सन् १९०३ मा राणा प्रधानमन्त्री चन्द्र समशेर ‘फिस्टे महाराजा’ ले आफ्नो निजी प्रयोजनको लागि मात्र बनाएका थिए । जसको निर्माण कार्य १ वर्ष भित्रमै पुरा गरिएको थियो । तत्कालीन अवस्थामा १७ सय वटा भन्दा बढी कोठाहरू थिए । त्यसलाई एसियाकै सबैभन्दा ठुलो दरबारको रूपमा मानिएको थियो । वि.सं २०३० सालमा भिषण आगलागी भएपछि त्यसका धेरै भागहरु नष्ट हुन पुगे । राणाशासनको अन्त्यपछि यसलाई प्रशासनिक कार्यका लागि प्रयोग गरिएको हो ।
मीडिया एनपी डटकम का सम्पादक प्रकाश पौडेल र गोर्खापत्र दैनिकका आत्माराम राजवंशी सिंहदरबारभित्र गएको समयमा खिचिएका तस्विरहरु ।
मीडिया एनपी डटकम का सम्पादक प्रकाश पौडेल र गोर्खापत्र दैनिकका आत्माराम राजवंशी सिंहदरबारभित्र गएको समयमा खिचिएका तस्विरहरु ।
by Prakash Paudel · 3
राजधानीको व्यस्त जीवन अनि ट्राफिक जाम को त्यस्तै समस्या । खाना खान समेत फुर्सत नहुने समय । दिनभरी काम गरेको स्थिल शरीर हप्तामा १ दिन हुने सार्वजनिक बिदा । त्यो बिदाको अमूल्य समय केही नयाँ काम गरेर विताउन इच्छा जो कोहीलाई पनि हुन्छ । नजिकैको गन्तव्य हो भक्तपुर । तिनकुनेबाट २ पाङ्ग्रे साधनबाट ६ लेनको बाटोमा हुइकदा हुने आनन्द ।


तिनकुनेदेखि सुर्यबिनायकसम्मको ९ किलोमिटरको यात्रा अनि त्यसपछि भक्तपुरका कलात्मक मठ मन्दिरहरु मनै छुने । एक अध्ययनअनुसार नेपालमा भित्रिने पर्यटकमध्धे ४० प्रतिशत पर्यटकहरु त्यहाँ पुगेकै हुन्छन् । मल्लकालमा बनेका भक्तपुर मठमन्दिरहरु हुन् वा चाँगुनारायणको मन्दिर, सुर्य उदाएको हेर्न विश्वको उत्कृष्ठ १० स्थानमध्धे १ मानिने नगरकोट होस या एसियाकै सबैभन्दा अग्लो मानव निर्मीत महादेवको मुर्ति साँगा सँगसँगै हिन्दुहरुको चार धाममध्धेको १ धाम केदारनाथको शिर हेर्न आन्तरिक र वाह्य पर्यटकको घुईचो लाग्ने स्थानमा अघिल्लो शनिवार पुगिएको थियो । क्यामेरामा कैद गरिएका केही दृष्यहरु ।


by Prakash Paudel · 0
देव्रे तस्बिर डडेलधुरा जिल्लाको असिग्राम गाविसमा लिइएको हो । हुक्का तानिरहेका एक वृद्ध देखिपछि क्यामेराको लेन्स त्यतै सोझियो । दाहिने तस्बिर भनेको ताप्लेजुङ जिल्लाको सिंहापुरको होटलको बाहिरपट्टि राखिएको बोर्डको हो । निकै मर्मस्पसी लाग्यो यो तस्बिर ।
आहा क्या मिठो ऐसुलु ।
आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |
विभिन्न वेन्डबाजाहरुले हाम्रो मौलिक संस्कृति बोकेका पञ्चेबाजाहरु लोप हुने स्थितिमा पुगेका छन् । ताप्लेजुङ जिल्लाको नमिडाँडा गाविसमा स्थानियबासिको विवाहमा देखिएको बाजाको झलक ।
बजारमा इलेक्ट्रिक सामानको पहुँच भएपछि माटाको सामानहरू लोप हुने अवस्थामा पुगेको छ । कुमालहरुको पेसा सङ्कटमा पर्न थालेको छ । तिहार नजिकिँदै जाँदा झापाको दक्षिणी गाविसमा माटाका भाडाँ बनाउँदै गरेका एक कुमाल ।
झम्केफुली नाकैमा बुलाकी....................... इलामको एक गाविसमा भेटिएकी लिम्बु जातिकी महिला जसले आफ्नो पुरानो परम्परा बचाएर राखेकी छन् ।
by Pawan Paudel · 0
सुदुरपश्चिममाको १५ दिने बसाइमा क्यामेरा कैद गरिएका केही दृश्यहरु यहाँ राख्दैछु । नेपालका ५ विकासक्षेत्रहरुमध्धे विकास, शिक्षा र अरू विविध कारणले पछाडि परेको सुदुरपश्चिमाञ्चलका झलकहरुमा भौगोलिक कारणले पछाडि परेका केही दृश्यहरु छन् ।
यो तस्बिर देख्दा सहरमा भएका मुण्डा (रड, सिमेन्ट, बालुवा र गिटीको मिश्रणबाट छत ढलाई गरिएको ) घर को याद आयो । सहरभन्दा बेग्लै यस घरमा दलिन (शहरी क्षेत्रमा रड, सिमेन्ट, बालुवा र गिटीको मिश्रणबाट बनाएको विमजस्तै काठ प्रयोग गरि बनाइएको बिम) माथि स–साना दाउरा राखेर त्यसभन्दा माथि बाक्लो प्लास्टिकमाथि बालुवा मिश्रण भएको माटो राखेर बनाइएको घर ।
यो तस्बिर देख्दा सहरमा भएका मुण्डा (रड, सिमेन्ट, बालुवा र गिटीको मिश्रणबाट छत ढलाई गरिएको ) घर को याद आयो । सहरभन्दा बेग्लै यस घरमा दलिन (शहरी क्षेत्रमा रड, सिमेन्ट, बालुवा र गिटीको मिश्रणबाट बनाएको विमजस्तै काठ प्रयोग गरि बनाइएको बिम) माथि स–साना दाउरा राखेर त्यसभन्दा माथि बाक्लो प्लास्टिकमाथि बालुवा मिश्रण भएको माटो राखेर बनाइएको घर ।
उक्त तस्बिर एउटा सल्लेरी बन लिइएको हो । सल्लाबाट खोटो निकाल्ने प्रविधि
हो यो । एउटा सल्लाको बोटमा अधिक्तम ३ वटा सम्म सोली प्रयोग गरिएको भेटियो
खोटो निकाल्नको लागि तर एउटा सल्लाको बोटमा १ वर्षमा कति लिटर खोटो उत्पादन
गर्न सक्छ भन्ने प्रश्नको उत्तर भने पाउन सकिएन् ।
पहाडी क्षेत्रका यातायातका साधनहरु :
घोडा
र गघाको बच्चा खच्चडहरु पहाडी क्षेत्रमा सामान ओसारपसार गर्ने एकमात्र
साधनहरु हुन् । दिभरीको यात्रापछि बेलुका दाना खाँदै खच्चडहरु । उनिहरुलाई
दानाको रूपमा चना, मकै दिइने गरिन्छ ।
जोगबुढा गाविसको वडा नं. ४ मा भेटिएकी एक अधबैशे महिला । उनले घाँटीमा लगाएको मालालाई मेरो क्यामेराले कैद गर्न २ सेकेण्ड भन्दा बढी समय खर्चिनु परेन । घाँटीमा एक प्रकारको नाम्लो जस्तो आकारको माला उनले सुदरपश्चिमाञ्चलमा हुने गौरा पर्वमा किनेकी हुन् ।
त्यस्तै अर्को तस्बिरलाई पनि क्यामेराले कैद गर्न भ्याएछ । प्रशान्त बोहरा
बताउने उक्त बालक स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् उनका बाबु
घरमिस्त्री हुन् प्राथमिक भन्दा माथिको शिक्षा आर्जन गर्न उनले दैनिक ३
घण्टाको पैदल यात्रा तय गर्नुपर्ने हुन्छ तर भौगोलिक विकटताले गर्दा उनले
प्राथमिक शिक्षाभन्दा माथिको शिक्षा हाँसिल गर्न सक्नेछैनन् । यो तस्बिर
नियालेर हेर्दा माईक्रोसफ्टमा काम गर्ने जोन उडले लेखेको Living Microsoft To Change the World जसको नेपाली अनुवाद माईक्रोसफ्ट देखि
बाहुनडाँडासम्मको याद झलझली मनमा आइरहन्छ ।
पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा जन्मेको गाउँमा भेटिएकी एक महिला । यस तस्बिरले गरिबीले निम्ताएको पीडाको झझल्को दिन्छ । लुंगी (पहाडी क्षेत्रमा महिलाले तल्लो भागमा लगाउने लुगा) को साटो प्लास्टिक बेरेकी छन् यो उनको रहन नभएर बाध्यता हो । स्थानीय लवजमा उनले बोलेको भाषा आफूले भने बुझ्न सकिएन ।
by Pawan Paudel · 0
कस्तो लार्पावाहिता !!!!!
तपाई आफै विचार गर्नुस् त कुनै पनि कार्यालयको स्थापना भएको त्यही कार्यालय नै थाहा छैन । यस्तो पनि हुन्छ र सुन्दा अचम्म लाग्न सक्छ । तर म आफै आश्चर्यमा परे जब म काम विशेषले गर्दा २०६७ साल भाद्र महिनाको पहिलो हप्ता झापा जिल्लाको सदरमुकाम चन्द्रगढीमा भएको जिल्ला प्रहरी कार्यालय पुगेको थिए । कार्यालय प्रवेश गर्नुअगाडी मेरा नजर त्यही कार्यालयको बोर्डमा पर्यो । आश्चर्य के भने नि त्यस कार्यालयको अगाडी राखिएको बोर्डमा नै सो कार्यालयको स्थापना कहिले भएको हो सो लेखिएको छैन । स्थापना २०.... कति साल हो २०...? भनेको हामीले के बुझ्ने यसबाट । त्यसपछि त्यसको बारेमा बुझ्न मन लाग्यो र कार्यालयका प्रमुख रविन्द्र
by Pawan Paudel · 0
कस्तो सुन्दर झरना
नेपाललाई राम्रोसँग बुभ्mने अवसर प्राप्त भो । यसरी नेपालमा भएका प्राकृतिक दृष्यले गर्दा पर्यटकको गन्तव्य स्थलको प्राथमिकतामा नेपाल पर्दछ । धवलागिरीमा रहेको अन्नपूर्ण क्षेत्रमा प्रवेश गर्न कुनै पनि पर्यटकले २००० अमेरिकी डलर दिनुपर्दछ भने माथिल्लो मुस्ताङमा प्रवेश गर्न ५ सय अमेरिकी डलर तर त्यो पैसा कहाँ सदुपयोग भएको छ । तपाई बाटो हेर्नुभयो भने कहाली लाग्दो छ । र त्यहाँ भएका होटलहरुले नेपालीहरुलाई भन्दा विदेशीलाई जुनसुकै कुरा पनि दोव्वरमा बेच्ने गर्दछन् । त्यसको आदी रकम सरकाले भ्याट लिने हो र त्यो पैसा त्यही नै लगानी गर्ने हो भने त्यो ठाउँ निकै विकसित हुने थियो । तपाई आफै अनुमान गर्नुहोस् न झण्डै झण्डै वर्षमा १०,००० को हाराहारीमा पर्यटकहरु त्यस क्षेत्रमा प्रवेश गर्छन् त्यसबापत सरकारलाई २०,००,००० अमेरिकी डलर प्राप्त हुन्छ । त्यो एउटा सानो कुरा मात्र हो यस्ता कति ठाउँ छन् ।
by Pawan Paudel · 2
यात्रुको विजोग
by Pawan Paudel · 0
Subscribe to:
Posts (Atom)



















