लिनुको बिशेष कारण उच्च मावि र महंगा क्याम्पसहरुका क्रियाकलापहरुले गर्दा पनि हुन सक्छ । आकर्षक र झुटा विज्ञापनको भरमा शिक्षाको व्यापार गरिरहेका महंगा र नामचलेका अधिकांश मावि र उच्च मावि तथा क्याम्पसहरुले आधुनिक शिक्षा दिने बाहानामा अति नै छोटो स्कट तथा भित्री अंग स्पष्ट रुपमा देखिने पारदर्शी अनी पातलो सर्टलाई आफ्नो पोशाकनै बनाइदिएका छन् । यसरी नजी विद्यालय तथा क्याम्पसका छात्राहरुले छोटा स्कट र टाइट पारदर्शी सर्टमा हिडिरहेका देख्दा मोडल हुन या विद्यार्थी भन्ने छट्याउँनै गाह्रो पर्न थालेको छ । कुन भन्दा कुन कम जस्तो गरी क्याम्पसहरुले फ्रक र पाइन्टलाई बदलेर केही इञ्च मात्र स्कट पोशाकमा राख्न थालेका छन् । प्रशासनले बिधार्थीलाई मोवाइल स्कुटर र स्कट प्रतिवद्व लगाएपछि राजधानिका कलेजहरुमा भने बिशेष गरि कोट पाइन्टलाईनै मान्यता दिइएको छ ।
आधुनिकताका नाममा मौलाएको छोटो पहिरन संस्कृतिले नेपाली सस्कार मात्र विग्रिएको छैन । त्यस कलेजमा अध्ययन गर्ने छात्राहरुलाई विज्ञापनको साधनको रुपमा दुरुपयोग गरिरहेका छन् । हाल आधुनिक युवा जमात खुलेआम सार्वजनिक स्थलमा यौन क्रियाकलाप हरुसमेत गरिरहेको भेटिन्छन् । फेसन र टेलिभिजनको प्रभाव र भुउपग्रह मार्फत देखिने दृश्यलाई आत्मसात गर्दै त्यसैको सिको गर्ने चलन नेपाली युवा पीडिको एउटा डरलाग्दो रोग हो । यसको प्रभावका कारण हाल युवा पीडिहरु सार्वजनिक स्थलमा यौन जन्य क्रियाकलापहरु गर्न हिच्किचाउँदैनन् ।
राजधानीको कुरै छाडौ महानगरिय प्रहरी प्रभागको कार्यालय अगाडीनै रहेको रत्नपार्क अनी रानीजंगल लगायतका स्थलमा टिनेजर युवायुवतीहरु यस्तो क्रियाकलापमा बढी भेटिन्छन् । तर प्रहरी प्रशासन मौन छ । रत्न पार्कमा त खुलेआम योन व्यवसायका गर्ने थलो बनेको छ । ठमेल, पोखरा, धरान लगायत देशका अन्य शहरहरुमा खुलेका मसाज सेन्टर, व्युटी पार्लरहरु सेक्स सप वनेका छन् । प्रशासनको डरले बाहिर अकै दात मात्र देखाएका हुन । झन् विभिन्न शहर तथा पर्यटकीय स्थलमा प्रेम प्रेमिकाको लागि ठाउँ नै छुट्टै बनाइदा यस्ता आपराधिक घटना ह्वात्तै बढेको हो । इलामको कन्याम, झापाको जामुनखाडी, धनकुटाको भेडेटार, विराटनगरको शान्ति वन पोखराको मालेपाटनलगायतका क्षेत्रमा प्रेमी प्रेमिकाका लागि लभ डाँडा नै बनाइएको छ । जहाँ युवायुवतीहरु वेग्लै संसारमा रमाउँदै गरेको भेटिन्छन् । यसरी पश्चिमी संस्कृतिको खोल ओढेर आफूलाई स्वतन्त्र नेपाली भन्न रुचाउने र आधुनिक कहलाउँदा अश्लिताले सीमा नाघेको हो कि ?

ब्लग लेखक :पवन पौडेल
तपाईलाई यो ब्लग कस्तो लाग्यो तपाईको अमुल्य सल्लाह र सुझावले अगाडी बढ्न प्रेरित गर्नेछ । सल्लाह र सुझावको लागि मलाई Email:-creativeguypaudel@gmail.com मा मेल गर्न सक्नुहुनेछ । तपाईका अमुल्य सुझावहरुको सँधै कदर हुनेछ । यहाँबाट फेसबुकमा जोडिनुहोस् ।Facebook
Subscribe to:
Post Comments (Atom)

0 Responses to “आधुनिकताको नाममा भित्रिएको अश्लिलता”
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...