होटलमा यौनजन्य क्रियाकलाप गर्दा कसको किन टाउको दुखेको ?

बिहान बिहान स्थानीय पत्रिका प्रतिदिन दैनिकको प्रथम पृष्ठमा आएको समाचारले केही लेख्न बाध्य बनायो । ईटहरीको खबर हो यो ‘अधिकांश होटलमा यौनजन्य क्रियाकलाप’ मैले आफूले पो नबुझेको हो कि अथवा मेरो बुझाई अरूको भन्दा नितान्त बेग्लै पो भएको हो कि यो समाचार मात्रै होइन विभिन्न राष्ट्रिय दैनिकहरुमा पनि यति जोडी यो होटलबाट रंगेहात पक्राउ, होटलमा यौन क्रियाकलाप गर्दा गर्दै समातिए लगायत विविध शीर्षकमा धेरै नै समाचार आउने गर्दछन् ।
नेपालको कानुनले आधारभूत आवश्यकतामा अहिले यौनलाई पनि समावेश गरिसकेको छ । कानुनमा कहिपनि महिला र पुरुषको स्वीकृतीमा यौनजन्य क्रियाकलाप गर्नुलाई दण्ड वा सजाय तोकेको छैन । यस्तो अवस्थामा किन प्रहरीहरुले होटल वा रेष्टुराँबाट प्रेमी प्रेमीकाका जोडीहरुलाई पक्रिन्छन् । यदि यौनजन्य क्रियाकलाप सार्वजनिक स्थलमा गरियो भने समाजमा विकृती फैलिन्छन् भनेर पक्राउ गर्ने आफ्नै ठाउँमा छ तर यसरी एउटा बन्द कोठाभित्र रहेका जोडीलाई किन र के कारणले पक्रिन्छ ?
मानौ कुनै जोडीलाई प्रहरीले पक्रेर लग्यो प्रहरीबाट छुटकरा पाएपछि उक्त जोडीले ती प्रहरीमाथि आफ्नो आधारभूत आवश्यकता खोसिएको जिकिर गर्दै उजुरी हालेमा त्यसको सुनुवाइ कसले गर्ने । यसको बारेमा कुनै कानुन बनेको छ कि छैन ? त्यो अवस्थामा उनीहरूले पत्रकार सम्मेलन गरेर मिडियालाई खबर गरेपछि सञ्चारमाध्यमहरुले त्यो समाचारलाई कस्तो स्थान दिने ।
देशमा बलात्कार, महिलामाथि अनेक हिंसा घट्नुमा यौन चाहानालाई गुम्साएर राख्नु नै प्रमुख कारण मान्दछौं । यदि यौनलाई खुला छाडिदिनेहो भने यस्ता घटनाहरू स्वतः निमूल हुन जान्छन् भन्ने कुरामा धेरै यौनविश्लेषकहरुको धारण रहेको छ । तर प्रहरीले गरेको यस्तो कार्यबाट कतै बलात्कार जस्ता घट्ना बढेका त होइनन् । एकचोटी सोचौं त ?

by Pawan Paudel · 5

कस्तो छ त नेपाली दैनिक पत्रिकाहरुको अनलाईन संस्करण ?

केही दिन अगाडी नेपाल प्रेस काउन्सिले प्रकाशित गरेको वार्षिक प्रतिवेदन २०६७ हात लाग्यो । १५० पृष्ठ लामो सो प्रतिवेदनबाट भित्र लुकेर रहेका धेरै कुरा उजागार गर्ने मौका मिल्यो । २०६२/६३ को दोस्रो जनआन्दोलनपछि नेपालमा अरु केही विकास नभए पनि सञ्चार जगतमा धेरै नै विकास भएको कुरा बेलाबेलामा सुन्दै आएको थिए । तर प्रत्यक्ष कस्तो छ त नेपालमा सञ्चारको अवस्था भन्ने बारेमा आफैमा अनविज्ञ थिए । २०६७ सालको अन्त्य सम्ममा नेपाल अधिराज्यभरबाट ४६५ वटा दैनिक पत्रिकाहरु दर्ता भएको अभिलेख नेपाल प्रेस काउन्सिल सँग छ तर तीमध्धे अढाई दर्जन जति पत्रिकाले मात्र आफ्नो अनलाईन संस्करण सुरु गरेका छन् तर के ति सबै अद्यावधिक छन् त के छ तिनीहरुको अवस्था एउटा खोजमुलक रिपोर्ट ।

Readmore

by Pawan Paudel · 4

आखिर मदिरा नै हो ! किन नहोस् त यस्तो

मदिरा जसले पनि जहाँ पनि किनेर पिउन मिल्ने विश्वभरीमा एकमात्र देश सम्भवत नेपाल मात्र हुनसक्छ । अनियन्त्रित मदिरा विक्रि वितरण उत्पादन र सेवनको प्रकोप नेपालको तल्लो वा मध्ययम वर्गमा मात्र सिमित नभई यसबाट ठालूहरुको संस्कारमा समेत नराम्रो प्रभाव परेको छ । हरेक राजनैतिक तथा कुटनितिक क्षेत्रको भोजभतेर तथा पार्टीको मुख्य आकर्षकको रुपमा पनि मदिरालाई लिने गरिन्छ । 
हुनत् १९ जेष्ठ २०५८ को शाही संम्हारको मुख्य कारक रक्सी नै थियो भनि प्रकाशमा आइसकेको छ । कतैपय समुदायले ‘जातले पाएको’ भन्दै सांस्कृति रुपमा मदिरा सेवन गर्ने आप्नो संस्कार भएकाले पिउने गरेको भन्छन् भने उपल्लो तहका व्यक्तित्व भनाउँदाहरुले रक्सी पिउनु नै सभ्यताको रुपमा मान्ने गरेका छन् । 
हाम्रो जस्तो अविकसित गरिव मुलुकमा मदिराको उत्पादनको वृद्धिदर यहाँको जनसंख्या वृद्धिदरभन्दा पाँचौ गुनाले बढी हुनु हाम्रो दुर्दशा हो । तीन देखि साढे तीन प्रतिशत जनसंख्या वृद्धिदर भएको देशमा १२ देखि १५ प्रतिशतसम्म मदिरा उत्पादनको वृद्धि हुनु भनेको मदिरा सेवन गर्नेको मात्र वृद्धि नभई सेवनकर्ताको सेवन गर्ने परिमाण (डोज) समेत वृद्धि भएको पुष्टि हुन्छ ।

Readmore

by Pawan Paudel · 0

उद्गार एउटा सुन्नै पर्ने आधुनिक गिती सँगालो


                                
@
टेकेन्द्र पौडेल, हाल कतार

देशमा विद्यमान रहेको विषम् आर्थिक, राजनीतिक परिस्थितीका कारण विदेशिनुको बाध्यता सबै वर्ग, क्षेत्र, पेशाकर्मी व्यवसायीहरुमा रहेको विश्वमै चर्चित कथित जनआन्दोलन हुँदाताकाको अवस्थालाई अहिले यहाँ व्याख्या गरेर साध्य छैन शिक्षक, विद्यार्थी, पत्रकार, व्यापारी, व्यवसायी, कलाकार सबै लाई , आफ्नो मातृभूमी अनि परिवारलाई छोडी विदेसिँदा पोलेको छातीको पिडा, सबैसँग विछोडिँदा भक्कानिएको मुटु लिई दुरदेशमा बस्नु निश्चय नै दुःखदायी हुन्छ जे भन, जसो गर, जतासुकै लैजाऊ मलाई यो मन मेरो नेपाली हो भने झैं विदेशको बनावटी कृतिम वस्तुहरु कदापि यि पिडाका मल्हम बन्न सक्दैनन् हामिलाई तिनै चरचरी फुटेका हातले भुटेको मकै, डल्लि गाईको मोही गुन्द्रुकमा जति आत्मीयता हुन्छ पिज्जा वर्गरहरुमा हुँदैन

सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल, ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल भन्ने भनाइलाई चरितार्थ गर्दै प्रतिभा प्रस्फुटन हुन, श्रष्टा जन्मन कुनै विषेश ठाउँ चाहिन्न जस्तोसुकै समस्याको वावजुदपनि त्यो जन्मन्छ विदेशको व्यस्त जीवनशैली, विल्कुलै अनौठो नौलो वातावरणमा पनि प्रष्फुटित भएको नवोदित गीतकार धर्मेन्द्र खड्काको आधुनिक गीती सँग्रह उद्गार हालसालै बजारमा आएको उदगारका गीतहरु साँच्चै नै मन छुने, सुनिरहाँैं लाग्ने खालका छन् विगतमा वटा गिती संग्रह प्रकाशित गरिसक्नुभएका खड्काले स्कूले जीवनदेखि नै गीत, कथा, कविता, गजल मुक्तकहरु लेख्दै आउनु भएको हो उद्गारका सर्जक खड्कासँगको भेटमा खड्काले उद्गार भन्ने कतारबाटै जन्मिएको बताउनु भयो

विदेशको बसाईमा भोग्नु परेका पिडा हुन वा आफ्नी पे्रयसीलाई सन्देश दिनुपरेका हुन् वा आफ्नो गीतहरुमा खड्काले शिल्पी कलम चलाएका छन् भने स्वर संगीतको माधुर्य संयोजनले उद्गारलाई उत्कृष्ट, सुमधुर सुन्दर बनाएको पाइन्छ नेपालका ख्यातिप्राप्त कलाकारहरु सत्यराज आचार्य, स्वरुपराज आचार्य, रामकृष्ण ढकाल, जगदीश समाल, दीपक लिम्बु, इन्दिरा जोशी, गोकुल खड्काले उद्गारका मीठा शब्दहरुमा आफ्नो सुमधुर स्वर दिनुभएको भने संगीतकारहरुले अत्यन्तै सुमधुर संगीत दिएको पाइन्छ गीतहरु सरल मीठा शब्दभावमा कोरीएक छन् हाल अडियो सिडिमा सर्वत्र पाईँदै आएका उद्गारका केही गीतहरुको भिडियो समेत बनाउन लागेको सो को छायाँकन कतार नेपालका केही भागहरुमा हुने खड्काले बताउनु भयो उनका एल्बममा संग्रहित गीतहरु http://udgaralbum.blogspot.com/ मा सुन्न सकिन्छ

विगत सातवर्षदेखि कतारमा कार्यररत खड्का झापा जिल्ला, मेचीनगर , खयरडाँगी निवासी हुनुहुन्छ अनेकाँै पिडा, सास्ति व्यस्तताको वावजुद पनि आफ्नो उद्गार नेपाली सांगीतिक आकाशमा उदाउन पाएकोमा खड्का धेरै प्रशन्न आशावादी पनि देखिनुहुन्छ् उद्गार मेचीनगर कै उत्पादनभएकोले यसमा रहेका गीतहरु सुनी सुनाई खड्कालाई आगामी दिनमा पनि यस्तै कर्णप्रिय गीतहरु सिर्जना गर्न प्रेरणा दिनलाई सम्पूर्ण संगीतप्रेमी महानुभावहरुलाई अनुरोध साथै उहाँकोे उद्गारले नेपाली सांगितिक जगत्मा ठूलो सफलता हात पार्न सकोस् भन्ने कामना सफलताको अग्रिम शुभेच्छा समेत व्यक्त  गर्दछु ।



by Pawan Paudel · 0

रुद्राक्ष एक फाइदा अनेक

हिन्दूहरूको धार्मिक आस्थाका रूपमा रहेको रुद्राक्ष अलौकिक शक्ति प्रदान गर्नुका साथै आर्युवेदिक औंषधिमा पनि उत्तिकै महत्वका साथ प्रयोग गर्ने गरिन्छ ।
पूजापाठको अवसरमा रुद्राक्षको माला धारण गर्ने, जपतप गर्न र ग्रहगौचर शान्ति गराउन रुद्राक्षधारण गर्छन् । तर, आयुर्वेदमा औषधिका रूपमा पनि यसको प्रयोग हुने गरेको विषयमा अधिकांश मानिसहरू अनभिज्ञ छन् ।

Readmore

by Pawan Paudel · 1

लोकतन्त्रको उपहार जनताले के पाए

नेपालीमा एउटा लोकपि्रय उखान छ जुन जोगी आए पनि कानै चिरेका अहिलेको राजनीतिक अवस्था त्यस्तै भएको छ ।

२०६२÷६३ को जनान्दोलनपछि नेपाली जनताले ठूलो आशा बोकेका थिए । नयाँ दल नेकपा माओवादीको आगमनपछि देशमा केही परिवर्तन आउँछ भनेर । केही नयाँपनको आभाष गर्ने उद्देश्यले माओवादीलाई संविधानसभाको ठूलो दल बनाए । तर आशा र भरोसा बमोजिमको काम भने भएन ।
देश संक्रमणकालीन अवस्थामा छ । नयाँ नेपालको संविधान जारी हुन अब केही दिनमात्र बाँकी छ ।

Readmore

by Pawan Paudel · 0

previous home