इन्टरनेटको दुनियामा प्रभुत्व जमाउन सफल भएको गुगलदेखि अघिल्लो बुधबारदेखि संसारभरी एउटा तहल्का नै मच्चाएको छ । त्यो हो उसको नयाँ प्रोजेक्ट ‘गुगल प्रोजेक्ट ग्लास’ बुधबार यु ट्युवमा राखिएको भिडियो र गुगल प्लसमा भएको पेजमा राखिएको जानकारीको आधारमा विश्वका धेरै अखबारका पाना भरिए । नेपाल पनि कहाँ अछुतो हुन्थ्यो र बिहीबार द् काठमाण्डौं पोस्टमा यसको बारेमा एउटा सानो समाचारले पनि स्थान लियो ।
by Pawan Paudel · 4
अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट स्नातकोत्तर सकेपछि आफ्नो गाउँमा आएर गाउँकै सेवा गर्ने नेपालीहरुमा सायद औलामा गन्न सकिन्छ होला । तिनै औलामा गन्नेहरुमध्धे महावीर पुन एक हुन् । जसले आम मानिसहरुलेभन्दा पृथक् काम गरे त्यसैको फल थियो सन् २००७ सालमा एसियाको नोवल पुरस्कार भनेर चिनिने म्यागसेसे अवार्ड ।
कुनै पनि सञ्चारको साधन नभएको म्याग्दीको दुर्गम गाउँबाट नागीबाट सुरु भएको नेपाल वायरलेस प्रोजेक्ट अहिले नेपालका १३ जिल्लाको १२५ गाविसमा पुगेको छ । छिट्टै नै ३ जिल्लाका २५ वटा गाविसमा वायरलेस इन्टरनेट प्रविधि जोड्नको लागि महाविर नयाँ कायको थालनी गरेका छन् । त्यो हो हिमाञ्चल माध्यमिक विद्यालय र नेपाल वायरलेस प्रोजेक्टको नामबाट पर्यटकीय स्थल ठमेल रेष्टुरेन्ट खोल्ने । रेष्टुरेन्ट खोल्नको लागि अहिले तत्काल १५ लाख रुपैयाँ उनलाई आवश्यकता परेको छ । त्यो रेष्टुरेन्टबाट हुने लाभाशं नेपाल वायरलेस नेटवर्क प्रोजेक्ट सञ्चालन गर्नको लागि खर्च हुनेछ । उनले आफ्नो फेसबुकमा लेखेका छन् । मार्च ४ मा फेसबुकमा राखेको उक्त नोटमा उनले लेखेका छन् यदि तपाईहरुकोही यसमा इच्छुक हुनुहुन्छ भने आफूले सक्ने रकम दिएर यसलाई सफल बनाऔं तपाईँले गरेको लगानीको वार्षिक १० प्रतिशत ब्याज हामीले दिनेछौं । उनलाई इमेलमा सम्पर्क गर्नका लागि mahabir@nepalwireless.net मेल पढाउनुपर्दछ भने मोबाइलमा सम्पर्क गर्नको लागि +977-9841592361 मा कल गर्नुपर्दछ ।
मार्च १० गते उनले राखेको अपडेटमा भनेका छन् । फेसबुकबाट मैले धेरै राम्रा र सकारात्मक प्रतिक्रियाहरु पाएको छ । रेष्टुरेन्ट १२ लाख ५० हजारमा किन्ने निर्णय भएको छ । त्यसको लागि मार्च ११ मा म काठमाडौँ आउँदै छु । अरू विस्तृत दोस्रो चित्रबाट थाहा हुनेछ ।
by Pawan Paudel · 0
आजको यो ब्लग पोस्टमा राजधानी लगायत देशका विभिन्न स्थानमा ई–कर्मसका नाममा खुलेका विशुद्ध व्यापारिक संस्थाहरुबाट ठगिएका व्यक्तिहरुको पीडा खोतल्न खोज्दैछु ।
व्यक्तिहरू ठगिने प्रक्रिया राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिकबाट नै सुरु हुन्छ । विभिन्न दैनिक पत्रिकामा प्रत्येक दिन प्रकाशित हुने बर्गीकृत विज्ञापनको चाहियो भन्ने शीर्षकमा हेर्ने हो भने मासिक रु ६००० देखि ३५०००।– सम्म ग्यारेन्टी कमाउन सकिने भन्ने विज्ञापन देख्न पाइन्छ । यहीबाट सुरु हुन्छ ठगिने प्रक्रिया । हेनुहोस् तस्विरमा
व्यक्तिहरू ठगिने प्रक्रिया राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिकबाट नै सुरु हुन्छ । विभिन्न दैनिक पत्रिकामा प्रत्येक दिन प्रकाशित हुने बर्गीकृत विज्ञापनको चाहियो भन्ने शीर्षकमा हेर्ने हो भने मासिक रु ६००० देखि ३५०००।– सम्म ग्यारेन्टी कमाउन सकिने भन्ने विज्ञापन देख्न पाइन्छ । यहीबाट सुरु हुन्छ ठगिने प्रक्रिया । हेनुहोस् तस्विरमा
by Pawan Paudel · 5
इन्टरनेटमा साधारण ज्ञान भएकाहरुले पनि अहिले ब्लग बनाउन थालेका छन् । एक हिसाबले ब्लग बनाउने फेसन जस्तै भएको छ तर त्यसलाई निरन्तरता भने एकदमै कमले दिएको पाइन्छ । फेसबुक, याहु, जीमेल, स्काईपीमा अनलाइनमा बस्दा साथीहरूले मेरो पनि ब्लग हेर्दे न भनेर लिंक पठाइरहन्छन् तर उनीहरूको ब्लगमा कपि पेस्ट कन्टेन्ट मात्र हुन्छ दुई चार दिन कसैको लहैलहैमा लागेर ब्लग बनाउँछन् अनि फेरी त्यसमा के मन पर्दैन अर्को बनाउँछन् । यस्ता मित्रहरुको क्रियाकलाप देख्दा लाग्छ कि ब्लग भनेको दिनदिनै मानिसले फेर्ने लुगा हो ।
केही दिन अगाडीदेखि दुईचार जना साथीहरूले ब्लगमा पोस्ट गर्ने कसरी तस्बिर कसरी राख्ने भन्ने कुरा सोधिरहनुभएको थियो जसले ब्लग चलाईरहनुभएको छ उहाँहरुको लागि त यो भनेको SLC दिने विद्यार्थीलाई 2+2 जोड्दा कति हुन्छ भनेर सोध्नु जस्तै हो तर नयाँ मित्रहरुको लागि यो पनि धेरै नै जानकारी हुन सक्छ ।
पहिलो कुरा त ब्लग बनाउन त्यति धेरै टेक्निकल ज्ञान आवश्यक पर्दैन । पहिलो कुरा तपाईँसँग जीमेल खाता हुन जरुरी छ ।
केही दिन अगाडीदेखि दुईचार जना साथीहरूले ब्लगमा पोस्ट गर्ने कसरी तस्बिर कसरी राख्ने भन्ने कुरा सोधिरहनुभएको थियो जसले ब्लग चलाईरहनुभएको छ उहाँहरुको लागि त यो भनेको SLC दिने विद्यार्थीलाई 2+2 जोड्दा कति हुन्छ भनेर सोध्नु जस्तै हो तर नयाँ मित्रहरुको लागि यो पनि धेरै नै जानकारी हुन सक्छ ।
पहिलो कुरा त ब्लग बनाउन त्यति धेरै टेक्निकल ज्ञान आवश्यक पर्दैन । पहिलो कुरा तपाईँसँग जीमेल खाता हुन जरुरी छ ।

ब्लगको सुरुवात गर्नको लागि आफ्नो ब्राउजरको एड्रेसबारमा www.blogger.com टाइप गर्नुहोस् । त्यसपछि पहिलो चित्रजस्तै स्क्रिन तपाईँको कम्प्युटरमा खुल्नेछ । त्यहाँ रहेको Get Started मा क्लिक गर्नुहोस् । त्यसपछि दोस्रो चित्रजस्तै स्क्रिन कम्प्युटरमा खुल्नेछ । त्यहाँ आफ्नो ब्लगको नाम दिनुहोस् । नेपालीमा राख्ने भए युनिकोडमा राख्नुहोला । त्यसपछि ब्लगको Url दिनुहोस् । Url भनेको इन्टरनेटको ब्राउजरमा के टाइप गर्दा तपाईँको ब्लग खुल्ने भन्ने कुरा हो । आफूले चाहेको Url पाउन मुस्किल पनि हुन सक्छ । किनभने एउटै नामको Url दुईवटा हुँदैन । क्याप्चा टाइप गरेर Continue मा क्लिक गरेपछि तेस्रो तस्बिरजस्तै स्क्रिन खुल्नेछ । त्यहाँ अहिले कुनै एउटा टेम्प्लेट रोज्नुहोस् । त्यसपछि चोथौं चित्रजस्तै स्क्रिन देख्नुहुन्छ । त्यसमा Start Blogging मा क्लिक गरेपछि तपाईँले ब्लगको सुरुवात गर्नुभयो ।
सकभर ब्लगमा कपि पेस्ट कन्टेन्ट राख्दै नराख्नुहोस् । कतै राम्रो कुरा भेट्नुभयो र ब्लगमा राख्न चाहानुहुन्छ भने ब्याकलिंक राख्न कहिल्यै पनि नभुलनुहोला । बरु महिनामा एउटा पोस्ट राख्नुहोस् तर गुगल वा विङ गरेर भेटिएका खुराकहरु जस्ताको जस्तै नराख्नुहोला ।
पाँचौ चित्रमा देखाएजस्तै कम्प्युटर स्क्रिन आएपछि माथि रहेको Title मा आफ्नो ब्लगको शीर्षक राख्नुहोला । यदि तपाईँले नेपालीमा ब्लगमा लेख्नुहुन्छ भने प्रिती, कान्तिपुर जस्ता हामीले अफिस प्याकेजमा चलाउने फन्टहरु इन्टरनेटले सपोर्ट गर्दैन् हामीले युनिकोडमा कन्भर्ट गर्नुपर्ने हुन्छ । नेपाली फन्टलाई युनिकोडमा लैजाने धेरै साईटहरु छन् मैले आफूले भने यो प्रयोग गरिरहेको छु तपाईहरुले पनि प्रयोग गर्दा हुन्छ । त्यसपछि नेपालीमा भएका कुराहरूको शुद्धशुद्धी सच्चाउनको लागि यो साइट सहयोगी बन्न सक्छ ।
तपाईहरुले ब्लग चलाउँदा त्यसको टुलबार मेनुको जानकारी हुनै पर्छ । टुलबारको चित्र तल राखिएको छ ।
यो टुलबारको सुरुमा Undo र Redo हो । त्यसपछिको F ले ब्लगमा प्रयोग गरिने फन्ट देखाउँछ । नेपाली युनिकोडमा लेख्नेहरुलाई यसको खासै आवश्यकता पर्दैन । आफूलाई मन लागेको फन्ट रोज्न सकिन्छ अङ्ग्रेजीमा लेख्दा । त्यसपछिको TT भनेको फन्टको साईज हो प्राय त्यसलाई Normal राख्नुहोला । बिचमा कुनै Sub-Heading राख्नुपर्यो भने फन्टको साईज ठुलो बनाउन सकिन्छ । नत्र Normal ठिक हुन्छ । त्यसपछिका B,I,U भनेको Bold, Italic and Underline. त्यसपछिको A को मुनि कालो लाइन देख्नुहुन्छ त्यो भनेको टेक्सको अक्षरको कलर हो । कुन कलरमा अक्षर राख्ने भनेर भन्नुभन्दा पनि प्राय कालो नै राम्रो देखिन्छ तर टेम्लेटको कलर अनुसार अक्षरको कलर सुहाँउदा राख्दा पनि हुन्छ । त्यसपछि पेन्सिलको आईकन देखिन्छ यो भनेको लाइन कलर हो यसलाई सेतो नै राख्दा राम्रो देखिन्छं । यदि यसलाई कालो र फन्ट कलर सेतो राख्यौं भने यस्तो देखिन्छ । त्यसैले पेन्सिलको आईकनमा सेतो नै राख्नुहोला । त्यसपछि तपाईँले निलो अक्षरको Link देख्नुहुन्छ । यसको अर्थ तपाईँले कुनै कुरा कहीबाट साभार गर्नुभएको छ भने त्यसको ब्याकलिंक राख्ने हो । त्यसमा क्लिक गर्दा कहाँबाट साभार गरिएको त्यसको साइट Open हुन्छ ।
अब त्यसपछि Icon भनेको गर्दा तस्बिर राख्ने हो । आईकनमा क्लिक गर्दा नयाँ Window Open हुन्छ । तपाईँले आफ्नो कम्प्युटरबाट वा अरूको साइटबाट त्यहाँ तस्बिर राख्न सक्नुहुन्छ । त्यसपछिको चित्र भनेको भिडियोको हो तर हामीले Blogger.com बाट Video Upload गर्दैनौं । कुनै भिडियो मन पर्यो भने सिधै Youtube बाट अपलोड गर्दछौं ।
त्यसपछि चित्र याद गर्नुहोला यसलाई Jump Break भनिन्छ । यसको अर्थ तपाईँले आफ्नो लेखको कति भाग पहिलो पृष्ठमा देखाउन चाहानुहुन्छ त्यो ठाउँमा माउसको कर्सर राख्नुहोस् अनि माथिको Jump Break मा क्लिक गर्नुहोस् ।
त्यसको पछि रहेको आईकन भनेको Left, Right, Center and Justify Alignment प्राय पोस्टहरु Justify गर्दा राम्रो हुन्छ ।
अब आफ्नो पोस्ट पब्लिस गर्नुभन्दा अगाडी Preview गर्नुहोस् । अनि Publish गर्नुहोस् । यसरी तपाईँ ब्लग सुरु गर्न सक्नुहुन्छ ।
त्यसपछि चित्र याद गर्नुहोला यसलाई Jump Break भनिन्छ । यसको अर्थ तपाईँले आफ्नो लेखको कति भाग पहिलो पृष्ठमा देखाउन चाहानुहुन्छ त्यो ठाउँमा माउसको कर्सर राख्नुहोस् अनि माथिको Jump Break मा क्लिक गर्नुहोस् ।
त्यसको पछि रहेको आईकन भनेको Left, Right, Center and Justify Alignment प्राय पोस्टहरु Justify गर्दा राम्रो हुन्छ ।
अब आफ्नो पोस्ट पब्लिस गर्नुभन्दा अगाडी Preview गर्नुहोस् । अनि Publish गर्नुहोस् । यसरी तपाईँ ब्लग सुरु गर्न सक्नुहुन्छ ।
Happy Blogging NO Copy Paste :)
by Pawan Paudel · 2
अनलाईन मिडिया र सामाजिक सञ्जाल भर्सेस परम्परागत मिडिया विश्वमै अहिले चलिरहेको ताजा बहसले गर्दा यो दुई चार शव्द कोर्न मन लागेको छ । सञ्चारको इतिहास त्यति पुरानो छ जति पुरानो मान्छेको सभ्यताको इतिहास छ । ई.पू. ३५००० बर्ष अघिदेखि मानिस बोल्न थाल्यो भने लगभग ६ देखि ७ हजार वर्ष अघिदेखि लेख्न सुरु भयो । चीनपछि कोरिया हुँदा जर्मनीमा काष्ठ–फल मुद्रणका साथै मेशिन वा यान्त्तिक मुद्रण १४५० बाट सुरु भएको इतिहासका पानाहरुमा भेटिन्छ । त्यसबाटै सञ्चारको सुरुवात भएको हो ।
सन् १९७० को दशकदेखि सुरु भएको इन्टरनेट प्रविधीले गर्दा विश्व सञ्चारमा नयाँ सस्कृतिको उदय भयो जसलाई सूचना प्रविधीको क्रान्ति (आईटी रेभुलुसन) को नामले चिनियो । यसको प्रमाण के छ भने छापा माध्यमलाई पचास करोड पाठकसमक्ष पुग्न १०० वर्ष लागेको थियो भने त्यही संख्यामा भिज्न रेडियोलाई ३८ वर्ष टेलिभिजनलाई १३ वर्ष लाग्यो भने कम्प्युटर र इन्टरनेट केन्द्रित डब्लू डब्लू डब्लू केवल चार वर्षमा त्यो संख्यामा पुगिसकेको छ । यस्तो तिव्र
by Pawan Paudel · 0
आजभन्दा करिव १५/२० वर्ष अगाडी नेपालमा इन्टरनेट भन्ने कुरा आकाशको फल आँखा तरी मर भनेजस्तै थियो । काठमाडौंमा २०५३ सालमा पहिलोचोटी सगरमाथा टी हाउसले साइवर क्याफे खोलेर सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा ल्याउने कार्य गरेको थियो । तर घण्टाको रु १५००।– तिरेर इन्टरनेट चलाउन सक्ने नेपालीको क्षमता भने थिएन् । तर आज घण्टाको रु १५।– मा १ घण्टा इन्टरनेट सहित चिया पनि खान पाइने साइवर क्याफेहरु खुलिसकेका छन् ।
विश्वका अरु देशहरुमा जस्तै नेपालमा पनि इन्टरनेट शोखको रुपमा भित्रिएको थियो । तर यसले आफ्नो प्रभुत्व जमाउन धेरै समय लागेन । इन्टरनेटको विकाससँगै अगाडी आएका अनलाईन पत्रकारिता र अनलाईन मिडिया ले सञ्चारक्षेत्रमा नयाँ क्रान्ति नै ल्याइदिएका छन् । पत्रिकाको जस्तो शव्द–चित्र सामाग्री, रेडियोको जस्तो श्रव्य सामाग्री र टेलिभिजनको जस्तो श्रव्य दृश्य सामाग्री सवैलाई एकै ठाउँमा पाइने भएकाले पनि यसको लोकप्रियता बढेको हो । अनलाईन मिडियालाई कुनै पनि भौगोलिक सीमाको बन्देज हुँदैन ।
विश्वका अरु देशहरुमा जस्तै नेपालमा पनि इन्टरनेट शोखको रुपमा भित्रिएको थियो । तर यसले आफ्नो प्रभुत्व जमाउन धेरै समय लागेन । इन्टरनेटको विकाससँगै अगाडी आएका अनलाईन पत्रकारिता र अनलाईन मिडिया ले सञ्चारक्षेत्रमा नयाँ क्रान्ति नै ल्याइदिएका छन् । पत्रिकाको जस्तो शव्द–चित्र सामाग्री, रेडियोको जस्तो श्रव्य सामाग्री र टेलिभिजनको जस्तो श्रव्य दृश्य सामाग्री सवैलाई एकै ठाउँमा पाइने भएकाले पनि यसको लोकप्रियता बढेको हो । अनलाईन मिडियालाई कुनै पनि भौगोलिक सीमाको बन्देज हुँदैन ।
सुरुका वर्षहरुमा अनलाईन पत्रकारिता समाचारपत्रकै अनलाइन संस्करण जस्तो गरी मात्र आएका थिए । नेपालमा सन् १९९५मा मर्कन्टायलको व्यापारिक वेबसाइट www.south-asia.com मा दक्षिण एशियामै पहिलो पटक अंग्रेजी दैनिक ‘दि काठमाडौं पोष्ट’ अनलाईनमा राखेर अनलाईन मिडियाको सुरुवात भएको हो । नेपालमा अनलाईन मिडिया भख्खरै बामे सर्ने प्रयासमा रहेको छ । देशमा नाम चलेका पत्रिकाको अनलाईन संस्करणबाट लिइएका समाचारहरु थोरै तोडमोड गर्दै अरु अनलाईनहरु चलिरहेका छन् । कुनै पनि पत्रिकाको अनलाईन संस्करण बाहेक स्वतस्फूर्त रुपमा रहेका अनलाईनखबर
by Pawan Paudel · 1
कुनै समय साईबर नभेटेर छट्पटिएको मन आज आश्चर्यचकित भएको छ । केही समय अगाडी यही ब्लगमा ईन्टरनेट नहुँदको पीडा भनेर ब्लग पोष्ट लेखेको थिए तर आज त्यही ठाउँमा यस्तो अत्याधुनिक साईवेर क्याफे भेटेको छु । नेपालका राजधानी लगायत कुनै पनि ठाउँमा मैले यस्तो साईबर क्याफे भेटेको छुईन ।
तपाईहरुलाई पनि लाग्यो होला कस्तो हो त अत्याधुनिक साईबर क्याफे । अब सिधै विषयवस्तुतर्फ प्रवेश गरौं । कुरा २०६७ साल फाल्गुन २० गते शुक्रबारको हो । शुक्रबार भएको अफिस आधा विदा त्यसैले साथिलाई भेट्न झापाको धुलाबारी बजारदेखि माथि लाग्दै थिए । एकजना साथिको फोन आयो । मैले एकदमै सनसनिपूर्ण खवर अनलाईनमा पठाएको छु । अहिले नै अपडेट गर्नु । साथमा ल्यापटप त बोकेको थिए तर इन्टरनेट विनाको ल्यापटप त्यसैले कतै साईवर छ कि भन्दै आफ्नो दुईपाङग्रे साधनलाई विस्तारै विस्तारै गुडाउँदै चारैतिर आँखा दौडाए ।
झट्ट आँखा पर्यो । धुलाबारी बजार सिरानमा रहेको नेसक्याफे साईबरमा । बाईक त्यही रोकेर भित्र छिर्न लागे । सुरुमै त्यो साईबरले मोहनी लगाईदियो । किनभने सबैले जुत्ता बाहिर नै खोलेर राखेका थिए । भित्र पस्दा त अच्चमित भए सबैजना ल्यापटमा इन्टरनेट चलाईरहेका छन् ।
मनमनै विचार आयो हैन कति धेरैजनाले ल्यापटप किनिसकेछन् । फेरी यी ल्यापटप त सानो टेबुलमा निकै सजाएर राखिएका छन् । मनमा उत्सुकता बढ्यो । हैन यो साईबरै कै ल्यापटप हुन कि क्या हो । छुट्टाउन हम्मे हम्मे पर्यो ।
साईबर सञ्चालकसँगको केही भलाकुसारीपछि त म तीन छक्क नै परे । साईवरमा ४ वटा ल्यापट र २ वटा डेक्सटप अलि अलि कम्प्युटर चलाउन जान्ने सिकारुको लागि डेक्सटप अरुको लागि ल्यापटप । साथिले पठाएको ईमेल नहेरेर त्यसको न्यूज बनाउन तर्फ लागे । न्यूज पूरा पढ्न यहाँ क्लिक गर्नुहोला ।
by Pawan Paudel · 0
२०२८ सालमा नेपालको जनगणना गर्न भित्रिएको कम्प्युटरले ४० वर्षको अवधिमा यति ठूलो विकास गर्छ भनेर कसैले पनि सोचेका थिएनन् । त्यहि कम्प्युटर प्रविधिसँगै अमेरीकाबाट ६० को दशकमा भित्रिएको इन्टरनेटको जालोले अहिले विश्वलाई एउटा कोठामा सीमित पारिदिएको छ । भिडियो हेर्नहोस् वा आवाजै मात्रै, समाचार पढ्न होस् वा पठाउन, पैसा तिर्न वा झिकाउन, के काम गर्दैन इन्टरनेटले ? विश्वका जुनसुकै कुनामा बसेर भए पनि संसारभरीका पत्रपत्रिका, रेडियो, टेलिभिजन हेर्न र सुन्न सहज बनाइदिएको छ यसले । यसरी विश्वभरी नै माकुराको जालो गरी फैलिएको इन्टरनेटको जालोबाट नेपाल अछुतो रहने कुरा नै भएन । विश्वमै हार्डवेयर निर्माणको मुख्य स्थान ओगटेको चीन र सप्mटवेयरको लागि भारतको बीचमा रहेको नेपालमा पनि यसको विकास धेरै नै भएको मान्नुपर्छ । केही वर्षअगाडीसम्म राजधानी र मोफसलका केही गन्यमान्य
by Pawan Paudel · 0
यो स्टोरी २०६७ साल मंसिर ४ गते शनिबारको दिन झापाबाट प्रकाशित हुने जनसंसद दैनिकमा प्रकाशित भै सकेको छ । पत्रिका जस्ताको तस्तै पढ्ने हो भने यहाँ क्लिक गरे हुन्छ । तपाईको कम्प्युटरमा केही समयमा नै पत्रिका सेभ हुनेछ ।
अहिलेको आधुनिक युगमा सूचना प्रविधिको देन इन्टरनेटलाई नै जान्छ । युरोपियन मुलुक फिनल्याण्डमा 1 Mbps को इन्टरनेटलाई मौलिक अधिकारको रुपमा राखेको छ । हामी त्यति अगाडी त नभनौ हाम्रो सरकारले अघिल्लो आर्थिक वर्षको बजेटमा घोषणा गरेको थियो । हात हातमा मोवाईल र घर घरमा इन्टरनेट । जे होस सोचेजस्तो र भनेजस्तो नभएपनि झापामा इन्टरनेटको धेरै विकास भएको नै मान्नुपर्छ ।
झापामा जिपिआरयसबाट नेपाल टेलिकम र एनसेलको सिमप्रयोग गरी मोवाईल इन्टरनेट ग्राहक बाहेक बर्डलिङ्क, नेपाल टेलिकमको एडिसल, र युनाईटेल टेलिकम (युटिएल)को डाटा सिम बाट इन्टरनेटको प्रयोग हुँदै आएको छ । पहिले पहिले युवामाझ मात्र बढी लोकप्रिय बनेको इन्टरनेट अहिले सबै उमेर र समूहका मानिसहरुलाई अति अत्यावश्यक बस्तुको रुपमा देखापर्न थालेको छ ।
यो आधुनिक सूचना प्रविधिले स्थानिय सूचना र सञ्चार क्षेत्रलाई नछुने कुरा नै भएन । अहिले झापामा ८ ओटा एफ एमहरु प्रशारण रहेका छन््ती मध्धे केही इन्टरनेटमा समाहित भएका छन् । कुनै निश्चित क्षेत्रमा सिमित भएका एफएमहरु इन्टरनेटमा अब प्रत्यक्ष रुपमा सुन्न सकिने भएका छन् । जसले गर्दा संसारको जुनसुकै कुनामा बसे पनि इन्टरनेटको पहुँचमा रहेका मानिसले ती एफ.एमहरुलाई प्रत्यक्ष रुपमा सुन्न सक्छन् । झापाको दमकबाट २०६३ साल बैशाखबाट नो प्रशारण सुरु गरेको सप्तरंगी एफ.एमले आफ्नै बेवसाइटमार्फत बिगत १ महिना अगाडीदेखि अनलाईन लाईभ रेडियो प्रशारण सुरु गरेको हो । झापामा यो नै पहिलो अनलाईन एफ.एम हो । त्यस्तै दमककै अर्को पाथिभरा एफ.एम लाई पनि अनलाईनमा प्रत्यक्ष सुन्न सकिन्छ । त्यस्तै मेची अञ्चलकै पहिलो एफ एम कञ्चनजंघा एफ.एम पनि अनलाईनको पहुँचको अन्तिम चरणमा पुगको छ । त्यस्तै भख्खरै बिर्तामोडबाट आफ्नो प्रशारण आरम्भ गरेको सनराईज एफ.एम पनि माइझापा डटकम मार्फत छिटै प्रत्यक्ष प्रशारण हुँदैछ ।
यसरी स्थानिय सुचना र सञ्चारको कुरा गर्दा झापाका कुनै पनि छापा माध्यमहरु अहिलेसम्म आफूलाई इन्टरनेटको पहुँचमा पुर्याउन सकेका छैनन् । भन्दा साह्रै दुःख लाग्छ तर यो तितो सत्य के हो पूर्वाञ्चलको एकमात्र अनलाईनमा समावेश भएको ब्लाष्टटाईम्स दैनिकको अफिसियल बेबसाइटमा समाचार अपडेट नभएको २ महिना पुग्नै आटेको छ । ब्लाष्ट टाइम्स दैनिकले आफ्नो १६ औँ बार्षिकत्सोवस मनाएको समाचार अपडेट गरेपछि बेवसाइटमा अरु कुनै पनि समाचार अपडेट गरेको छैन । झापामा अब छिट्टै नै कुनै न कुनै पत्रिका इन्टरनेटमा पढ्न पाउनुपर्ने झापालीहरुको जोडदार माग छ । अहिलेनै इ–पेपर नसकेपनि पिडिएफ फाइल बनाएर कुनै वेवसाइटमार्फत दैनिक अफडेट गर्न सकिए संसारको जुनसुकै कुनामा भएका झापालीहरुले आफ्नो गाउँठाउँमा घटेका समाचार र पत्रिकाहरु जस्ताको तस्तै पढ्न र हेर्न पाउँनेछन् ।
यसरी छापा माध्यम इन्टरनेटको पहुँचमा आउन नसकेपनि अहिले तीनवटा बेवसाइटहरुले नियमित रुपमा झापाली समाचारलाई विशेष प्राथमिकताका साथ विश्वभर फिजाउन सफल भएका छन् । तीमध्धे सबैभन्दा जेठो बेवसाइट हो दमकबाट सञ्चालित तितोपिरोमिठो डटकम त्यस्तै गरी बिर्तामोडबाट सञ्चालित भएको मेचीनगर अनलाईन डटकम र काठमाडौंबाट सञ्चालित माईझापा डटकम यी तिनवटामध्धे कान्छो बेवसाइटको लक्ष्य ठुलो रहेपनि झापाबाहिर रहेर सञ्चालित भएको कारण स्थानिय खबरहरु त्यति अपडेट भएको देखिदैन ।
यो स्टोरी मेचीकाली डट कममा पनि छ । यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।
यो स्टोरी जनसंसद दैनिकमा प्रकाशित भएको छ ।
by Pawan Paudel · 2
केही समय अगाडी मैले पूर्वका प्रकाशित हुने दुईवटा पत्रिका धरानबाट प्रकाशित हुने ब्लाष्ट टाईम्स र जनकपुर टुडे का अफिसियल बेवसाईटहरु अपडेट हुन नसकेको बारेमा यो पोष्टमा लेखेको थिए । पत्रिका जस्तो ताजा समाचार पस्किने पूर्वका नाम चलेका दुईवटा पत्रिकाका वेवसाईटहरु अपडेट हुन सकिरहेका छैनन् । म आपूmले राखेको अघिल्लो पोष्टको पाण्डुलिपी ती दुई पत्रिकालाई मेल गरेर पठाएको थिए तर त्यसले उनीहरुलाई केही प्रभाव पारेन । किनभने मैले त्यो पोष्ट ब्लगमा पब्लिस गरेको करिब १५ दिन बितेको छ । तर ती बेवसाईटहरु पहिलाको जस्तै छन् । अब आफै सोच्नुहोस यी पत्रिकाका बेवसाईट निरन्तर हेरिरहने मानिसको मानसपटलमा यी पत्रिकाप्रति कस्तो धारणा हुन्छ ?
कसैको ब्लग बर्षौदेखि अपडेट नुहँदा केही हुँदैन किनभने
by Pawan Paudel · 0
नेपालको साहित्य, राजनीति र अरु विभिन्न विद्याको उद्गम क्षेत्र भनेर चिनिने नेपालको पूर्वी क्षेत्र सञ्चार क्षेत्रमा पनि निकै अगाडी छ यसमा कसैको दुईमत नहोला । नेपालको सुदुरपूर्वी जिल्ला झापा सम्भवत त बुटबल पछिको मोफलसमा बढी पत्रिका प्रकाशित हुने जिल्लाको रुपमा गनिन्छ । झापा जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिक, साप्ताहिक, मासिक, द्वैमासिक, त्रैमासिक गरेर जम्मा १०८ ओटा पत्रिका दर्ता भएका छन्् । यीमध्धे सबै प्रकाशित हुन्छन् त भन्ने जिज्ञाशा तपाईहरुसँग होला ! हो यसको खोज गरेर अर्को पोष्टमा लेखौंला अहिले सिधैं विषयवस्तुमा जाऔं ।by Pawan Paudel · 4
देशका पचहत्तर जिल्लामध्धे पूर्वको सीमान जिल्ला झापा, शिक्षा, स्वास्थ्य र विकासको दृष्टिकोणले अरु जिल्लाहरुको तुलनामा निकै अग्रपक्तिमा आएको जिल्ला भनेर चिनिने झापा जिल्ला आधुनिक सूचना प्रविधीको क्षेत्रमा कत्तिको विकसित छ त एउटा सानो अध्ययन ।
झापाली द्धारा सञ्चालित नेपाली ब्लगरमा दर्ता भएका ब्लगहरु
क्र=स
|
ब्लगको नाम
|
Anusf] 7]ufgf
|
1
| ||
2
| ||
3
| ||
4
| ||
5
| ||
6
| ||
7
| ||
8
| ||
9
| ||
10
| ||
11
| ||
12
| ||
13
| ||
14
| ||
15
| ||
16
| ||
17
| ||
18
| ||
19
| ||
20
| ||
21
| ||
22
| ||
23
| ||
24
|
हुनत कुनै पनि कुरा आफैमा पूर्णत हुँदैन, त्यसैले यो अध्ययन पनि अपुर्ण नै छ, अहिलेका युवा जमातहर आप्mनो दृष्टिकोण राख्ने गतिलो माध्यम पाएका छन् ब्लग । संसारभरका मानिसले निशुल्क हेर्न सक्यो यो ब्लग लाई आधुनिक सूचना प्रविधीको एउटा कोसेढुंगा मान्ने गरिन्छ । एउटा नेपाली ब्लगको बारेमा खोजमुलक रिर्पोट बनाउने सिलसिलामा समयको पावन्धी ले गर्दा पूरै देशलाई समेटन नसकेपछि एउटा जिल्ला लाई समेट्ने कोसिस गरेको छु । एउटा कोठामा बसेर तयार पारिएको यसमा कतिकुरा हरु चाहेर पनि समावेस गर्न सकिएको छैन त्यसप्रति क्षमा माग्नै पर्ने हुन्छ ।
नेपाली ब्लगरमा दर्ता नभएका ब्लगहरु
qm=;
|
Blogger
|
Anusf] 7]ufgf
|
1
|
Pawan Paudel
| |
2
|
Pawan Paudel
| |
3
|
Bhupesh Mardi
| |
4
|
Ganesh Prasad
| |
5
|
Milan Chhetry
| |
6
|
Merina Subedi
| |
7
|
Merina Subedi
| |
8
|
Basanta Gautam
| |
9
|
Indra Choudhary
| |
10
|
Indra Choudhary
| |
11
|
Sanjib Chapagain
| |
12
|
Ganesh Prasad
| |
13
|
Ekraj Pradhan
| |
14
|
Dharmendra Khadka
| |
15
|
Dharmendra Khadka
| |
16
|
Dharmendra Khadka
| |
17
|
Dev Kumar Khadka
| |
18
|
मैले आफुले भेटेको जानकारी अनुसार झापाका दमकका डेनियल खनाल ले २०६२–१–१८ देखि ब्लगको सुरुवात
गरेको पाएको छु । यसरी आपूmले गरेको खोजमा यो नै झापको प्रथम ब्लक भएको छ । तर यो ब्लगका संञ्चालक अहिले सिङ्गापुरमा रहनुभएकाले उहाँले झापबाटै ब्लगको सुरुवात गर्नुभएको हो वा सिंङ्गापुर पुगेर ब्लगको सुरुवात गर्नुभएको भन्ने कुराको जानकारी पाएको छैन ।
Updated 09/10/2011
स्थानीय पत्रिका जनसंसदप्रति आभार प्रकट गर्न चाहान्छु जसले २०६७ साल असोज ५ गते मंगलबारको अंकमा यो लेख प्रकाशित गरेको थियो त्यस्तै मित्र सन्दिप निरौलालाई पनि विशेष धन्यवाद उहाँले यस पत्रिकालाई सुरक्षित राखिदिनुभएको रहेछ जसले गर्दा आज यहाँ राख्ने मौका मिल्यो ।त्यस्तैगरी २०३३ साल जेष्ठ १० गते झापाको गौरादहमा जन्मेका दीपक जडीत ले २०६३ असारमा शुभारम्भ भन्ने पोष्ट राखेर अमेरिकाबाट ब्लगको सुरुवात गर्नुभएको हो ।
यदि पत्रिका जस्ताको तस्तै पढ्नेहो भने यहाँ क्लिक गरे हुन्छ । पत्रिका आफै तपाईको कम्प्युटरमा डाउनलोड हुनेछ ।
त्यसपछि हेर्ने हो भने झापली पत्रकार हाल दमक निवासी पत्रकार कुमार लुईटेलले २०६४ साल माघ महिनादेखि ब्लगको सुरुवात गरेको भेटिएको छ, आप्mनो पेशा पत्रकारिता भएको हुनाले झापा, इलाममा घटेका घटना, समाचार, रिपोर्ट, आदीलाई ब्लगमार्फत विश्वभरी फैलाउन उहाँ सफल हुनुभएको थियो, तर दुर्भाग्य २०६६ साल माघ महिनादेखि उहाँको ब्लग अपडेट भएको देखिदैन । यसरी २ वर्षसम्म राम्रोसँग चलिरहेको ब्लग एक्कासी रोकिएको छ । विभिन्न कामले गर्दा विदेशीका झापालीहरुलाई आफ्नो ठाउँको ताजा जानकारी दिइरहेको यो ब्लग अपडेट हुन नसक्दा धेरैजना दुखित भएका छन् ।
नेपालबाट कानूनमा स्नातक सकेर केही रोजगारी नपाएपछि रोजागरीको सिलसिलामा कतारमा पुग्नुभएका झापा शिवगञ्जका–१ का चिरञ्जीवि खतिवडा त्यो ठाउँमा पुग्दा आपूm सूचना प्रविधिको क्षेत्रमा निकै पछाडी रहेको तितो यथार्थ अनुभव गर्नुहुन्छ र केही साथिहरुको सल्लाहले सुचना प्रविधीको क्षेत्रमा केही कदम अगाडी बढाउने उद्देश्यले एउटा ब्लगको सूरुवात गनुभएको छ ।
धेरैजसो झापली ब्लगहरुमा साहित्यीक ब्लगहरु बढी भएका पाइएका छन् । हुनत अहिले मानिसले ब्लगलाई अनलाईन डायरीको रुपमा हेर्न थालेका छन् । आफ्नो मनमा लागेको कुरा मनका भावनाहरु केही अनुभव हरुलाई पोख्ने माध्यम ब्लग भएको छ । समाचारको क्षेत्रमा हेर्ने हो भने अहिले मेचीनगर अनलाईन र दमकको तीतोपिरो मिठो यी दुईवटा वेवसाइटले निरन्तररुपमा समाचारहरु अपडेट गरिरहेका छन् । मेचीनगर अनलाईन को सुरुवात आजभन्दा ४ महिना अगाडी कतारबाट टेकेन्द्र पौडेलले गर्नुभएको हो भने तीतोपिरो मिठो केही पत्रकारसाथिहरुको सहयोगबाट झापाको दमकबाट सञ्चालित भएको छ ।
धुलाबारीका धर्मेन्द्र खड्काले ३ वटा ब्लग सचालन गरिरहेका छन् | आफ्नै गीति एल्बम उदगारको प्रोमोसनक लागि उदगार चलाउदै छन् भने आफ्ना अरु दुइ कथा प्रेमको र चेतना बाट आफ्ना दैनिक लेख गीत रचना हरु पोस्ट गर्दछन्
झापाली पत्रकाहरुको कुरा गर्दा पत्रकार सुर्वत न्यौपानेले पनि ब्लग सञ्चालन गर्नुभएको थियो तर उहाँको ब्लगको लिस्ट भेट्न सकिएको छैन । केही महिना अगाडीदेखि नै उहाँको ब्लग अपडेट नभएर त्यसै थन्किएको छ ।
यसरी सरसर्ती हेदा के पाइएको छ भने विदेशमा रहेको र कम्प्युटरको ज्ञान भएको नेपलीहरुबाट ब्लगको सुरुवात भएको छ झापा कोहबरा - ४, माहादेवस्थानका बेदनाथ पुलामी जी को ब्लगपनि विदेशबाटै सञ्चालनमा रहेको छ, उहाँको ब्लग पनि धेरै हेरिने ब्लगमध्धेको एक हो अहिलेसम्म उहाँको ब्लग एकासी हजार ३ सय पैसठ्ठी पटक हेरिएको देखिएको छ । त्यस्तै छुट्टै्र पहिचान दिएर बनाइएको ब्लग जुन अरु ब्लगभन्दा नितान्त बेग्लै छ । समावर्तन र आध्याम्त ज्योती धार्मिक आस्था, र धर्मका कुरा समेटिएको ब्लग पनि धेरै हेरिने ब्लगमध्धे परेको छ ।
आफुले मेहनत गरेर बनाएको ब्लग र सो ब्लग लगइन गर्न आवश्यक पर्ने जिमेलको पासर्वड कसैले चोरेर अनाधिकृत रुपमा ब्लगमा अश्लिल दृश्यहरु राख्न थाल्यो । यो समस्याको समाधानको लागि सन्दिपले नेपाली ब्लगरहरुको जिमेल ग्रुपको सहयोग लिए । नेपाली ब्लगर गुरुहरुको सुझाव अनुसार अर्को डोमेन रजिष्टर गरेर ब्लगिङमा दुनियामा प्रवेश गरेका छन् मेचीनगर झापाका सन्दिप निरौला। ह्याकरलाई धन्यवाद दिदै भनेका छन् "तिमीले अब हामीलाई सुरक्षित हुन सिकाएका छौ ।" सेप्टेम्वर २३ २०१० ब्लगिङ अनुभव नामको पोस्ट राखेर अहिलेसम्म निरन्तररुपमा ब्लगिङको दुनियामा छाइरहेका छन् ।
नेपाली जातिको उत्थानको लागि केही गरौं भन्ने उद्देश्यले झापको जनसंसद दैनिकका कम्प्युटर प्राविधिक इन्द्र चौधरीले एउटा बेग्लै ब्लगको सुरुवात गरेका छन् । तर कम्प्युटरमा राम्रो ज्ञान भएतापनि उनको ब्लगमा २/४ पोष्टहरु पहिले भएका थिए तर तिनीहरु माथि उठ्न सकेका भने छैनन् । त्यस्तै झापाको मेचीनगर –१२ इट्टाभट्टाको मेची ट्युन्सको समाचार कक्षमा कार्यरत संजीव चापागाईले पनि एउटा ब्लग बनाएका छन् तर उनको ब्लगको अन्तिम पोष्ट भनेको २०६६ सालको होलीको फोटोहरु हो त्यसपछि निरन्तररुपमा इन्टरनेटमा रमाइरहने संजीवले पनि आप्mनो ब्लगलाई अपडेट गर्न सकेका छैनन् ।
आफुले मेहनत गरेर बनाएको ब्लग र सो ब्लग लगइन गर्न आवश्यक पर्ने जिमेलको पासर्वड कसैले चोरेर अनाधिकृत रुपमा ब्लगमा अश्लिल दृश्यहरु राख्न थाल्यो । यो समस्याको समाधानको लागि सन्दिपले नेपाली ब्लगरहरुको जिमेल ग्रुपको सहयोग लिए । नेपाली ब्लगर गुरुहरुको सुझाव अनुसार अर्को डोमेन रजिष्टर गरेर ब्लगिङमा दुनियामा प्रवेश गरेका छन् मेचीनगर झापाका सन्दिप निरौला। ह्याकरलाई धन्यवाद दिदै भनेका छन् "तिमीले अब हामीलाई सुरक्षित हुन सिकाएका छौ ।" सेप्टेम्वर २३ २०१० ब्लगिङ अनुभव नामको पोस्ट राखेर अहिलेसम्म निरन्तररुपमा ब्लगिङको दुनियामा छाइरहेका छन् ।
नेपाली जातिको उत्थानको लागि केही गरौं भन्ने उद्देश्यले झापको जनसंसद दैनिकका कम्प्युटर प्राविधिक इन्द्र चौधरीले एउटा बेग्लै ब्लगको सुरुवात गरेका छन् । तर कम्प्युटरमा राम्रो ज्ञान भएतापनि उनको ब्लगमा २/४ पोष्टहरु पहिले भएका थिए तर तिनीहरु माथि उठ्न सकेका भने छैनन् । त्यस्तै झापाको मेचीनगर –१२ इट्टाभट्टाको मेची ट्युन्सको समाचार कक्षमा कार्यरत संजीव चापागाईले पनि एउटा ब्लग बनाएका छन् तर उनको ब्लगको अन्तिम पोष्ट भनेको २०६६ सालको होलीको फोटोहरु हो त्यसपछि निरन्तररुपमा इन्टरनेटमा रमाइरहने संजीवले पनि आप्mनो ब्लगलाई अपडेट गर्न सकेका छैनन् ।
त्यस्तै नाम मात्र जुराएर छोड्ने झापाली ब्लगरहरुमा मेरीना सुवेदी, र भुपेश मर्डी छन् । उनीहरुले जलविद्युतको लागि कुनै कम्पनीले खोलाको लाइसन्स ओगटेजस्तो नाम मात्र ओगटेका छन् तर उनीहरुको ब्लगमा एउटा पनि पोष्ट भने छैन ।
यसरी खोज गर्दा के पाइयो भने धेरैले सोखले भनौ या अरुको लहैलहैमा लागेर ब्लग त खोलेका छन तर त्यसलाई निरन्तरता दिएका छैनन् ।
यो सानो खोजमुलक कार्यका झापालीहरुमध्धेका २४ वटा ब्लगहरु नेपली ब्लगरमा दर्ता भएका छन् भने १८ वटा ब्लगहरु दर्ता नभईकन सञ्चालनमा रहेका छन् । दर्ता नभएका ब्लगहरु खोज्न निकै मुश्किल परेको छ । र यो भन्दा पनि संख्यात्मक हिसावले दर्ता नभएका ब्लगहरु अरु धेरै छन् जुन भेट्न गा्रहो छ ।
by Pawan Paudel · 7
Subscribe to:
Posts (Atom)






