पौडेल अब सम्झनामा मात्र

आफूले राखेका तस्बिरमा अघिल्लो दिन कमेन्ट गर्ने साथीको बिहान मृत्युको खबर आँउदा झापाली पत्रकार गोपाल झापाली छाँगाबाट खसेजस्तै भए । बिहानै बिहानै एफ एम सुन्दा एफ एमले पत्रकार यादव पौडेलको राति १२ बजे रहस्यमय तरिकाले हत्या भएको सनसनीपूर्ण समाचार सम्प्रेषण गर्‍यो ।
कसरी भयो हत्या ।
 पत्रकार पौडेलको शवलाई प्रहरीले राति १:३० बजे बिर्तामोडको बसपार्क नजिकै रहेको पूर्वाञ्चल सेकुवा कर्नर अगाडी फेला परेको थियो । धारितो हतियार प्रयोग गरी हत्या गरिएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोड प्रहरीले जनाएको छ । पौडेलको मोटरसाइकल सब नजिकै स्टेन लगाएको अवस्थामा छ भने खुट्टामा लगाएको जुत्ता फेला पार्न सकिएको छैन । प्रहरीका अनुसार शव भेटिएको स्थानबाट नजिकै उहाँको हत्या गरी घिसारेर त्यहाँ ल्याएर फ्याकेको हुनसक्ने आशंका छ । यो समाचार तयार पार्दासम्म हत्या कसरी भयो भन्नेबारेमा प्रहरीले केही बताउन सकेको छैन । हिजोदेखि उनीसँगै रहेका होटल सञ्चालक सहित शंकास्पद १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Readmore

by Pawan Paudel · 3

बेरोजगार उत्पादन गर्ने उद्योग र गोठाला शिक्षक

केही समय अगाडी विद्यालयमा अफ पिरियडमा बसिरहेको बेला प्रधानाध्यापकले अर्को कक्षामा गएर पढाईदिन आग्रह गरे । आफ्नो अफ पिरियड भएको र सो विषयको आफू शिक्षक नभएकोले पढाउन नसक्ने कुरा जानकारी गराउँदा प्रधानाध्यापकले केटाकेटी बाहिर निस्कीरहेका छन् हल्ला गरिरहेका छन् कक्षा कन्ट्रोल मात्र गरिदिन आग्रह गरे । प्रधानाध्यापकको निर्देशनको पालना गर्नुपर्ने नै भयो त्यसैले म सो कक्षामा गए ।
म त्यहाँ एउटा शिक्षक नभएर चौकीदारको रूपमा पुगेको थिए । किनभने मेरो उद्देश्य भनेको सो कक्षामा रहेका विद्यार्थीलाई सिकाउनु नभएर उनीहरूले गरिरहेको होहल्ला शान्त पार्नु मात्र थियो । शिक्षक कुनै पनि कक्षामा प्रवेश गर्नु अगाडी उसले सो कक्षामा पढाउने पाठ को विषयमा पहिलेदेखि नै तयारी भएको हुन्छ । कुन उदाहरण दिदा विद्यार्थीले सजिलैसँग बुझ्न सक्दछन् भनेर त्यसको बारेमा केही खोजिनिती समेत गरेरे कक्षामा प्रवेश गरेको हुन्छ तर त्यो कक्षामा म कुनै पनि पूर्व गृहकार्य विना नै प्रवेश गरेको थिए ।
हाम्रो देशमा शिक्षाको लागि धेरै नै वैदेशिक सहयोग प्राप्त हुन्छ तर हामी मख्ख नपरे हुन्छ किनभने विदेशीहरुले हाम्रो देशमा लगानी गरेको भनेको उनीहरूको प्रयोगशालाको रूपमा मात्र हो । अनि उनीहरूले दिएको सो रकम विदेशबाट सो कार्यका लागि आएका कर्मचारीहरुको तलबभत्तामा सकिन्छ घुमिफिरी सो रकम त्यही नै पुग्दछ ।
हाम्रो शिक्षामा मौलिकता छैन । माटो सुहाउँदै शिक्षा छैन । यहाँबाट उत्पादित भएका जनशक्तिले विदेशमा गएर राम्रो काम पाउन सक्तैनन् । केही अपवाद बाहेक हाम्रो देशमा उच्च शिक्षा हासिल गर्नेहरुले अर्को देशमा सो विषयमा त्यही नै शिक्षा हासिल गरेको व्यक्तिसँग प्रतिस्पर्धा गर्न निकै हम्मे हम्मे नै पर्दछ ।
एस.एल.सी परीक्षाको नतिजा आएपछि पत्रपत्रिका, टि.भी रेडियो र सबैको मुखमा सरकारी विद्यालयको यति प्रतिशत यो स्कुलमा त नतिजा शून्य नै भयो यहाँ यस्तो, त्यहाँ त्यस्तो भनेर बढी मात्रामा चर्चा परिचर्चा हुन्छ । एसएलसीको चर्चा हुनु सामान्य नै हो तर कसैले पनि किन सरकारी विद्यालयको एसएलसीको नतिजा खस्केको हो भनेर गहिरो अनुसन्धान गर्दैनन् । कक्षा १ देखि कक्षा ९ सम्म ठेल्दै उत्तारित बनाउदै लगेको विद्याथीलाई करिब ७ महिनामा माध्यमिक तहमा पढाउने शिक्षकले कुन जादुगरले उनीहरूलाई एसएलसी पास बनाउन सक्छन् त ? 
हामीले एसएलसीको नतिजालाई यति ठुलो रूपमा लिन्छौ कि त्यो भनेको देशको मुहान नै परिवर्तन गर्ने नतिजा हो । निजी विद्यालयलले विद्यार्थी भर्नाको लागि यसलाई नै ठुलो कडीका रूपमा लिन्छन् । केही अपवाद बाहेक निजी विद्यालयले आफ्नो शैक्षिक स्तर भनेको एस एल सी को नतिजामा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउनुलाई ठान्दछन् ।
हाम्रो देशमा शैक्षिक बेरोजगारको सङ्ख्या डरलाग्दो रूपमा बढ्नुमा शैक्षिक संरचना, पाठ्क्रममा आमूल परिवर्तन नै नहुनु हो । ‘घोकन्ते विद्या धाउन्ते खेती’ भन्ने उखानलाई व्यवहारमा उतार्न खोज्नु नै ठुलो भूल भएको छ ।

by Pawan Paudel · 0

विष्ट स्मृतीका पानामा...............................

यो स्टोरी जनसंसद दैनिकमा प्रकाशित भएको छ । CLICK HERE TO READ IN PAPER 
भाद्र २ गते बिहान ६ बजे सहकर्मी मित्र युवराज ढकालको फोन आयो, भख्खरै ओछ्यानबाट उठेको मात्र थिए अकस्मात दुःखत खबर सुन्दा पत्याउन नै गाह्रो भो । मानिस जन्मेपछि मृत्यु शासस्वत सत्य हो तर ३३ वर्ष १० महिना ३ दिन मात्र यो संसारलाई देख्न पाउनुभयो सहकर्मी मित्र स्व. प्रकाश विष्टले ।
केही दिन अगाडी झापाको शनिश्चरे रोडमा एकजना महिलालाई मोटरसाईकल दुर्घटना हुनुबाट बचाउने हुँदा हिरो होण्डा कम्पनीको ग्लामर बाईक (मे.१.प.८२१३) दुर्घटनामा पर्नुभएको थियो । विर्तामोडमा रहेको कन्काई अस्पतालमा प्राथमिक उपचारपछि टाउकोमा गम्भीर चोट लागेकाले उहाँलाई भारतको सिलिगुडीमा रेफर गरिएको थियो ।

केही समय अगाडिदेखि आफ्नो कर्मथलो छाडेर उच्च शिक्षा हाँसिल गर्न म राजधानी छिरेको छु, उहाँको दुर्घटनाको खबर फेसबुकबाट थाहा भयो । श्रावण २५ गते फेसबुकमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्टाट्स राखेको थिए तर कसलाई थाहा थियो र त्यसको ठ्याक्कै एकहप्तापछि उहाँलाई श्रद्धान्जली प्रकट गर्नुपर्छ भनेर ।
विर्तामोडमा रहेको देवी उच्च माविका गणित शिक्षक प्रकाश विष्ट साथिहरुसँग एकदमै मिलनसार र सहयोगी 
भावनाका हुनुहुन्थ्यो । साथिहरुले भनेको कुरा कहिल्यै इन्कार गरेको मलाई लाग्दैन । २०६२ सालमा देवी उच्च मावि मा पहिलोपटक राहत शिक्षकमा नियुक्ति भएर शिक्षण पेसालाई निरन्तरता दिँदादिँदै २०६५ सालमा वैवाहिक बन्धनमा बाँधिएपछि एउटा सन्तानको पिता बन्नुभएको थियो ।
जन्मथलो तेह्रथुमको चुहानडाँडाबाट विद्यालय स्तरको अन्तिम परीक्षा (एस.एल.सी) २०५० सालमा त्यस विद्यालयमा प्रथम श्रेणीमा उत्तीर्ण गर्ने एकमात्र छात्र हुनुहुन्थ्यो । उहाँका पिता श्री पुष्पलाल विष्ट पेसाले शिक्षक भएकाले घरमा शैक्षिक वातावरण निकै राम्रो थियो । त्यसपछि उच्च शिक्षाको लागि धरानको हात्तिसारबाट विज्ञान संकायमा आई.एस.सी, विराटनगरको महेन्द्र मोरङ बहुमुखि क्याम्पसबाट बि.एस.सी र मोरङको सुकुनामा गणित विषयमा स्नातोक्तर पुरा नगर्दैै उहाँले यो संसारबाट बिदा लिनुभएको छ ।
मलाई त्यो दिन झलझली याद आउँछ २०६३ साल कात्तिक ३० गते देवी उच्च माविमा शिक्षक भएर जाँदा पहिलोपटक उहाँले गर्नुभएको व्यवहारबाट म निकै प्रभावित भएको थिए । शिक्षण सिकाईमा उहाँको योगदान म माथि धेरै छ । उहाँले गर्नुभएको सामाजिक कार्यहरु र देवी उच्च माविलाई दिनुभएको योगदान संधै स्मरणीय रहनेछ ।
उहाँको अल्पायुमै स्र्वागारोहण भएकोमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवारमा ईश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै समवेदना प्रकट गर्दछु ।
उनीसँग बिताएका केही पलहरु तस्बिरमा
२०६७ साल असोज महिनामा मुस्ताङको मुक्तिनाथ मन्दिरमा जाँदा खिचिएको तस्विर ।

कोशी नदीमा बाढी आएको बेलामा घुम्न जाँदा लिइएको तस्विर ।

२०६७ सालको विद्यालयका स्टाफहरुसँग पिकनिक जाँदा लिइएको तस्विर ।

झापाको कृष्णथुम्किा खिचिएको तस्विर ।
This Pic was Taken in Fewa Lake in Pokhara.


by Pawan Paudel · 0

Why I left Teaching.....?

देवी माविको विद्यार्थीको साथमा
कुरा २०६३ साल कात्तिक ३० गतेको हो । भख्खरै I:Sc सी सिद्धाएर मेची क्याम्पस भद्रपुर झापामा B.Sc अध्ययनरत हुँदा जीवनले नयाँ कोल्टे फेर्यो । एकोहोरो ढिपी गर्ने टिनएजमा भएको बानीले गर्दा जीवनमा ठूलो धोका पाइयो । हुनत नेपालीको बुद्धि पछिमात्र आउँछ भन्थे भन्नेले तर ठिकै भनेका रहेछन् जस्तो अहिले लागिरहेको छ । एउटा सम्मानित पेशा भनेर चिनिने शिक्षक पेशा छोड्नु आफैमा एउटा चूनैतिपूर्ण कुरा हो । देशमा शैक्षिक बेरोजगारहरु बढीरहेको समयमा मूलको पानी भनेर चिनिने सरकारी जागिर छोड्नु पनि म लरतरो कुरा भने पक्कै होईन ।
श्री देवी माध्यमिक विद्यालय (आजका मितिदेखि उच्च मावि) अनारमनी ३ विर्तामोडमा विज्ञान गणित शिक्षक भएर जाँदाको पहिलो दिन झलझली याद आउँछ । कहिल्यै पनि ठूलो मासलाई फेस नगरेको मान्छे । स्कूललको प्रेयर लाईनमा प्रधानाध्यापकले तिमीहरुको नयाँ शिक्षक भन्नुभएको मात्रै के थियो २४०० सय विद्यार्थीले गड्गडाहाट तालीले स्वागत गरे ।
अङ्ग्रेजी माध्यमबाट विद्यालयमा पढेको व्यक्तिले नेपाली माध्यममा विज्ञान पढाउनुपर्दा सुरुका दिनहरुमा निकै गाह्रो भयो । कक्षा कोठामा आफूभन्दा पनि ठूलो उमेरका विद्यार्थीहरुलाई पढाउनुपर्दा अलिक अप्ठ्यारो लागेको थियो तर बिस्तारै बिस्तारै सबै कुरा सहज लाग्न थाले ।
युवा अवस्थामा भएको जोश, जाँगरलाई सहि ठाउँमा सदुपयोग गरे जस्तै लाग्यो जब पहिलो पटक मैले पढाउने विद्यालयले एस.एल.सीमा सहभागी भएर ६० प्रतिशत नतिजा प्राप्त गर्न सफल भयो । सरकारी विद्यालयबाट त्यो समयममा ६० प्रतिशत नतिजा ल्याउनुलाई निकै राम्रो मानिन्थ्यो ।
भनिन्छ नि विद्याकी  देवी सरस्वती र धनकी देवी लक्ष्मीलाई एउटै हत्केलामा राख्न खोज्नु दिवा सपना मात्र हो मेरो पनि त्यो दिवा सपना नै भयो । दईवटालाई एकैसाथ एउटै रथका दुई पाङ्ग्रा जस्तै गरी एउटा गतिमा अगाडि बढाउनु सोचमा भारी तुसारापात भयो । फलस्वरुप सरस्वतीको गतिमा बिस्तारै बिस्तारै ब्रेक लाग्दै गयो तर खुसी छु डिक्स ब्रेक चाँही लागेको रहेनछ ।
नेपाल सरकारको बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा हुन्छ तर तर बजेट बालुवामा पानी खन्याएजस्तै भएको छ भन्दा अत्युक्ति नहोला । विभिन्न तालिम, सेमिनार बैठक शीर्षकमा करौडौ रकम खर्च हुन्छ तर तालिम, सेमिनारमा सिकेका कुराहरू व्यवहारमा भने कमै मात्र लागू भएको हुन्छ । शिक्षकहरुका लागि तालिम भनेको भत्ता पचाउने थलो मात्र हो । विकसित राष्ट्रहरुमा शिक्षक पेशालाई मर्यादित र अब्बल दर्जाको पेशाका रूपमा लिइन्छ भने नेपालको परिपेक्षमा हेर्ने हो भने कुनै शैक्षिक जनशक्तिले अरू कतै ठाउँ नपाएपछि अन्तिम विकल्पका रूपमा रोज्ने पेशाका रूपमा यसलाई लिने गरिएको छ ।
सबैभन्दा अत्यासलाग्दो तीतो यथार्थ त के छ भने ग्रामीण क्षेत्रमा खुलेका निजी विद्यालयमा माशिक रु १०००।– मा पढाउन बाध्य छन् शिक्षक शिक्षिकाहरु । एउटा भवन निर्माणमा काम गर्ने मजदुरको दैनिक ज्याला त २ सय सम्म पुगेको अवस्थामा देशका शिक्षित जनशक्तिहरु दैनिक १०० रुपैयाँको ज्यालामा आफ्नो दिमाग खचर्नुपर्दाको पीडा निकै दर्दनाक छ ।
सहरी क्षेत्रमा भएको सरकारी विद्यालय अनि विद्यार्थीको अत्याधिक चाप, शिक्षकहरुको कमी एउटा कक्षाकोठामा भेडाबाख्रा जस्तो गरी १०० जना विद्यार्थीसमेतलाई पढाउनु पर्ने अवस्था, सहपाठीहरुमा सरकारी काम कहिले डुब्ला घाम भन्ने मानसिकताले आफूमा पनि सिर्जनात्मक काम हैन, कामचोर प्रवृतिले डेरा जमाउन धेरै समय लागेन । यिनै विविध कुराहरुले गर्दा बिस्तारै बिस्तारै आफ्नो पेशाप्रति आफैँ वितृष्णा पैदा हुन थाल्यो ।

by Pawan Paudel · 0

मातृसंस्थाबाट के आशा गर्ने ?

प्रकाश पौडेल
प्रकाश पौडेल
मैले पत्रकारिताको कखरा सिकेको त धेरै भएको छैन तर पनि प्रेस चौतारीमा प्रवेश गर्ने इच्छा भने सुरुमै लागेको हो । दमकबाट प्रकाशित हुने पूर्वसन्देश दैनिकको मेचीनगर सम्वाददाताको रुपमा २०६३ साल मंसिरबाट मेरो कलमको गति अगाडी बढ्यो ।
गोपाल काफ्ले, माधव विद्रोही जस्ता व्यक्तित्वको नाम म छुटाउन सक्तिन किनकी मैले पत्रकारिताको कखरा उहाँहरुकै प्रेरणाबाट सिकेको हुँ । समयसँगै मेरो कमल पनि निरन्तर अगाडी बढ्यो । गोपाल काफ्ले प्रेस चौतारीसँग आवद्ध भएकै कारण सदस्यताको लागि मैले पनि कुरा राखे । त्यो अवस्थामा मलाई प्रेस चौतारीभन्दा प्यारो संगठन छैन कि भन्ने लागेको थियो । जुन संगठनमा गणेश पोखरेल, मोहन काजी, गोपाल काफ्ले, माधव विद्रोही जस्ता अग्रज पत्रकारहरु हुनुहुन्छ त्यो संगठन कसरी नराम्रो हुन सक्छ र ?
जन्मदै कुनै पनि व्यक्ति राजनैतिक विचारधारा लिएर जन्मेको हुँदैन । न धर्म, न जात, न त भेषभुषा नै समाज पारिवारीक पृष्ठभूमिका आधारमा उसलाई त्यतैपट्टि ढल्कन प्रेरित गरिन्छ । उसको घरपरिवार हिन्दू धर्ममा छन् भने सो बालकलाई हिन्दू धर्मकै अनुयायी मान्ने गरिन्छ । परिवार जुन राजनैतिक विचारधारामा समाहित छन् त्यही राजनैतिक दलसँग आबद्ध हुन प्रेरित गरिन्छ र त्यही संस्कार सिकाइन्छ तर बालकलाई पनि स्वतन्त्र रुपमा जिउने अधिकार हुन्छ अन्त्यमा चाहेको बाटो अविलम्बन गरेरै छाड्छ । मैले प्रेस चौतारीको सदस्यको लिँदा पनि त्यसरी नै भनिएको थियो कि तिमी बामपन्थि विचारधाराका हौ भने मात्र सदस्य दिन सकिन्छ होइन भने मिल्दैन । त्यो घडी मेरा लागि महत्पूर्ण क्षण बन्यो धेरै विचार गरेर अन्त्यमा चौतारीको सदस्यता लिएरै छाडे ।

Readmore

by Pawan Paudel · 0

आखिर मदिरा नै हो ! किन नहोस् त यस्तो

मदिरा जसले पनि जहाँ पनि किनेर पिउन मिल्ने विश्वभरीमा एकमात्र देश सम्भवत नेपाल मात्र हुनसक्छ । अनियन्त्रित मदिरा विक्रि वितरण उत्पादन र सेवनको प्रकोप नेपालको तल्लो वा मध्ययम वर्गमा मात्र सिमित नभई यसबाट ठालूहरुको संस्कारमा समेत नराम्रो प्रभाव परेको छ । हरेक राजनैतिक तथा कुटनितिक क्षेत्रको भोजभतेर तथा पार्टीको मुख्य आकर्षकको रुपमा पनि मदिरालाई लिने गरिन्छ । 
हुनत् १९ जेष्ठ २०५८ को शाही संम्हारको मुख्य कारक रक्सी नै थियो भनि प्रकाशमा आइसकेको छ । कतैपय समुदायले ‘जातले पाएको’ भन्दै सांस्कृति रुपमा मदिरा सेवन गर्ने आप्नो संस्कार भएकाले पिउने गरेको भन्छन् भने उपल्लो तहका व्यक्तित्व भनाउँदाहरुले रक्सी पिउनु नै सभ्यताको रुपमा मान्ने गरेका छन् । 
हाम्रो जस्तो अविकसित गरिव मुलुकमा मदिराको उत्पादनको वृद्धिदर यहाँको जनसंख्या वृद्धिदरभन्दा पाँचौ गुनाले बढी हुनु हाम्रो दुर्दशा हो । तीन देखि साढे तीन प्रतिशत जनसंख्या वृद्धिदर भएको देशमा १२ देखि १५ प्रतिशतसम्म मदिरा उत्पादनको वृद्धि हुनु भनेको मदिरा सेवन गर्नेको मात्र वृद्धि नभई सेवनकर्ताको सेवन गर्ने परिमाण (डोज) समेत वृद्धि भएको पुष्टि हुन्छ ।

Readmore

by Pawan Paudel · 0

previous home