ब्लग लेखक :पवन पौडेल {creativepaudel}

इतिहास थप्ने हो मेट्ने होइन ।

लोचन खनाल
हुनत यो लेख लेखिरहँदा मलाई  राजा व्युँताने यथार्थीवादी र परिवर्तन नचाहने भन्नुहोला अर्थात राजाको नशा जोडेको भन्नुहोला तर हरेक कुरालाई सकारात्मक र नकारात्मक दृष्टिकोणले हेर्ने हो भने र विज्ञानको स्केलर परिमाणलाई छाडेर भेक्टर परिमाणमा जाने हो भने पृथ्वीनारायण शाहलाई एक शाहसीक नेपाली र ऐतिहासिक व्यक्तित्व मान्नै पर्छ ।
संघीयता र बाईसे चौविसे राज्यलाई एउटै तराजुमा तुलना गरेर म हाँसको बीचमा बकुल्लो हुन त चाहान्न तर बाईसे चौविसे राज्यमाथि पूर्वमा टिष्टा नदी पश्चिममा काँगडा भनी विशाल नेपालको इतिहास पढिरहँदा अरुण पूर्वको लिम्बूवान तथा अन्य विभिन्न प्रान्तको लागि लड्ने शाहसीक यौद्धाहरुको इतिहास प्रान्तीय सरकारको मन्त्रीपरिषद्ले हटाउने हो कि भन्ने चिन्ता वर्तमान नाईकेहरुमा हुन जरुरी छ ।
नेपालकै एक राष्ट्रिय दैनिकको अन्र्तवार्तामा पूर्व सेनापतिले भनेका छन् –‘माओवादीले दरबार घेर्ने भनेको दिन सेना र तत्कालिन राजाले चाहेको भए लिवियाको जस्तो हालत हुन्थ्यो । उनले सो अन्तवार्तामा ठट्टा गर्दै थपेका छन् –‘धन्न मनमोहन सिंहले इशारा गर्नुभयो र वर्तमान नेपालका राजनैतिक नाइकेहरुले महाराज हजुरको कोटा खाली छ (सेरेमोनियल)’ भनेर त्यतिबेला चुप बनाएका थिए ।
पृथ्वीनारायण शाहले एकिकरण गर्नुभन्दा पहिले विशाल नेपाल थिएन । अंग्रेजहरुको बम बारुद्धहरुको सामना गर्न कठिन थियो । त्यस कारणले शाहले नेपाल एकिकरण गर्नु बाध्यता र जिम्मेवारी थियो । अंग्रेजहरु चुरे पर्वतमा आईपुग्दा माथिबाट नेपाली ढुंगा लडाएका थिए र अंग्रेजहरुलाई सिस्नुको झाडीमा खसालेका थिए । त्यसमा १/२ हजार अंग्रेज र १/२ सय नेपालीको मृत्यु भएको थियो । त्यसपछि ४७ वर्षसम्म अंग्रेजहरुले त्यो राज्यमा फर्केर हेरेनन् ।
विर काजीहरु र शाहका सेनापतिहरु छाती फुलाएर अंग्रेजसँग लड्ने र आफू नेपाली हुँ भन्ने भावना बनाउने, विशाल नेपालको इतिहास बनाउने, र वर्तमान नेपालका नायकहरु त्यो इतिहासको काखमा बन्चरो हानेर नेपाल आमाको काखमा नै रजाई गर्ने ? के पुष्पकमल दाहालको जनयुद्ध, रामचन्द्रको प्रधानमन्त्री बन्ने सपना, गगन थापालाई जनताले प्रधानमन्त्री बनाउने सपना, केपी ओलीको चोटीलो भाषण सुन्ने जनताको सपना नै समाप्त हुन्थ्यो, आज नेपाल देश नै नरहेको भए ?
तर ती विर कालु पाण्डे, आज किन सुस्तामा फेरी जन्मेनन् ? विशाल नेपाललको डकुमेन्ट्री देखाउँदै हिड्ने बाबुराम पार्टी किन मनमोहन सिंहको अगाडी राम राम भन्दै खुट्टा कमाउँछन् ? १८ औं चोटी प्रधानमन्त्रीको दौडमा जाने पौडेल कति चोटी सुस्तामा पुगे ? हे नेपाली जनता ???
पृथ्वीनारायण शाहको इच्छा, राज्य विस्ताको महत्वकांक्षा र दूरदृष्टि नजागेको भए र त्यसलाई साकार पार्न उनले कठोर परिश्रम नगरेको भए, आज हामीले पाएको नेपाल भन्ने राष्ट्र रहने थिएन् । जसले यो नचाहेको हो उसका लागि पृथ्वीनारायण शाह विस्तारवादी, परचक्री र दुश्मन हुन सक्लान तर म नेपाली हुँ र नेपाल राष्ट्रभित्र म र मेरो परिवारको सुदृढ भविष्य चाहान्छु भने कुनै पनि व्यक्तिले शाहलाई घृणा गर्न सक्तैनन् । शाहले नेपाल राज्य स्थापनाको आरम्भ गरेको तथ्यलाई अन्यथा भन्न नसकेपनि एक पक्षबाट उनलाई नेपालको असमानता, पछौटेपन र अभावको मुल कारण देखाउन केही वर्गहरु हात धोएर लागी परिरहेका छन् । विश्वभरीका राष्ट्रले उनीजस्ता व्यक्तित्वको उच्च सम्मान र मुल्यांकन गरिरहँदा आफूलाई क्रान्तिकारी ठान्ने केही नेपाली हातहरुले उनको शालीक भत्काउने होड चलाए त्यसैकारणले पुष २७ गतेलाई पृथ्वी जयन्ती वा राष्ट्रिय एकता दिवस मान्न बन्द गरियो । पुरानो भनाई छ – ‘आफ्नै गौरव मान्नुपर्ने इतिहासलाई तिरस्कार गर्ने व्यक्ति र समूहको भविष्य सुखद हुँदैन । काही हामी त्यही श्राप र अभिषापको शिकार भएको त छैनौ –पौष २७ गते कान्तिपुर दैनिकमा कुमार रेग्मी लेख्छन् । यहाँबाट उनको लेख पढ्न सकिन्छ ।
कमरेड जी........... कसैले १२ वर्ष जनयुद्ध गर्यो भन्दैमा २८९ वर्ष लामो इतिहाँस मेटेर मेटिदैन । इतिहास आफै बोल्छ त्रिभुवनको शालिक हटाएर, अन्य ऐतिहासिक व्यक्तित्वको शालिक हटाएर गमक्क परेको लाल सलाम हानेको शालिक राख्नु परिवर्तन हैन । 
विर बलभद्र कुँवर, पृथ्वीनारायण शाह, काजी कालु पाण्डे लगायतको बारेमा लेखेको इतिहाँसमा टिपेक्स लगाएर कमरेड दाहाल, र कोइराला लेख्नु, सिंहदरवार भत्काएर सिभिल मल बनाउन, दुवै सरकारको नाममा रहेको नारायणहीटि र नागर्जुन दरवारमा राजा खेदाएको भन्दै नारायणहिटीबाट नागार्जुन पठाउनु, श्रीपेच हटाएर हँसिया हठौदा, तारा भएको पट्टी बाँध्नु भनेको क्रान्तिको नाममा मुखबाट खाएको भात पिँधतिरबाट खाँद्नु जस्तै हो ।
महाशय ! अगाडी बढ्नुहोस जनताको अनुरोध छ । नेपाल विकसीत संघीय गणराज्य होस् । देश आर्थिक संमृद्धिको बाटोमा जाओस् । देशमा नयाँ क्रान्ति होस् । विज्ञान र प्रविधीको क्षेत्रमा चमत्कार होस् । हजारौ नेपालीहरु विदेशीनु नपरोस् । नेपाल सवै पक्षमा शक्तिशाली होस् । भारतलाई सिमा क्षेत्रको मुद्दामा घुँडा टेकाउन सकियोस् । देशमा शान्ति, अमनचयन र लोकतान्त्रिक संविधान निर्माण गर्नुहोस् । हजुरहरुको यसमा नै शुभ छ तर कालापानी र टिष्टा बीचमा रहेको बिशाल नेपाल थियो, विर शाहसी यौद्धा सहीदहरुको रगत, विर गोर्खालीको खुकुरी र इतिहासमा लेखिएका राम्रा काम पनि आफू क्रान्तिकारी भएको नाममा अर्धनग्न तस्विर अंकित इतिहास नबनोस् यही छ शुभकामना ।

3 comments:

  1. पृथिवी नारायण शाहले ईतिहाश त रचेको हो ,ईतिहाश मेटिंदैन ,पृथिवी नारायण शाहले जात भात लाई हटाउनुको सता झन ४ वर्ण ३६ जात भन्दै निरन्तरता दिए,जुन अहिले सम्म हटाउन गारो भएको छ ,एकताको नाममा खस भासा वाहेक अरु सवै भासा जात र अरुको सस्कृतिलाई पूर्ण रुपले दवाएको छ ,जसले गर्दा अहिले नेपालको अरु सवै भासा जात सस्कृति लोप हुने अवस्थामा पुगे ,ईतिहास त राना हरुले पनि रचेको छ तर पुज्नु जरुरि छैन,

    ReplyDelete
    Replies
    1. mero bicharma hamra baule jaatipaati bived rakhe ahile hami jaat bhat mandainau. But k eso bhandaima aafnai bauko foto jhiker falna mil6? K aafnai baulai katna mil6. Tyo bela samayko mag tehi thiyo jo prithbi narayan shahle gare. Hamro paalama samayko mag farak 6 jo hami gardai6au. Tesaile sathi etihas ta baach6 nai. Itihas sangai itihas jhalkaune sabai kura sura6it garinu par6

      Delete
  2. "इतिहास थप्ने हो मेट्ने होइन" एकदमै सही कुरा साहित्य मन्जरी

    ReplyDelete

Next previous home