महावीर अर्को स्रहानिय कार्य गर्दै

अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट स्नातकोत्तर सकेपछि आफ्नो गाउँमा आएर गाउँकै सेवा गर्ने नेपालीहरुमा सायद औलामा गन्न सकिन्छ होला । तिनै औलामा गन्नेहरुमध्धे महावीर पुन एक हुन् । जसले आम मानिसहरुलेभन्दा पृथक् काम गरे त्यसैको फल थियो सन् २००७ सालमा एसियाको नोवल पुरस्कार भनेर चिनिने म्यागसेसे अवार्ड । 
कुनै पनि सञ्चारको साधन नभएको म्याग्दीको दुर्गम गाउँबाट नागीबाट सुरु भएको नेपाल वायरलेस प्रोजेक्ट अहिले नेपालका १३ जिल्लाको १२५ गाविसमा पुगेको छ । छिट्टै नै ३ जिल्लाका २५ वटा गाविसमा वायरलेस इन्टरनेट प्रविधि जोड्नको लागि महाविर नयाँ कायको थालनी गरेका छन् । त्यो हो हिमाञ्चल माध्यमिक विद्यालयनेपाल वायरलेस प्रोजेक्टको नामबाट पर्यटकीय स्थल ठमेल रेष्टुरेन्ट खोल्ने । रेष्टुरेन्ट खोल्नको लागि अहिले तत्काल १५ लाख रुपैयाँ उनलाई आवश्यकता परेको छ । त्यो रेष्टुरेन्टबाट हुने लाभाशं नेपाल वायरलेस नेटवर्क प्रोजेक्ट सञ्चालन गर्नको लागि खर्च हुनेछ । उनले आफ्नो फेसबुकमा लेखेका छन् । मार्च ४ मा फेसबुकमा राखेको उक्त नोटमा उनले लेखेका छन् यदि तपाईहरुकोही यसमा इच्छुक हुनुहुन्छ भने आफूले सक्ने रकम दिएर यसलाई सफल बनाऔं तपाईँले गरेको लगानीको वार्षिक १० प्रतिशत ब्याज हामीले दिनेछौं । उनलाई इमेलमा सम्पर्क गर्नका लागि mahabir@nepalwireless.net मेल पढाउनुपर्दछ भने मोबाइलमा सम्पर्क गर्नको लागि +977-9841592361 मा कल गर्नुपर्दछ । 

मार्च १० गते उनले राखेको अपडेटमा भनेका छन् । फेसबुकबाट मैले धेरै राम्रा र सकारात्मक प्रतिक्रियाहरु पाएको छ । रेष्टुरेन्ट १२ लाख ५० हजारमा किन्ने निर्णय भएको छ । त्यसको लागि मार्च ११ मा म काठमाडौँ आउँदै छु । अरू विस्तृत दोस्रो चित्रबाट थाहा हुनेछ । 

Readmore

by Pawan Paudel · 0

जसले उपन्यासको लागि बैङ्कको जागिर छाडे

तपाईँको फेसबुकमा कति जना साथीहरू छन् सय हजार वा बढीमा हजार किनभने फेसबुक एकाउण्टमा हजार भन्दा बढी साथी अटाउन सकिदैन त्यसैले बनाउनुपर्छ फेसबुक पेज हामीले देखेका पेजका सदस्यहरु कति छन् यदि नेपाली पेजमा हो भने / वटा बाहेक अरूमा लाख भन्दा कम्ती नै तर यहाँ कुरा गर्न लागिएको फेसबुकको नभएर सिंगापुरमा रहेको बहुराष्ट्रिय बैङ्कको जागिर छाडेर उपन्यास लेख्न थालेका भारतीय उपन्यासका चेतन भगतको हो ।  यो ब्लग पोष्ट तयार पार्दासम्म फेसबुकमा १८ लाख ८ सय २० फ्यानहरु पुगिसकेका छन्  भने  ट्विटरमा  यसै साता लाख भन्दा बढी फ्लोअर्स पुगेका छन्
२२ अप्रिल १९७४ मा भारतको नयाँ दिल्लीमा मध्ययम वर्गिक परिवारमा जन्मेका चेतन भगतले  Five Points Someone (2004), One Night @ Call Center (2005), The Three Mistake of My LIfe (2009), Two States A Story of My Marriage (2009)  Revolution 2020 , (2011) गरी पाँच वटा उपन्यास प्रकाशित गरेका छन् उनले

Readmore

by Pawan Paudel · 1

Learn Something From Jukerberg.

हामीले कति जना मानिसहरूको बारेमा जानकारी राख्न सक्छौं आफ्नै मिल्ने साथिसंगिनीहरुको जन्मदिन पनि कतिलाई याद नहुन सक्छ यहाँ यस्ता मानिसहरूको चर्चा गर्न थालिएको जसले २०११ डिसेम्बरसम्ममा विश्वभरका ८४ करोड ५० लाख व्यक्तिहरुको जानकारी राखेका छन् ती अरू कोही सामाजिक सञ्जालमा आधिपत्य नै जमाएको फेसबुकको संस्थापक मार्क जुकरवर्ग नै हुन्

मार्क जुकरवर्ग १४ मे १९८४ मा न्यूयोर्क को ह्वाईट पेन्समा माता करेन पिता ईडवार्ड को कोखबाट जन्मेका हुन् वर्षको कलिलो उमेरमा नै उनलाई उनका बाबुले अटारी बेसिक प्रोगामिङ सिकाउने थालेका थिए सानैदेखि कम्प्युटर प्रोग्रामिङ कम्प्युटर गेम बनाउने रुचि भएको कारणले नै गर्दा होला विद्यालय अध्ययन गर्ने उमेरमा नै उनले जुकनेट नाम गरेको एउटा सफ्टवेर प्रोग्राम बनाएका थिए यो सफ्टवेयरले इडवार्डको दन्त किल्निकमा रहेको कम्प्युटर घरमा रहेको कम्प्युटरबीच सम्पर्क हुन सक्थ्यो त्यही अवधारणामा अर्को वर्ष AOL म्यासेन्जर निस्केको हो उनीभित्र रहेको दक्षता देखेर माईक्रोसफ्ट एओएलले जुकरवर्गलाई आफ्नो कम्पनीमा आवद्ध गराउन खोजेका थिए तर उनी त्यतातिर ध्यान नदिएर हावर्ड विश्वविद्यालयमा उच्च शिक्षा हाँसिल गर्न लागे

Readmore

by Pawan Paudel · 1

Steve Jobs Biography Who Never Met his Biological Parents

यो स्टोरी स्थानिय जनसंसद दैनिकमा प्रकाशित भएको छ । पत्रिकाकै आकारमा पढ्ने भए यहाँ क्लिक गर्नुहोला ।
प्रेमी र प्रेमिकाबीचको रोमान्सका कारण गर्भ रही जन्मन पुगेका स्टिभ जव्सलाई विश्वले नै चिन्नेछ भनेर उनका जन्मदाता बाबुआमाले कहिल्यै पनि कल्पना गरेका थिएनन् । अविवाहित हुँदै बच्चा जन्मेको र स्टिभको जन्मदाता बाबु Abdulfattah Jandali (अबदुलफताह जान्डली) सिरियाबाट बसाईसराई गरेर आएका मुस्लिम अमेरिकन भएकाले जन्मदिने आमाको Joanne Simpson (जोयने सिम्सन) को परिवारले त्यो सम्बन्धलाई स्विकार्न सकेन । फलस्वरुप स्टिभ जन्मेपछि नै Paul Jobs and Clara Jobs पाउल र क्लारा जब्सले धम्रपुत्रको रूपमा पालनपोषण गरे ।

फेबु्रअरी २४, १९५५ मा सान फ्रानसिस्को, क्लायिफोर्नियामा जन्मेका स्टिभ जब्सले ५६ वर्षको उमेरमा नै कसैले सयौँ वर्षमा गर्न नसक्ने काम गरेर यो संसारबाट बिदा लिए । उनको मृत्युपछि अमेरिकी राष्ट्रपति बाराक ओवामा स्तव्ध बन्दै आफ्नो श्रद्धान्जली मन्त्व्यमा –‘ थोरै अलौकिक अमेरिकन मध्धेका एकको निधनले म धेरै दुखित भएको’ बताएका छन् । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स ‘जब्ससँग काम गर्न पाउनेहरु भाग्यमानी ’ भनी स्टिभलाई संधै सम्झिरहने उल्लेख गरेका छन् । त्यस्तै फेसबुकका संस्थापक मार्क जुकरबर्कले फेसबुकमा आफ्नो स्टाट्स मार्फत जब्सको मृत्युले प्रविधिको क्षेत्रमा एउटा कुशल अभिभावक गुमाएको बताएका छन् । संसारभरका मानिसहरुले उनलाई श्रद्धाञ्जली प्रकट गरेका छन् । स्टिभ जब्सले बौद्ध धर्म मान्ने हुनाले चिन, जापान जस्ता बौद्धधर्मावलम्वीहरुको बढी बसोबास रहेको ठाउँबाट श्रद्धाञ्जलीको सङ्ख्या गनिनसक्नु आइरहेको न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ । नेपालमा पनि उनलाई श्रद्धाञ्जली दिनेहरुले फेसबुक, ट्विटर र गुगलप्लसका भित्ता भरेका छन् । नेपालको एक चर्चित ब्लग माइसंसारमा सालोक्य लेख्छन् ‘अमेरिकाको एक कुनामा उनको निधन भएको खबरले दक्षिण एसियाको एउटा कुनामा रहेको सानो मुलुकका बासिन्दाहरु समेत दुःखी भएका छन् । उनको मृत्यु भएको हैन, उनी अमर बनेका हुन् । उनको योदानलाई कसैले भुल्न चाहे पनि सक्ने छैनन् । श्रद्धाञ्जली स्टिभ । माईस्पेसमा शालोक्यको लेखमा प्रकाश थापाले प्रतिक्रिया दिदै यस्तो लेखेका छन् –‘मेरो जेनेरेसनमा कोही मानिसको मृत्यु हुँदा यति धेरै सम्म पाएको पहिलोपटक देख्दै छु । कुनै विवाद छैन । बरु माइकल ज्याक्सनको मृत्यु हुँदा केही मानिसले नकारात्मक टिप्पणी गरेका थिए तर आज कसैले पनि नकारात्मक टिप्पणी गरेको छैन । तिमी धन्य थियौ स्टिभ ।’
कान्तिपुरका पत्रकार आशिष लुईटेलको शब्द सापटी लिने हो भने हातमा झ्याप्प राखेर चोरी औलाले यसको स्क्रिनमा छुँदा कुनै सेक्सी केटीको हात मुसारेझै अनुभूत हुन्छ । 
एप्पलले उत्पादन गरेका, ल्यापटप, आईफोन, आईप्याड, आईपड किन्न सामान्य नेपालीहरूको क्रय क्षमता अपुग नै हुन्छ । केही समय अगाडि नेपाल जस्ता अविकसित मुलुकका लागि एप्पलले २०० डलरमा आईफोन निर्माण गर्ने जनाएको थियो ।
जब्सले सन् १९७६ मा स्टिभ बजनायक सँग मिलेर एप्पल टु कम्प्युटरको निर्माण गरेपश्चात कम्पनीको छवि धेरै माथि उठ्यो । त्यसको आठ वर्षपछि बनाइएको म्याकिन्टोसले उक्त कम्पनीलाई स्थापित गर्न ठुलो मद्दत गर्‍यो त्यसको एकवर्षपछि कार्यकारी प्रमुख जन स्कुली सँग विवाद चुलीदै गयो अन्ततः उनी कम्पनीबाट निकालिए । आफैँले स्थापना गरेको कम्पनीबाट आफैँ निकालिँदा उनलाई साह्रै पीडा भएको थियो केही सार्वजनिक स्थलमा उनले आफ्नो पीडा पोखेका थिए । पश्चिमी संस्कृतिमा हुर्केका भएपनि उनी पूर्वीय दर्शनबाट धेरै नै प्रभावित भएका थिए । उनले दैनिक योगाशन गर्ने गर्थे सन् १९७० दशकको को मध्यतिर आध्यात्मिक ज्ञान प्राप्त गर्न भारतको समेत भ्रमण गरेका थिए ।
एप्पलबाट निकालिएको वर्ष नै उनले आफ्नै लगानीमा नेक्स्टु कम्पनीको स्थापना गरे । पछि एप्पलले सो कम्पनीलाई किनेपछि स्टिभ पुनः एप्पलमा पुर्नवहाली भए त्यसको केही समयमा नै प्रमुख कार्यकारी अधिकृतको जिम्मावारी सम्हाल्न पुगे ।

जब्स प्यान्क्रियाटिक क्यान्सर रोगबाट पीडित थिए । उनले सन् २००४ मा आफू उक्त रोगबाट ग्रसीत भएको थाहा पाएका थिए । डाक्टरको प्रत्यक्ष निगरानीमा उनी बिरामी हुँदा समेत कम्पनीको काम गरिरहेका थिए । सन् २००८ मा उनको कलेजो प्रत्यारोपण गरिएको थियो । प्यान्क्रियाटिक क्यान्सर रोगबाट ग्रसितहरु ७ महिनाभन्दा बढी बाँच्न सक्दैनन् तर एप्पलका आईपोन, आइपोड आफ्नै कार्यकालमा उत्पादन गर्न उनी सात वर्षसम्म बाँच्न सफल भएका हुन् । अनलाइनमा प्रतिक्रिया दिनेहरुले लेखेका छन् । रोगको कारण उनले गत जनावरीदेखि बिरामी बिदा लिएका थिए । आफू बिरामी बिदामा बसेपनि मार्च २ मा उनले नयाँ आइप्याज सार्वजनिक गरे भने जुन ६ मा आइक्लाउड नाम अनलाइन सर्भिस सार्वजनिक गरे यो नै उनको अन्तिम सार्वजनिक उपस्थिति रह्यो । रोगले बढी ले ग्रसीत भएपछि अगष्ट २४ का दिन एप्पलको कार्यकारी प्रमुखबाट राजीनामा दिए र टिम कुकलाई नयाँ कार्यकारी प्रमुख नियुक्त गरे ।

उनले आफ्ना जन्मदिने बाबुलाई कहिल्यै पनि भेटेनन् । बेलायतबाट प्रकाशित हुने ‘द टेलिग्राफ’ले आफ्नो अनलाइन संस्करणमा लेख्छ– Steve Jobs was the Product of an Unmarried  Interracial Couple Who Never Met His Biological Father (अर्थात् स्टिभ जब्स अविवाहित अन्तरजातिय जोडिबाट जन्मेका सन्तान हुन जसले आफ्ना बाबुलाई कहिल्यै पनि भेटेनन् ।) जब्स जन्मनुभन्दा केही अगाडि नै आमाले उनलाई सान फ्रानसिस्को लगेकी थिइन र घरबाट बढी दबाब आउने डरले आफूले जन्माएको बच्चा जब्स दम्पितिलाई धर्मपुत्रका रूपमा छाडेर आफ्नो घर र्फिता भईन् । उनका जन्मदाता बाबुले गत अगस्टमा बेलायतको पत्रिका द सन् लाई एक अन्तर्वातामा भनेका छन् । “I live in hope that before it is too late he will reach out to me. Even to have just one coffee with him just once would make me a very happy man.” (म एउटा आशामा बाँचेको छु कि धेरै ठिला हुनुभन्दा अगाडि उसले मलाई भेट्नेछ । जीवनमा मैले एकपटक उसँग एक कप कफि मात्र पिउन पाए भने म धेरै खुसी हुनेछु ।’)
जब्सका जन्मदाता आमाबाबुले केही समयपछि विवाह गरेर चर्चित अमेरिकी उपन्यासकार मोना सिम्सनलाई जन्म दिए । जब्सले २७ वर्षको उमेरमा मात्र आफ्ना जन्मदाता बाबुआमाले विवाह गरेर एक छोरीको जन्म दिएको थाहा पाए त्यसपछि उनले आफ्नो बहिनीसँग भेट गरे उनिहरुसँग गहिरो सम्बन्ध भयो तर आफ्ना जन्मदिने बाबुलाई भने भेट नगरी यो संसारबाट बिदा भए ।
जब्सले मार्च १८, १९९१ मा लौरेने पावल Laurene Powell सँग वौद्धधर्मअनुसार विवाहवन्धनमा बाँधिए । यो जोडीबाट १ छोरा र २ छोरीको जन्म भएको छ तर २३ वर्षको उमेरमा नै (सन् १९७८) मा एक युवतिसँगको शारीरिक सम्पर्कबाट नै लिजा नाम गरेकी जब्सका छोरी जन्मेकी छन् । सुरुमा जब्सले उक्त बच्चा आफ्नो नभएको भनेतापनि पछि उनले लिजालाई आफ्नो सन्तानको रूपमा अंगालेका थिए । उनी पालो अल्टो क्यालिफोर्नियामा ४ सन्तान र श्रीमतिका साथ बसोबास गर्दै आएका थिए ।
स्टिभ जब्स कुनै पनि सार्वजनिक कार्यक्रममा तड्कभड्का साथ प्रस्तुत भएनन् । उनी सँधै जिन्स पाइन्ट र टिसर्टमा हुन्थे । चाहे कुनै टिभीमा अन्तरवार्ता दिँदा होस्, चाहे एप्पलको कुनै उत्पादन सार्वजनिक गर्दा होस् उनी सुट पेन्टमा कहिल्यै आएनन् । चश्मा लगाएको, हल्का सेतो दाह्री पालेको जिन्स पेन्ट र टिसर्ट लगाएको, टाउकोको अगाडिपट्टिको भागमा कपाल नभएको एउटा अर्धवैशे उमेरको मान्छे कतै देखियो भने स्टिभ जब्सको याद आउँछ ।
जुन १२, २००५ मा स्ट्यान्फोड विश्वविद्यालयमा जब्सले दिएको भाषणको चर्चा जहिले पनि हुने गर्दछ । उनले उक्त भाषणमा भनेका छन् । 
Your time is limited, so don’t waste it living someone else’s life. Don’t be trapped by dogma — which is living with the results of other people’s thinking. Don’t let the noise of others’ opinions drown out your own inner voice. And most important, have the courage to follow your heart and intuition. They somehow already know what you truly want to become. Everything else is secondary. 
( तिम्रो समय सीमित छ, त्यसैले अरूको लहैलहैमा लागेर यो समयको नष्ट नगर । अरू मानिसको पछि नलाग तिम्रो अन्तरहृदयले जे भनिरहेको छ त्यो गर बाँकी कुराहरू केही हैनन्, यसले तिमीलाई सफलताको शिखरमा पुर्याउनेछ ।)  त्यसैले आफू मर्छु भन्ने जान्दाजान्दै पनि अरूको कुरा नसुनी आफ्नो काममा अडीग रहेर स्टिभ जब्सले कसैले सयौँ वर्षमा पनि गर्न नसक्ने काम ५६ वर्षमै गरिदिए ।
स्रोत : विकीपीडिया, दि टेलिग्राफबायोग्राफी, टेका  लगायत अन्य विविध साईट 

by Pawan Paudel · 1

सूचनाप्रविधिमा महाविर पुन

बि.बि.सि. नेपाली प्रसारणमा ताप्लेजुङ संवाददाता सीता निरौलाको समाचारमा ताप्लेजुङको विकट गाँउ, वलाङचुङ गोलाकी एक महिला विदेशमा रहेका आफ्नो छोरासँग टेलिफोन गर्न ४ दिन लगाएर सदरमुकाम दुई पटक आएको तर टेलिफोनको समस्याको कारणले फोन गर्न नसकेको दु:खेसो उनकै आवाजमा सुन्दा मन दु:खले भरियो। एक कल फोन गर्न ४ दिन लगाएर आउँदा उनले कति शारिरिक दु:ख भोगेकी होलीन् ? ४ दिन सम्म घरको कामकाज अझ वालवच्चा रहेछन् भने तिनीहरुको हेरविचारको व्यवस्था कसरी गरिन् होलीन् ? आदि/ईत्यादि थुप्रै समस्याका प्रश्नहरु श्रव्यदृश्य झैँ मेरो सामु आइरहयो। मलाई लाग्छ वलाङचुङ गोलाकी ती महिलाले देशभरका दूर्गम पहाडी गाँउहरुको प्रतिनिधित्व गर्छिन्। यधपि नेपाल सरकारले सबैको घरघरमा ईन्टरनेट र हातहातमा मोबाईलको व्यवस्था गर्ने योजना बताइरहे पनि वास्तविक स्थिति यस्तो छ।

Readmore

by Pawan Paudel · 0

previous home