राजधानीमा खोला बढ्न वर्षायाम नै पर्खनुपर्दैन

उपत्यकामा बग्ने धोवीखोला ।
केही दिन अगाडी नै विश्व पानी दिवस मनाईयो । राजधानीमा पानीको सतह घट्दै गएको र निकट भविष्यमा नै पानीको हाहाकार सिर्जना हुने कुरा सञ्चारमाध्यममा आइरहेको बेला यो पोस्टको शीर्षक हेर्दा वाहियात जस्तो पनि लाग्न सक्छ तर यो वास्तविकता हो ।
साधारणतया वर्षा यामको समयमा हामीले खोलानालामा पानीको बहाब बढेको देख्दछौं बाढी आउने जस्ता अन्य प्राकृतिक विकृतिहरुपनि वर्षायामकै समयमा हुने गर्दछन् । तर यो राजधानीका केही नदीहरुमा पनि लागू नहुन सक्छ । यहाँका नदीहरुमा पानीको बहाव बढ्नको लागि वर्षायाम नै कुर्नु पर्दैन । काठमाडौँ उपत्यका वरपर बग्ने, बाग्मति, विष्णुमति, हनुमन्ते, मनोहरा, टुकुचा, धोविखोला लगायतका अन्य विभिन्न खोला तथा नदीहरुमा बिहानको समयमा पानीको बहाब बढ्छ दिउँसो क्रमस घट्दै जान्छ शनिवारको दिन त बाढी नै आएजस्तो देखिन्छ ।

Readmore

by Pawan Paudel · 1

रातारात परिवर्तन गरियो पोस्टर...........

अघिल्लो दिनसम्म टाँसिएका अश्लिल पोस्टहरु बिहानै उठ्दा लुगा लगाइएको दृष्य देख्दा राजधानीबासीहरु अचम्ममा परे । सेक्स थ्रिलर भनेर चर्चामा रहेको नेपाली फिल्म चपली हाइटले फिल्म रिलिज हुनुभन्दा अघिल्लो रात सबै पोस्टहरुमा लुगा लगाईदियो । जसबाट राजधानीबासी छक्क मात्र परेनन्, एउटा ठट्टा गर्ने ठाउँसमेत खुल्यो ।
फिल्म हिट बनाउन हदसम्मकै अश्लिल फोटो सेसन गरी बिज्ञापन गरिएपछि बाटोमा हिड्नसमेत अप्ठ्यारो परिरहेको थियो । हेर्नुहोस् तस्विरमा 

यसरी अश्लिल पोस्टरका कारण सडक दुर्घटनाको जोखिम भएको भन्दै ट्राफिक प्रहरीले समेत सार्वजनिक स्थलबाट पोस्टर र होडिङबोड हटाउन निर्देशन दियो । त्यसपछि निर्माणपक्षले पोस्टरका तस्विरलाई कम्प्युटर प्रविधीबाट लुगा लगाईदिई पुन प्रचार गरे । सो फिल्मकी नायिका विनिता बरालले आफ्ना अर्धनग्न तस्विरहरुलाई निर्माता निर्देशकले इच्छा विपरित प्रचारमा ल्याएको आरोप लगाएकि छिन् । कान्तिपुर टेलिभिजनको रजतपट कार्यक्रममा उनले आफुले उक्त तस्विर खिच्दा भित्री वस्त्रहरु लगाएको दावि गरेकि छिन् । आफू पुरै नग्न नभइ अर्धनग्न रहेको उनले प्रष्ट पारेकी थिइन् । 

Readmore

by Pawan Paudel · 2

राजधानीको पहिलो होली अनुभव ।

होली त धेरै अगाडी देखि नै खेलिएको हो तर यो सालको होलि अरूभन्दा पृथक् भयो । पानीको हाहाकार भएको सहरको रूपमा चिनिएको नेपाल राजधानी काठमाडौँमा खेलिएको होलिको अनुभव धेरै नै पृथक् रहन गयो । विभिन्न रंगहरुको चाड भनेर चिनिने फागु पूर्णिमामा रङ दलेर होइन कि फोहोर पानीका लोला हानेर मनाईयो । 
अब काठमाडौँलाई पानीको हाहाकार भएको सहरको रूपमा नलिए हुन्छ । होली आउँनुभन्दा केही दिन अगाडीदेखि नै पानीका लोला बाटोमा देखिदै आएका थिए । अरू वर्षहरुको तुलनामा यो पटकको होलिमा धेरै लोला प्रयोग नभएको भनिएतापनि लोला हान्नको लागि प्रयोग भएका पलास्टिकका खोलहरु सडक, गल्लि, घरका आँगन, छत जहाँतहिँ भेटिन्थे ।
मानिसहरूले आफ्नो नित्यकर्म गर्नको लागि पनि काठमाडौँमा पानीको अभाव रहेको गुनासो गर्दथे । तर होलीको दिन प्रयोग भएको पानी कहाँबाट आयो । होलि खेलिसकेपछि नुहाउन र लुगाधुनका लागि पानी कहाँबाट आयो होलिको दिन भनेर कुनै जादुमय तरिकाकाले पानी बर्षर्ने पनि त हैन । विभिन्न रंगहरुको चाड भनेर चिनिने होलिमा मानिसहरू रङ्ग हैन फोहोर पानीको लोला र अनुहार विभिन्न आकृती देखिने गरी पेन्ट गरेर हिड्न थालेका छन् । 
संधै ट्राफिक जाम हुने राजधानीका सडकहरुमा होलीको दिन सवारी आवागमन निकै पातलो थियो । नेपाली प्रहरीले दिउँसै मापसे जाँच गर्ने उर्दी जारी गरेर दुई पाङ्ग्रे सवारीमा साधनमा लिएर होलि खेल्न हिड्नको सङ्ख्या पनि घटेको थियो । घरको छतबाट लोला हान्नेलाई प्रहरीले चेतावनी दिँदै हिँडेको थियो । अघिल्ला वर्षहरुमा भन्दा धेरै सौहार्दपूर्ण वातावरण सम्पन्न भएको होलि भनेर भनिएतापनि योपालीको होलीले राजधानीमा दुई जनाको ज्यान लियो
अनामनगरबाट सुरु भएको होली घट्टेकुलो,  गौशाला, रातोपुल, मैतीदेवी, पुतलीसडक, प्रदर्शनी मार्ग, सुन्धरा, न्यूरोड, जमल, ठमेल पुगियो । लोला त कति खाइयो खाइयो, घरको छतबाट पानीका फोहोराले शरिर पुरै नै भिज्यो  । एक दुई जना साथिहरुको टाउकोमा अण्डापनि फुट्यो । यस्तै यस्तै रमाइलो गर्दै अर्कोवर्षसम्मको लागि होलिबाट बिदा मागियो । 

Readmore

by Pawan Paudel · 0

आधुनिकताको नाममा भित्रिएको अश्लिलता

प्रकाश पौडेल
आधुनिकताको नाममा नेपाली समाज अश्लिलतातर्फ उन्मुख हुँदैछ । आपूmहरुलाई आधुनिकता कहलाउन भित्र्याइएको पश्चिमी संस्कृतिले गर्दा नेपाली समाजमा विकृति फैलिएको छ । कुनै समयमा नेपाली समाज एकदमै सभ्य मानिन्थ्यो । महिलाहरुले कुकुच्चा समेत छोप्ने गरी लुगा लगाउथे अरे । यदि कसैले नलगाएमा उसलाई नखरमाउली भन्ने गरिन्थ्यो । अनि कोही पुरुषहरुसँग नजिकिएर लामो समयसम्म बोल्यो भने त्यो समाजमा अपाच्य हुन्थ्यो । त्यसबेला समाज अलिक अशिक्षित पनि थियो, अबिकसित पनि । तर त्यो अवस्थामा समाज सभ्य नै मानिन्थ्यो । जब शिक्षाको ज्योति घरघरमा पुग्यो , विकासका लहरहरुले गाउँ बस्ती ढाक्यो अनि मानिसको सोचमा पनि क्रमिक रुपमा परिवर्तन हुँदै गयो तर आधुनिक बन्नका लागि विदेशी संस्कृतिको शिको गर्दा समाज नै अश्लिल बन्न पुग्यो ।

Readmore

by Pawan Paudel · 0

डरलाग्दो बेरोजगारको अवस्था

 यो लेख कान्तिपुर दैनिकमा पनि प्रकाशित भएको छ । यहाँबाट हेर्न सक्नुहुन्छ ।
यही मंसिर २६ गतेको कान्तिपुर दैनिक पढेपछि दुई चार शव्द लेख्न मन लाग्यो । उक्त पत्रिकाको प्रथम पृष्ठमा शीला पाण्डेको समाचार छ । ११९ दरवन्दीमा २३ हजारको आवेदन । त्यस्तै गरी पृष्ठ १३ मा राजेन्द्र नाथको समाचार छ । २ सय दरवन्दीमा ८ हजारको दरखास्त ।
यी दुवै समाचार फरक फरक स्थान र फरक फरक किसिमको जागिरको लागि परेका आवेदनहरु लाई लिएर लेखिएका हुन् । प्रथम पृष्ठमा भएको समाचार भनेको नेपाल वायु सेवा निगममा खुलेको ४ वटा पद (वरिष्ठ सहायक, वरिष्ठ लेखा सहायक, लेखा अधिकृत र प्रशासन अधिकृत) मा ११९ वटा रिक्त दरवन्दीका लागि परेका आवेदनको बारेमा केन्द्रित छ । त्यस्तै गरी पृष्ठ १३ मा नेपालगञ्जबाट प्रेसित समाचारमा भनिएको छ । २ सय जना प्रहरी जवानको रिक्त पदका लागि ८ हजारको निवेदन परेको हो ।
अव यी दुईवटा समाचारलाई गहिरी रुपमा विश्लेषण गर्ने हो भने वायु सेवा निगममा आवेदन दिन आवेदकले स्नातक तह उत्तीर्ण गर्नुपर्दछ । त्यहाँ आवेदन दिने आवेदकहरु स्नातक देखि पीएचडी उत्तीर्ण गरेका समेत छन् । ११९ मा २३००० अथवा प्रति १०० जनामा शुन्य दशमलव पाँच एक जनाले मात्र जागिर पाउने सम्भावना छ । त्यस्तै नेपालगञ्जमा प्रहरी जवानका लागि खुलेको आवेदन भर्नको लागि आवेदकले कक्षा ८ उत्तीर्ण गरेको हुनुपदर्छ । त्यहाँ दिएका आवेदकहरुमध्धे स्नातक उत्तीर्ण गरेका १४ युवा पनि छन् । यी १४ लाई छाडेर अरुलाई हेर्नेहो भने अशिक्षित बेरोजगार भन्दा खासै फरक नपर्ला । २०० मा ८००० अथवा प्रति सय जनामा २ दशमलव ५ जनाले जागिर पाउने सम्भावना छ ।
यी दुईवटा आँकडालाई हेर्दा यो कुरा थाहा हुन्छ कि नेपालमा शैक्षिक बेरोजगारको अवस्था निकै नाजुक छ । प्रति दस हजार जनामा ५१ जनाले मात्र जागिर पाउनेछन् भने नौ हजार नौ सय ४९ जना जागिर पाउनबाट बञ्चित हुनेछन् । देशमा शैक्षिक बेरोजगारको संख्या बढ्नु भनेको देशको लागि निकै चुनौतीको कुरा हो । राष्ट्रले शैक्षिक बेरोजगारको समस्या समाधान गर्न नसक्दा आफ्नो श्रम र पसिना विदेशी भूमिमा न्यून पारिश्रमिकमा खर्चन नेपालीहरु बाध्य भएका छन् । उत्पादनसिल र उर्जाशिल दक्ष जनशक्तिको अभावमा देश कसरी अगाडी बढ्छ ? अशिक्षित बेरोजगार भन्दा शिक्षित बेरोजगारको संख्या निकै माथि हुनु भनेको राम्रो संकेत होइन् । मनोविश्लेषकहरुका अनुसार यस्तो अवस्थाले गर्दा डिप्रेसन जस्ता मानसिक रोगबाट ग्रसित हुनेको संख्या क्रमस रुपमा बढ्दै जान्छ । फलस्वरुप आत्महत्याको संख्या बढ्छ । हाम्रो छिमेकी मुलक भारतको कुरा गर्ने हो भने प्रत्येक ९० मिनेटमा एकजना विद्यार्थीले आत्महत्या गर्दछन् । यो अवस्था नेपालमा पनि नआउला भन्न सकिदैन ।
११९ दरवन्दीमा २३ हजारको आवेदनपत्रिका जस्ताको तस्तै पढ्न यहाँ ।
२ सय दरवन्दीमा ८ हजारको दरखास्त । पत्रिका  पढ्न यहाँ ।

by Pawan Paudel · 0

के जागिर खाने हो ? तलब ३० हजार माथि (SLC उत्तीर्ण )

आजको यो ब्लग पोस्टमा राजधानी लगायत देशका विभिन्न स्थानमा ई–कर्मसका नाममा खुलेका विशुद्ध व्यापारिक संस्थाहरुबाट ठगिएका व्यक्तिहरुको पीडा खोतल्न खोज्दैछु ।
व्यक्तिहरू ठगिने प्रक्रिया राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिकबाट नै सुरु हुन्छ । विभिन्न दैनिक पत्रिकामा प्रत्येक दिन प्रकाशित हुने बर्गीकृत विज्ञापनको चाहियो भन्ने शीर्षकमा हेर्ने हो भने मासिक रु ६००० देखि ३५०००।– सम्म ग्यारेन्टी कमाउन सकिने भन्ने विज्ञापन देख्न पाइन्छ । यहीबाट सुरु हुन्छ ठगिने प्रक्रिया । हेनुहोस् तस्विरमा

Readmore

by Pawan Paudel · 5

घरमा छोरी बढेकी छे ।

आजको यो ब्लग पोस्टमा देशका विभिन्न स्थानबाट राजधानीमा आएर बस्नेहरुले भोगेकोे पीडा खोतल्न खोज्दैछु ।
राजधानीका धेरै समस्यामध्धे बस्नको लागी कोठा वा फ्ल्याट खोज्ने समस्यालाई ठुलो समस्याको रूपमा लिईदै आएको छ । अरू जिल्लाका मानिसले भन्दा पनि मैले विशेष समस्या भोगको छु । त्यसका कारणहरुमा पहिला आफू झापाली हुनु हो । काठमाडौँका स्थायी बासिन्दाहरुमा झापालीहरु धेरै धुर्त हुन्छन् भन्ने छाप परेको छ । दोस्रो कारण भनेको अविवाहित हुनु हो ।  
फ्ल्याट खोज्ने क्रममा भक्तपुरको लोकन्थलीमा पुग्दा एकजना घरबेटीले त सिँधै मेरो घरमा छोरी बढेकी छे तिमीहरुजस्ता केटाहरुलाई कोठा दिँदिन पो भन्दिए ।
झापालीहरुको बढी बसोबास रहेको घट्टेकुलो, अनामनगर र मैतीदेवीमा फ्ल्याट खोज्न जाँदाको क्षण पृथक् छ । मैतीदेवी मन्दिरको पछाडि रहेको शैलुनका मालिकले कोठा वा फ्ल्याट खोजिदिने एजेन्टको रूपमा काम गर्दा रहेछन् । त्यस क्षेत्रमा उनीमात्र होइन लगभग ८ देखि १० जना मानिसहरू यसरी एजेन्ट रूपमा काम गर्ने गरेको पाइयो । एक हिसाबले उनीहरूले गरेको कार्य निकै स्रहानिय थियो तर उनहरुले लिने कमिसन (एउटा फ्ल्याटबाट ४ देखि ५ हजार) विशुद्ध पढ्नको लागि मात्रै काठमाडौँ आएकाहरुले तिर्न मुस्किल पर्छ ।

Readmore

by Pawan Paudel · 3

मेरो साथीको चिठी.......................

दिनेश कार्की ।
आहा ! मेरो साथीले पत्र पठाएछन् । मनमा निकै कौतुहलता मच्चायो, पत्रले । विद्युतीय सञ्चारमाध्य भनेपछि म निकै त्रेजी थिए सायद त्यही भएर होला झण्डै आधार रात ल्यापटममै बितेको पत्तै पाईनछु । रातभरीको अनिदो भएर होला निन्द्रादेवीले घर गरिरहेकी थिईन् । उनीबाट छुटकारा पाउन आफ्नो ओछ्यानमा पल्टिरहेको थिएँ । एक्कासि मलाई एउटा पत्र आएको कुरा सहकर्मीले सुनाए । एकछिन त म अलमल्ल परे ! हैन कसले पत्र पठाएछ भनेर । पत्र हातमा लिएर निकै समय घोत्लिए, को होला पत्र प्रेषक भनेर । पत्र न त बन्द खाम भित्र थियो न त त्यसमा कुनै पिन नै प्रयोग गरिएको थियो, मात्र एउटा पाना पट्याइएको । सुरुमा त विस्वासै लागेन । लागोस पनि कसरी जबकी हरेक दिन म मेरा मित्र तथा आफन्तीहरुसँग मोबाइल र इन्टरनेटको सहयोगमा सबैकुराहरु आदानप्रदान गरिहकेको हुन्थे । त्यसैले म पत्र खोल्नु भन्दा पनि तीन छक्क परेर एकोहोरो टोलाईरहे । निकै समयपछि आफ्नो कौतुहलतालाई थप थेग्न सकिन । अन्ततः पत्र खोलेर छोडेर । त्यो पत्र अरू कोही नभएर केही घण्टा अगाडि मोबाइलमा कुरा भएको मेरै एकजना सहकर्मीको रहेछ । सहकर्मीको पत्र हातमा पर्दा ममा झन् कौतुहलता जाग्यो । किन पत्र लेख्न उनले आवश्यक ठाने त ? जबकी उनको र मेरो कुरा मोबाइल तथा इन्टरनेट मार्फत भइरहेको थियो । उनी मलाई मोबाइल मार्फत वा इन्टरनेट मार्फत खबर पठाउन पनि सक्थे ।

Readmore

by Pawan Paudel · 0

पत्रकार साथीको चिठी आएपछि ।

केही दिन अघि झापाका एकजना स्थापित पत्रकारले फोन गरेका थिए । एउटा सानो कामको गरिदिनुपर्यो भनेर काम खासै ठुलो हैन । २ घण्टा खर्चिनुपर्ने थियो मैले राजधानीको यो ट्राफिक जाम भएको ठाउँमा उक्त काम फत्ते पार्नको लागि ।
झापाबाट एकजना भाइ काठमाडौँ आएका थिए आज उनको साथमा एउटा चिठी पनि आएको रहेछ । एउटा सादा कागजमा कालो अक्षरले कोरिएका केही शब्दहरू थिए । त्यो चिठी पढ्दा धेरै अगाडीका पलहरु याद आयो । आधुनिक सञ्चारका सुविधाहरुको प्रयोगबाट निकै टाढा रहेको समयमा मित्रताको लागि पत्रमित्रता गर्ने गरिन्थ्यो उहीले  यो चिठी पनि त्यसकै एक नमुना जस्तै थियो ।
मनमा सोचले डेरा जमाउन थाल्यो । समाजलाई सही बाटोमा डोहोराउने पत्रकार जस्तो पेसामा भएका मान्छेले पनि आधुनिक सूचनाको प्रयोगमा यस्तो आनाकानी गरेपछि नेपालका दुर्गम गाउँमा आधुनिक सञ्चारको अवस्था के होला ? 

Readmore

by Pawan Paudel · 0

रत्नपार्कमा बदामको नाममा खुलेआम यौनव्यवसाय

प्रकाश पौडेल
रत्नपार्क राजधानी काठमाडौंको त्यस्तो ठाउँ हो जहाँ हजारौ व्यक्तिको आवातजावत हुन्छ खुल्ला ठाउँ अनि राजधानीकै केन्द्रविन्दु भएको कारण सबै मानिसको जम्काभेट अनि व्यापारिक थलो बनेको छ । ठूला व्यापारिदेखि लिएर फुटपाथ व्यापारमा कुनै शुन्यता छैन । आफ्नो व्यापार बढाउन अनेक बुद्धि खियाएर बढीभन्दा बढी नाफा कमाउन खप्पिस छन् त्यहाँका ब्यापारी । सडकपेटीमा मात्र होइन आकाशे पुलमा समेत फुटपाथ व्यापारका कारण खुल्ला ठाउँमा आवातजावत गर्न झन् अप्ठ्यारो भईरहेको छ । त्यहाँ अनेक प्रकारका व्यापार हुने गर्दछन् । मात्र सय रुपैयामा ३ जोर मोजा पनि त्यही पाइन्छ भने एक जोर मोजाको एक हजार रुपैया पनि रत्नपार्क आसपासकै ठाउँमा पर्ने गर्छ ।
साँघुरा सडक अनि अव्यवस्थित बसोबासरका कारण दिक्क बनेका काठमाडौंबासीका लागि मन शान्त पार्ने थलो पनि रत्नपार्क नै हो । उच्च ओहोदामा रहेका व्यक्तिदेखि लिएर सर्वसाधारण व्यक्ति सबैको शितलता महशुस गर्ने थलो पनि त्यही हो । प्रेम गर्ने पारखीका लागि डेटिङ स्पटको उपयुक्त ठाउँ पनि त्यसैलाई लिने गरिन्छ ।
जब पार्कलाई पनि छुट्याइएको ठाउँमध्धे मुख्य भागमा पुगिन्छ त्यहाँ भने एउटा छुट्टै व्यवसाय भेटिन्छ । जसलाई धेरैले बदाम व्यवसाय भनेर नामाकरण गरेका छन् । १५÷१६ वर्षका किशोरीदेखि लिएर विवाह भएका महिलाहरुसम्म यो व्यवसायमा लागी परेका छन् ।
यो पेशामा लाग्ने सबैको हातमा नाङ्लो अनि त्यहाँमाथि बदाम मकै लगायतका परिकार हुन्छन् । नयाँ मानिस देख्दावित्तिकै उनिहरुको छेउमा गई आफ्नो वास्तविक व्यवसाय यौन व्यवसाय हो । तपाईको के छ विचार भन्न पछि पर्दैनन् । जसबाट त्यहाँ पुग्ने सर्वसाधारण हैरान बनेका छन् ।
राजधानीको केन्द्रविन्दु रत्नपार्कको त्यो अवस्थालाई देख्दा साह्रै नरमाइलो लाग्छ । सो पेशाका कारण शितलका महशुस गर्न त्यहाँ पुग्ने प्रत्येक युवक तथा अन्य सर्वसाधारणलाई दिक्क लगाएको छ । बदाम बेच्ने बहानामा त्यहाँ यौन धन्दाको मोलतोल हुने गरेको प्रहरी प्रशासनलाई थाहा नभएको भने होइन तर नियन्त्रण गर्न सकिरहेको छैन ।  विभिन्न व्यापारको बहानाभित्र यौन व्यवसायको मोलतोल हुने गरेको कारण प्रहरी प्रशानलाई पनि नियन्त्रण गर्न गाह्रो भएको हो ।
पढ्ने लेख्ने उमेरमा यसरी यौन व्यवसायमा लाग्नु उनिहरुको रहर पनि होइन । सो व्यवसायमा लागेकाहरु आफ्नो जीविका पार्जनको लागि यस्तो कार्यमा अग्रसर भएको बताउँदै आएका छन् तर जिविकापार्जनका लागि अन्य धेरै उपायहरु पनि त छन् नि काठमाडौं शहरमा उनिहरुले लागि सजिलै पैसा कमाउने माध्यम बनाएका छन् सो पेशालाई ।
समाजबाट अपहेलित भएपछि आफ्नो जीविकापार्जनका लागि केही न केही पेशा त अंगाल्नै पर्यो नि जव कुनै असल नारीलाई समाजले दुव्यवहार गर्छ उसलाई नानाथरीका आरोप र प्रत्यारोप लगाई बेइज्जत गरिन्छ, त्यो अवस्थामा उनिहरुलाई कति दुःख लाग्छ होला ? ओराली लागेको मृगलाई सबैले खेदेजस्तै उनिहरुले पनि अन्तिम विकल्पका रुपमा सो पेशा अंगालेका हुन् । त्यसकारण जवसम्म नेपाली समाजले नारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदैन तवसम्म बदाम लगायत अन्य व्यवसायका नाममा रत्नपार्कमा मात्र होइन देशका अन्य क्षेत्रमा यौन व्यवसायले उन्मुक्ति पाउन सक्तैन ।
हाल काठमाडौं ।

by Pawan Paudel · 1

राजधानीका सडकमा रु ८ को यात्रा

शीर्षकहेर्दा नै अचम्म लाग्छ होला । अहिलेको यो महङ्गीमा राजधानीमा रु ८ को यात्रा कस्तो होला ? काठमाडौं नबस्नेहरुको लागि यो नितान्त नौलो हुन सक्छ तर काठमाडौंमा बस्नेहरुको लागि भने यो कुनै नयाँ कुरो भने पक्कै होईन् । सुरु सुरुमा राजधानी आउनेहरु कलंकीमा नै ट्याक्सी ड्राईभरबाट ठगिन पुग्छन् । झापाको काँकडभिट्टादेखि राजधानी काठमाडौँसम्मको ६१८ कि.मि यात्रा (पृथ्वी राजमार्ग बस व्यवस्थापन समिति, हेटौडांमा राखिएको नक्शाअनुसार) को बसभाडा भन्दा पनि कलंकीदेखि राजधानीका कुनै ठाउँ लगभग १० देखि २० किलोमिटर सम्म यात्रा गर्दा तिरेको भाडा बढी भएको उदाहरण धेरै छन् । आफैँ पनि त्यसको सिकार भईएको थियो कुनैं समयमा ।
 अब भूमिका नबाँधि सिधै विषयवस्तुतर्फ लागौं । यो व्यस्त सहर काठमाडौंमा प्राय तीन थरीका यात्रुहरु पाईन्छन् । पहिलो भनेको निजी सवारीसाधन हुनेहरु (२ पाङ्ग्रेदेखि ४ पाङ्ग्रेसम्म) उनिहरुलाई यो सार्वजनिक सवारी साधनको भाडासँग कुनै मतलब हुँदैन । दोस्रो भनेको काठमाडौँका सडकमा रु ८ तिरेर सार्वजनिक सवारीमा यात्रा गर्नेृहरु । हुनत् यो सुविधा विद्यार्थी वर्गलाईमात्र दिइएको हो । विद्यार्थीको कुनै पनि उमेरको बन्देज हुँदैन त्यसैले कक्षा ४–५ मा विद्यालय पढ्नेदेखि लिएर ५० देखि माथिका विद्यावारिधि गर्नेहरुपनि त्यही विद्यार्थीको वर्गमा समेटिने गरेका
(नेपालको पूर्वीद्धारा काँकडभिट्टाबाट प्रकाशित हुने जनसंसद दैनिकको भाद्र ३ गते शनिवारको अंकमा प्रकाशित गरेको लेख । पत्रिकाको पुरा रूप पढ्नलाई यही ईमेजमा क्लिक गर्नुहोला । ठुलो साईजमा अर्को ट्यावमा आफैँ खुल्नेछ । )
छन् । कुनै पनि सवारीसाधनमा लगभग ७० देखि ८० प्रतिशत यिनै रु ८ भाडा दिनेहरु नै हुन्छन् । बाँकी रहेका २० देखि ३० प्रतिशत भनेका अक्कल झुक्कल सवारी साधानको यात्रा गर्ने सर्वसाधारण । चाहे कुनै अफिसमा काम गर्नेहरु हुन् वा कुनै व्यापारी वा कुनै गृहणी । दैनिक सवारी साधनको यात्रा गर्नेहरुको साथमा विद्यार्थी परिचय पत्र हुन्छ नै चाहे तिनीहरु विद्यार्थी हुन् वा नहुन् । अब यहाँ प्रश्न उठ्न सक्छ यदि तिनीहरु विद्यार्थी नै होइनन् भने उनिहरुसँग विद्यार्थीको परिचय–पत्र कसरी आयो त ?
सरकारी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका नाममा खुलेका राजनीतिक दलका भातृसंस्थाहरुले विद्यार्थीलाई आफ्नो पकडमा ल्याउनका लागि उनिहरुका लागि नक्कली परिचय पत्र बनाउने काममा अग्रसर हुन्छन् । राजधानीका सरकारी कलेजमा स्ववियूको हालिमुहाली नै चल्ने गरेको छ । कुनै पनि परिक्षाहलमा परीक्षा चलिरहँदा स्ववियूका सदस्यहरुले निरीक्षकलाई नै हप्काउने र आफ्नो इच्छाअनुसार उनिहरुलाई निष्काशन गर्नसमेत पछि परेका छैनन् । हुन्त यी सबै कुरा मुलधारमा मिडियामा नआएका पनि हुनसक्छन् तर वास्तविकता भने यही नै हो ।
देशका विभिन्न भागबाट उच्च शिक्षा हाँसिल गर्न राजधानी आएका विद्यार्थीहरुको लागि दिइएको यो सुविधा निकै नै प्रशंसनिय छ तर यो सुविधाको दुरुपयोग गर्नेहरुले गर्दा सबैभन्दा बढी मर्कामा परेका छन् सवारीसाधन धनिहरु यसतर्फ कस्को आँखा पर्ला ?

by Pawan Paudel · 4

previous home