घुम्ने हैन सिंहदरबार

सन् १९०३ मा राणा प्रधानमन्त्री चन्द्र समशेर ‘फिस्टे महाराजा’ ले आफ्नो निजी प्रयोजनको लागि मात्र बनाएका थिए । जसको निर्माण कार्य १ वर्ष भित्रमै पुरा गरिएको थियो । तत्कालीन अवस्थामा १७ सय वटा भन्दा बढी कोठाहरू थिए । त्यसलाई एसियाकै सबैभन्दा ठुलो दरबारको रूपमा मानिएको थियो । वि.सं २०३० सालमा भिषण आगलागी भएपछि त्यसका धेरै भागहरु नष्ट हुन पुगे । राणाशासनको अन्त्यपछि यसलाई प्रशासनिक कार्यका लागि प्रयोग गरिएको हो ।
मीडिया एनपी डटकम का सम्पादक प्रकाश पौडेल र गोर्खापत्र दैनिकका आत्माराम राजवंशी सिंहदरबारभित्र गएको समयमा खिचिएका तस्विरहरु ।

Readmore

by Prakash Paudel · 3

लौ घुम्नुहोस् भक्तपुर ..........

राजधानीको व्यस्त जीवन अनि ट्राफिक जाम को त्यस्तै समस्या । खाना खान समेत फुर्सत नहुने समय । दिनभरी काम गरेको स्थिल शरीर हप्तामा १ दिन हुने सार्वजनिक बिदा । त्यो बिदाको अमूल्य समय केही नयाँ काम गरेर विताउन इच्छा जो कोहीलाई पनि हुन्छ । नजिकैको गन्तव्य हो भक्तपुर । तिनकुनेबाट २ पाङ्ग्रे साधनबाट ६ लेनको बाटोमा हुइकदा हुने आनन्द ।
 तिनकुनेदेखि सुर्यबिनायकसम्मको ९ किलोमिटरको यात्रा अनि त्यसपछि भक्तपुरका कलात्मक मठ मन्दिरहरु मनै छुने । एक अध्ययनअनुसार नेपालमा भित्रिने पर्यटकमध्धे ४० प्रतिशत पर्यटकहरु त्यहाँ पुगेकै हुन्छन् । मल्लकालमा बनेका भक्तपुर मठमन्दिरहरु हुन् वा चाँगुनारायणको मन्दिर, सुर्य उदाएको हेर्न विश्वको उत्कृष्ठ १० स्थानमध्धे १ मानिने नगरकोट होस या एसियाकै सबैभन्दा अग्लो मानव निर्मीत महादेवको मुर्ति साँगा सँगसँगै हिन्दुहरुको चार धाममध्धेको १ धाम केदारनाथको शिर हेर्न आन्तरिक र वाह्य पर्यटकको घुईचो लाग्ने स्थानमा अघिल्लो शनिवार पुगिएको थियो । क्यामेरामा कैद गरिएका केही दृष्यहरु । 
 
 

 

by Prakash Paudel · 0

६१८ कि.मि पार गर्न ३५ घण्टा

रात्रिबसमा ६१८ कि.मि यात्रा गर्न कति समय खर्चिनुपर्ला ? उत्तर सहज छ यदि ग्रामीण भेगको कच्ची बाटो हो भने सरदर प्रतिघण्टा २५ कि.मि को दरले २५ घण्टा पीच बाटो हो भने प्रतिघण्टा ६० कि. मि को दरले १० देखि ११ घण्टा । तर गत शुक्रवार राजधानीबाट पूर्वका लागि छुटेका यात्रुहरुले भने ३५ घण्टाको यात्रा तय गर्नुपर्यो । कारण थियो पूर्व–पश्चिम राजमार्गको बर्दीबास सडकखण्डमा स्थानीयबासीले गरेको अनिश्चितकालिन बन्द हड्ताल । २०६५ साल पौष १३ गते नेपाल सरकारले ४८ जिल्लाको ५२ स्थानमा आन्तरिक राजस्व कार्यालयको सेवा केन्द्र स्थापना गर्ने भनी निर्णय गरेको थियो तर सो निर्णय हाललाई स्थगन गरिएको विरोधमा स्थानीयबासीले हप्तादिन अगाडी देखि नै आन्दोलनका कार्यक्रमहरु तय गरेका थिए । आन्दोलनको आठौं दिन शुक्रवार दिउँसो प्रदर्शनकारी र प्रहरीबीच निकै बेर झपड भयो, झडपमा प्रहरीले भीड नियन्त्रण गर्न २४ राउण्ड हवाईफायर र १० राउण्ड अश्रु ग्याँस समेत प्रहार गर्‍यो । एउटा घमासान युद्ध जस्तो अवस्था सिर्जना भएको थियो शुक्रवारको दिन बर्दीबास सडक खण्डमा ।
शुक्रवार अधिराज्यभरबाट पूर्वका लागि छुटेका दिवाकालिन र रात्रिकालिन बसहरु र पूर्व काँकडभिट्टादेखि राजविराजसम्मबाट देश विभिन्न स्थानका लागि छुटेका रात्रि र दिवाकालिन यात्रुबाहक बसहरुलाई गन्तव्यमा पुग्न धेरै कठिन थियो । त्यहाँ वरिपरि भएका किराना पसलहरुमा सावुन र सरफ मात्र बाँकी थियो भने होटलहरुमा खाजा र खानाको नाममा केही पनि रहेको थिएन । समय कटाउनको लागि कतिले बाटोमा तास खेलिरहेका थिए भने कति बाघचाल खेल खेलेर समय कटाएका थिए । शुक्रवार बिहानदेखि भएको बन्द शनिवार बेलुका ५ बजेसम्म रहेको थियो । 
‘हामीले कसको के बिगारेका थियौ र यति धेरै सास्ती पाउनुपर्ने हो, बन्दले असर गर्ने भनेको सर्वसाधरणलाई हो, सरकारलाई दबाब दिने निहुँमा बाटो बन्द गर्ने परिपाटी कहिले अन्त्य होला’
– राजधानीबाट आफन्तको घरमा आउँदै गरेकी सिन्धुलीकी प्रतिमा विष्टले आफ्नो दुखेसो पोख्दै थिइन् । स–साना बाल बच्चा बोकेकाहरुको पीडा झन् दर्दनाक थियो । बच्चाहरु भोकले कराईरहेका थिए, पैसा भएर पनि केही किनेर खान पाइएको थिएन । जङ्गलको बिचमा समय कटाउनुपर्ने थियो वरिपरि कतै गाउँ बस्ती थिएन ।
कुनै आधिकारिक तथ्याङ्क नभए पनि सिन्धुलीबाट अपडेट हुने सिन्धुली दर्पणको वेवपेजका अनुसार शनिवार राति यात्रुबाहक बस, र माहबाहक ट्रक गरी लगभग १०० सवारी साधनको सिसा तोड्फोड भएको छ । राजमार्ग सिसाका टुक्रा अनि टायरको बलेको धूलोले भरिएको छ । सीता– अग्नी लगायत अन्य कम्पनीका यात्रुबाहक सवारीसाधनमा न त अगाडीको सिसा नै थियो न पछाडिको न त झ्यालको सिसा नै । यस्तो जाडो मौसममा सिसा नै नभएको गाडीमा यात्रुहरुले कसरी यात्रा गरे होलान् ? सिन्धुलीकि अञ्जु विष्टको दुखेको सही नै हो आखिर के बिगारेका थिए र यी यात्रुहरुले, के को सजायँ भोग्नुपरेको हो उनीहरूलाई यसको उत्तर सायदै कसैले नदेला ।

by Pawan Paudel · 1

सुदुरपश्चिममा ती १५ दिन

२०६८ साल भाद्र २५ गते बिहान ११:३० बजे राजधानीको नयाँ बसपार्क गोगंवूबाट हाम्रो यात्रा सुरु भयो १५ दिनको लागि सुदुरपश्चिमका डडेलधुरा, कैलाली र कञ्चनपुरको यात्रा । सहयात्रीहरु थिए झापा बुधबारेका फडिण्द्र नेपाल, ईलाम पशुपतिनगरकी अनिता सापकोटा र काठमाडौंकी अम्विका विष्ट । धौलागिरी अञ्चलको पर्वत जिल्लामा जन्मेर बाल्यकालको आधा समय त्यही र त्यसपछि मेची अञ्चलको झापा जिल्लामा बढी समय विताएतापनि सुदुरपश्चिम मेरा लागि नयाँ ठाउँ नै थियो । हुनत २०६३ सालमा सुदुरपश्चिमको महेन्द्रनगरसम्म पुगेको थिए तर गाडीबाट गईयो खासै सुदुरपश्चिमलाई बुझ्न पाइएको थिएन । यो मेरा लागि सुदुरपश्चिम घुम्ने ठुलो मौका थियो जसलाई साथ दिएको थियो स्विजरल्याण्डमा रहेको Small Arms Survey नामक संस्थाले ।
काठमाडौँदेखि डडेलधुरा सम्मको लगभग ८०० कि.मि यात्रा तय गर्नु लरतरो कुरा पक्कै होइन । बसले नौविसेकाटेपछि ब्यागमा राखिएको भारतीय उपन्यासकार चेतन भगतको उपन्यास "टु स्टेस" निकालेर पढ्न थाले । यात्रामा पुस्तक पढ्ने बानी धेरैको हुन्छ, यात्रामा उपन्यास पढेर सिद्धाउने लक्ष्य थियो तर नेपालका कुनै पनि सडक काठमाडौँ भक्तपुर जस्तो ६ लेनका छैनन् । काठमाडौँमा गाडी चढेर डेरातर्फ  जाँदा तिनकुने काटेपछि प्लेनमा नै चढेजस्तो हुन्थ्यो पुस्तक पढ्न मात्रै त के केही कुरा पनि मजाले नोटमा लेख्न सकिन्थ्यो तर सवारीसाधन गुढ्ने नेपालका अरू सडक । टाउँको ठोकिन्छ कि भनेर हेलमेट लगाउनुपर्ने स्थिति सिर्जना हुने नेपाली सडकमा कसरी उपन्यास पढ्नु ।
अनि बेलुका ८ बजेतिर हाम्रो गाडी २० मिनेटको लागि खाना खानाको लागि रोकियो । सवारीसाधनमा यात्रा गर्दा बाटोमा खाना खान नसकिने नै हुन्छ तर अपवाद रहेछ यो होटल । मैले सवारीसाधनको यात्रा गरेसम्मकै सबैभन्दा उच्चस्तरको खाना त्यो होटलमा भेटे । हामीलाई खाना टेबुलमा ल्याएर टक्राए एकजना १२ वर्षीय बालकले खाना खाईसकेपछि सहयात्री मित्र फडिन्द्र नेपालले त्यो भाइसँग भलाकुसारी गर्न थाल्नुभयो । बाबु र छोरो दुवैजना त्यही होटलमा काम गर्दा रहेछन् । पहाडी घर भने अर्घाखाँची रहेछ ५ वर्ष भो रे त्यो होटलमा काम गर्न थालेको छोरालाई उनले विद्यालय भर्ना गरेका रहेनछन् । हामीले उनलाई सम्झाउने कोसिस गर्र्यौ तर उनी भन्दै थिए ‘यो साह्रै बदमास छ कुनै गाडीमा चढेर कहिले बुटबल त कहिले नारायणघाट पुग्छ’ मलाई साह्रै दुःख दिएको छ । त्यो १२ वर्षको बालकको काल्पनिय भविष्य मेरो मानसपटलमा चित्रण हुन थाल्यो । बाबुले त्यही होटलमा आफ्नो जिन्दगी व्यक्तित गर्ने त भए छोराको पनि हालत त्यही हुनेछ अरू केही भयो भने गाडी सफा गर्ने खलासी वा कुनै ग्यारेजमा काम गर्नेछ । 
बिहानको ५ बजेको थियो हामी अत्तरिया पुगेका थियौँ हामी चढेको बस त्यहाँबाट महेन्द्रनगरतिर जाने भो तर हामी डडेलधुरा गोगंवू बसपार्क बाट टिकट काट्दा हामीले डडेलधुरासम्मकै टिकट काटेका थियौ त्यसैले अर्को बसमा चढाईदिए उक्त बसका कन्टकटरले हामीलाई । सुदुरपश्चिम यातायात को डिलक्स कोचले हामीलाई अत्तरियादेखि डडेलधुराको स्याउले भन्ने स्थानसम्म पु¥याईदिने भो त्यसपछि कुनै जिप वा माईक्रो चढेर हामी डडेलधुराको सदरमुकामसम्म पुग्नुपर्ने थियो ।
खानडाडाँ भन्ने ठाउँमा बिहानको चियानास्ता गरेर २५ किलोमिटर अगाडि बढेपछि हाम्रो बस रोकियो । अगाडि पहिरो गएको रहेछ । अघिल्लो दिनको राती १० बजे गएको पहिरोले गर्दा बाटो अवरुद्ध भएको रहेछ । पहिरोले गर्दा दर्जनौ सवारीसाधन रोकिएका रहेछन् । त्यहाँ जम्मा भएको जनशक्तिले ३० मिनेट समय खचिर्ने हो भने त्यो पहिरोबाट पुरिएको सडकलाई सफा गर्न सकिन्थ्यो । नजिकै जनसेनाको शिविर पनि रहेछ । तर ८ घण्टा त्यो पहिरोमा रोकिनुपर्ने भो । ब्यागमा बोकेको ड्राईफुडले पेटका मुसा धपाउन हम्मे हम्मे परेको थियो । जङ्गलको बीचमा भएकाले वरिपरि कुनै दोकान थिएन ।
दिउँसो ४ बजे डोटी जिल्लाको बुडर भन्ने ठाउँमा पुगेर नास्ता गरेपछि केही राहत अनुभव भयो । बेलुका ६ बजे सुदुरपश्चिम यातायातले हामीलाई डडेलधुराको स्याउले भन्ने स्थानमा लगेर छाडिदियो । त्यसपछि एउटा पिकअप भ्यानमा चढेर हामी डडेलधुराको सदरमुकामसम्म पुग्यौं ।
बाँकी अर्को पोस्टमा

by Pawan Paudel · 4

गणतन्त्रको दिन काँकडभिट्टा देखि किसनगञ्जसम्म

जेष्ठ १५ गते गणतन्त्र दिवसकै दिन जुर्यो दिन एक दिने झापाको दक्षिणी गाविसको यात्रा गर्ने । राजधानीको खुल्लामञ्चमा गणतन्त्र दिवसको भव्य कार्यक्रम भैरहदा नेपालको पूर्वी सीमाना झापा जिल्ला भने पूर्ण रुपमा ढप्प थियो । दुईवटा संगठनहरुले गरेको बन्दको क्रममा यातायात, बजार शैक्षिक संस्था सबै ठप्प । बजारमा टायर र पार्टीका झण्डाहरु गाडिएका थिए ।
यस्तो समयमा दुई पाङ्ग्रे सवारी साधनमा घुम्न निस्कनु आफैमा चुनौती नै थियो । आफूसँग भएको एमाहाको अल्बा बाईकमा सहयात्री थिए झापाको जनसंसदकर्मी भूमी भण्डारी । काँकडभिट्टादेखि गौरीगञ्जसम्मको ७२ किलोमिटर यात्रा त कालोपत्रे बाटो नै

Readmore

by Pawan Paudel · 0

@ Journey 7 days in Assam {India}

यो पटकको ब्लग पोष्टमा भारतको एउटा राज्यमा बसोबास गर्ने नेपालीहरुको बारेमा नलेखी मनै मानेन ।
त्यसैले त्यहाँ रहेर आप्रवास जीवन विताईरहेका नेपालीहरुप्रति सम्मान गर्दै कखरा लेख्ने जमर्को गर्दैैछु । झापाको जनसंसद्कर्मी भूमी भण्डारी, मेचीनगर अनलाईका समाचार सम्पादक प्रकाश पौडेल, कोहेड भिजन मासिकका सम्पादक टुरुप संग्रौला र म लगायत चार जना गत साता भारतको आसामतर्फ हानियौं । हाम्रा लागि त्यो विल्कुलै नौलो र नयाँ ठाँउ थियो । त्यहाँको बारेमा सुनेका त थियौं तर नजिकबाट नियाल्ने मौका पाएका थिएनौं । त्यसैले पनि यो यात्रा हाम्रा लागि महत्वको विषय बन्न पुग्यो । अन्य मुलुकहरुमा जस्तै भारतमा आप्रवासी जीवन विताईरहेका नेपालीहरु भेट्न हामी निकै आतुर थियौं । तर हामीलाई आसाम पुग्न जति हतार थियो सायद त्यो ट्रेनलाई थिएन होला त्यसैले उ आफ्नै सुरमा मन्द मन्द गतिमा अगाडि हुँईकिरहेको थियो । शुक्रबार राती अर्थात शनिबारको विहान ४ बजे हाम्रो पहिलो गन्तब्य बरपेटा रोडमा पुगियो । रातभरको ट्रेनको यात्राले हाम्रो शरिर पूर्ण रुपमा शिथिल भईसकेको थियो तर हामीलाई थाकेको महशुस हुन सकिरहेको थिएन ।  बरेपेटा रोडमा रहेका चिया पसलमा चियाको चुस्कीमा रम्दै हामीले दुई घण्टा त्यही बिताई दियौं । त्यसपछि भेन (सानो सवारी साधान) रिजर्भ गरी हामी बरपेटा रोडको नेपालीबस्ती तर्फ हानियौं । झण्डै बरपेडा रोडबाट २० किलोमिटर दूरी पार गरेपछि बेगी नदी पुगियो । त्यहाँबाट गाडि अगाडि बढ्न सकेन । नदीमा बनाईएको पुल बर्खायामको भेलले भत्काईदिएको रहेछ ।

Readmore

by Pawan Paudel · 0

वन्यजन्तुको हैन, स्थानीयवासिको संरक्षण गर्दैछ कोशीटापु ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको १७१ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको कोशि टापु बन्यजन्तु आरक्षण केन्द्र ।  जसलाई नेपालकै सवैभन्दा ठूलो रमसार आरक्षण भनेरपनि चिनिने गरिन्छ । विश्वमै लोपोन्मुख अवस्थामा रहेको अर्ना र डल्फिन यसको मुख्य आकर्षण हो । २००९ सालमा गरिएको गणना अनुसार २१९ अर्ना, डल्फिन माछा ११ र लोपोन्मुख चरा सिमचित्रा ३७ वटा रहेको पाइएको थियो । तर हालसालैको अध्ययनमा अर्ना २१६ र डल्फिन ६ मात्र छन् ।

Readmore

by Pawan Paudel · 0

मुस्ताङमा बिताएका सात दिन

पर्यटन वर्ष २०११ को पूर्वसन्ध्यामा मुस्ताङ जाने सुवर्ण अवसर प्राप्त भयो । यस्तो अवसर त संधै कहाँ पाईन्छ र त्यसैले आफ्ना ६ जना साथिहरुको सँग मुताङको लागि यात्रा सुरु गरियो कात्तिक ७ गते विर्तामोडको टेकबहादुर बसपार्कदेखि । मन निकै प्रभुल्ल भएको थियो हिमाल पारीको जिल्ला पुगिने भईयो । त्यहाँको रहनसहन र रीतिरिवाजको बारेमा राम्रोसँग बुभ्mन पाईने भो भनेर ।
मुस्ताङ जाने धेरै बाटोहरु छन् । तीमध्धे हाम्रो बाटो भयो झापाको विर्तामोड बसपार्कदेखि पर्वतको मालढुँगासम्म्को बसको यात्रा । त्यसपछि अर्को गाडीमा म्याग्दीको सदरमुकाम बेनी सम्मको यात्रा र त्यसपछि महिन्द्रा कम्पनीको जीपमा म्याग्दी र मुस्ताङको सीमाना घाँसा हुँदै जोमसोमसम्म्को यात्रा ।   यदि तपाई हवाई मार्गबाट जान चाहानुहुन्छ भने

Readmore

by Pawan Paudel · 1

previous home