by Pawan Paudel · 1
आखिर के हो त त्यो सपना ? केही साथिहरुबीच मात्र सिमित भएको यो सपना आज व्लगमार्फत शेयर गर्दैछु । नेपालमा इन्टरनेटको पहुँच क्रमस बढ्दै गएको बेला एउटा यस्तो शिक्षासम्वन्धि वेवसाईटको आवश्यकता महसुस गरिएको छ । जसको उद्देश्य हुनुपर्छ {PAPERLESS STUDY ROOM} ।
by Pawan Paudel · 1
by Pawan Paudel · 0
समय बितेको पत्तै नहुदोँरहेछ । कति छिटै दसैं पनि सकिईसक्यो । हिन्दूहरुको महान चाड बडादसैं अरु वर्षको तुलनामा यो वर्ष निकै खल्लो लाग्यो । खै तरकारीमा नुन नलागेको जस्तो हो कि क्या हो ! आफैलाई थाहा छैन । यो पटकको दसैं अघिल्लो वर्षको दसैं सम्झेर नै व्यक्तित भयो । दसैं र तिहारको लागि भनेर एकैचोटी लामो बिदा पाईयो । आश्विन २२ गतेदेखि कात्तिक २३ गतेसम्म १ महिना १ दिनको बिदा, बिदाको आदी समय त्यसै नै खल्लो भयो । दसैं मनाउन परिवार जम्मा भएपछि आपूmपनि लागियो आफ्नो घर झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं. १२ ईट्टाभट्टातिर । सबैभन्दा पहिला खल्लो लाग्ने कुरा भनेको त आपूm इन्टरनेटको पहुँचभन्दा बाहिर पुग्नुपर्ने बाध्यता हो । दिनको २४ घण्टामा १२ घण्टा इन्टरनेटमा नै रमाइरहने मजस्ता मानिसहरु इन्टरनेट विना कसरी बाँच्न सक्ने । अब समय त व्यत्तित गर्नैपर्ने भो । त्यसैले लागियो गाउँका साथिहरुलाई भेट्न । आफ्ना सहयात्रीहरु कोही पनि गाउँमा रहेनछन् । सबै बैदेशिक रोजगारीको सिलसिलामा विदेशीएका रहेछन् । गाउँमा युवा भनेको त म मात्रै रहेछु । अनि स–साना भाईहरु मात्र । कर्मथलो र घरको दुरी धेरै नभएतापनि व्यस्तताले गर्दा घर नपुगेको पनि धेरै नै भएको रहेछ ।
by Pawan Paudel · 1
हेर्नुहोस त नेपालमा भएको टाँयर संस्कृति आखिर यो कहिले अनत्य होला ?
by Pawan Paudel · 1
It is said that beauty is only skin-deep. But is is rather misleading and surficial concept. I think, the concept of beauty has psychological, social, commercial, sexual and above all existential implication.With the emergence of Feminism in Europe and America, Feminist always speaks against the commercialization of female body and sex. They always try to make Female aware about the exploitation of Female body and beauty. They again and again tell the Female that modern society tries to convert Female sex into commercial and cosmetic articles. They present the idea that beauty is very is very short lived and transitory male tempts female towards their skin deep beauty and tries to trap Female in their own vanity. In modern world, media is very powerful weapon for propaganda and advertisement. In modern world, most of the media are controlled by male. They use the media & beauty industries to manipulate female to fall at he trap of beauty. In that way, in a very cumming way, media trap and sell the female beauty and sex.by Pawan Paudel · 1
गाँजको धुँवा रक्सीको घुड्को सुर्तीको फाँकोसँग जीवनको अभेद्य सम्वन्ध हुन पुग्यो भने मान्नुस् त्यो अब छिट्टै सिद्धियो यस लोकबाट । उसका नातागोता कूल कुटुम्व बन्धूबान्धव इष्टमित्र छर छिमेक इत्यादिले असमय मै उसका खातिर श्रद्धााजलीका लागि १ मिनेट मौन धारण गदै उभिन तयार भैराख्नु पर्छ । ढिलो चाँडो मात्रै हो त्यो हुने हुनामी अवश्मय् भावी छ । त्यस्तो खतरनाक लत किन लिनु होला बरु चियाका चुस्कीमा मैल जसरी रम्न सकेको भए कस्तो हुन्थ्यो होला म यसो विचार गर्छु म जति अरुको रमाउल फगत चियाको चुस्कीमा साथी भाइले पनि थगाहा पाइसके मेरो चियप्रतिको लगाव । यसको लागि म एउटा घटनाको उदाहरण दिन चाहान्छु । घटना यस्तो छ - मलाई एक ठाउँबाट पुराणको निम्तो आयो । मित्रको घरमा लागेको पुराण नजानु पनि कसरी ! गए । त्यसबेला केही क्षणको लागि पुराणको विश्राम चल्दै रहेछ । मित्रले अलिक परबाट एक छेउबाट आसन्न रहेको मलाई देखेछन् र हत्तनपत्त आफ्नी जहानलाई नजिक डाकेर अह्राय "सर आउनु भएछ ल भित्र लगेर यसो केही खानपिन गराऊ ।" सोहि मुताविक मित्र कि जहान म नजिक आएर लौ न यसो केही लिउँ भित्र गएरू भन्न लागिन मैले भने "अहिले म भरपेट छु केही लिन्न ।" फेरी अनुरोध भयो 'हैन फलपुू भए पनि लिनुहोस ।' तैपनि मैले अस्वीकार गरें । आफ्ना सारा अनुरोध कामयावी भएनपनि त्यौ खबर उनै मित्रकाँ पुगेछ । तत्पश्यात आफ्नी जहानलाई मित्रले भनेछन् "ल चिया दिई हेर त पक्कै फरक पर्दैन ।" यति भएपनि फेरी मित्रकी जहान म समक्ष चियाको प्रस्ताव लिएर उपस्थित हुन पुग्छिन् । अब त के थियो मैले लौ हुन्छ भनिदिएँ । धेरै पछिसम्म मेरो चियाको पि्रयताबारे साथीभाइवीच हाँसो चल्दै रह्यो । by Pawan Paudel · 1
by Pawan Paudel · 1

धेरै दिन को व्यस्तताले गर्दा ब्लग अपडेट गर्न पाएको थिइन् । के गर्नु विहानदेखिको चक डस्टरमा भुलेको जिन्दगी बेलुका मात्र अलि अलि फुसर्द मिल्छ अनि आप्नो नित्यकर्म र निन्द्रादेवीको काख यसरी नै समय वितेको पत्तै भएन । तर आजको दिन भने अचम्म त नभनौ तर नसोचेको कुरा भोग्नुपरेको छ । म एक नेपाली समाजमा हुर्केको मानिसका लागि यो त Unexpected कुरा नै हो । नेपालको सुदुपूर्वी जिल्ला झापको विर्तामोडमा रहेको म कार्यरत विद्यालय श्री देवी माध्यमिक विद्यालयको प्राथमिक स्तरमा अध्ययनरत विद्यार्थी मोवाईलमा निलो चलचित्र हेरेको देख्दा यसलाई प्रविधीको दुरुपयोग भन्दा फरक नपर्ला । सबैकुराको सकारात्मक र नकारात्मक पक्ष त हुने नै गर्छन् । तर प्रविधीलाई कसरी लिने भन्ने कुरा कुनै पनि मानिसमा भर पर्ने हो । हरेक अभिभावक आप्ना छोराछोरीले दिनभरी नेटमा समय विताउँछन् भने त्यसमा खुशी भएर मात्र नबस्नुहोस उनीहरु नेटमा वा आधुनिक सञ्चारको क्षेत्रमा कसरी अगाडी बढिरहेका छन् त्यसमा पनि ध्यान दिन जरुरी छ नभए मैले आज भोगेको घटना त एक प्रतिनिधी घटना मात्र हो यस्ता घटना त यो समाजमा धेरै घट्ने गर्छन् । मेरा पनि कति साथिहरु छन् जो नेटमा दिनभरी अश्लिल साइटमा नै व्यस्त हुन्छन् ।
by Pawan Paudel · 1
by Pawan Paudel · 0
by Pawan Paudel · 0




