Are you Using Mozilla Firebox as your Browser. Then here are a list of 80+ shortcuts which might helpful for you. You can improve your experience with Firefox by learning some essential keyboard shortcuts.
Here is a list of commands and shortcuts for improving your Firefox experience. I hope you will like it.
by Pawan Paudel · 0
तपाईँको फेसबुकमा कति जना साथीहरू छन् । ५ सय हजार वा बढीमा ५ हजार । किनभने फेसबुक एकाउण्टमा ५ हजार भन्दा बढी साथी अटाउन सकिदैन त्यसैले बनाउनुपर्छ फेसबुक पेज । हामीले देखेका पेजका सदस्यहरु कति छन् । यदि नेपाली पेजमा हो भने २/४ वटा बाहेक अरूमा १ लाख भन्दा कम्ती नै तर यहाँ कुरा गर्न लागिएको फेसबुकको नभएर सिंगापुरमा रहेको बहुराष्ट्रिय बैङ्कको जागिर छाडेर उपन्यास लेख्न थालेका भारतीय उपन्यासका चेतन भगतको हो । यो ब्लग पोष्ट तयार पार्दासम्म फेसबुकमा १८ लाख ८ सय २० फ्यानहरु पुगिसकेका छन् भने ट्विटरमा यसै साता ७ लाख भन्दा बढी फ्लोअर्स पुगेका छन् ।
२२ अप्रिल १९७४ मा भारतको नयाँ दिल्लीमा मध्ययम वर्गिक परिवारमा जन्मेका चेतन भगतले Five Points Someone (2004), One Night @ Call Center (2005), The Three Mistake of My LIfe (2009), Two States A Story of My Marriage (2009) र Revolution 2020 , (2011) गरी पाँच वटा उपन्यास प्रकाशित गरेका छन् । उनले
by Pawan Paudel · 1
![]() |
| उपन्यासको नाम– रिभोलुसन् २०२० लेखक चेतन भगत पृष्ठ २९३ मुल्य रु २५० भाषा अंग्रेजी |
चेतन भगतले वानरसको एउटा कार्यक्रममा गंगा टेक कलेजको प्रिन्सिपललाई नभेटेको भए उनको पाँचौं उपन्यास (रिभोलुसन २०२०) बजारमा आउने थिएन । यसअघिका उनका उपन्यास, Two States, One night @ Call Center, Five point Someone, Three Mistake of My life, पढिसकेका पाठकहरुले पक्कै पनि अनुभव गरेको हुनपर्छ उनले लेख्ने उपन्यासका सबै पात्रहरु उनकै वास्तविक जीवनसँग मेल खाएका हुन्छन् । जस्तो कि टू स्टेट को नै कुरा गर्ने हो भने उनले पढेको कलेज र उपन्यासमा राखिएको कलेज एउटै छ अनि उनको जीवनसंगीनी र उनी भारतको दुई भिन्न भिन्न प्रान्तमा जन्मेका हुन् । उपन्यासको अन्त्यमा भनिएजस्तै चेतन भगतका पनि दुईवटा जुम्ल्याहा छोराहरु जन्मेका छन् ।
प्रकाशन हुनुभन्दा अगाडी नै धेरै चर्चा बटुलेको यो उपन्यास नेपाली बजारमा केही महिनाअघि मात्र आएको हो । कक्षा ५ देखि नै निकै नजिक भएका तीनवटा साथिहरु गोपाल (जो गंगाटेक कलेजका प्रिन्सीपल हुन्), आरती र रागवको जीवनकहानीमा यो उपन्यास आधारित छ । यहाँबाट नै अनुमान लगाउन सकिन्छ कि यो उपन्यास लभ टे«ङगलमा परेका व्यक्तिहरुको बारेमा लेखिएको छ भनेर तर यसलाई लभ ट्रेङगलमा मात्र सिमित भएर सोच्ने हो भने एउटा ठूलो गल्ति हुनेछ । उनका अगाडीका उपन्यास जस्तै यसमा पनि तीनवटा पाटालाई केलाउन खोजिएको छ ति हुन् LOVE CORRUPTION AND AMBITION

I beg sorry in advance because my
English is poor. I was waiting Chetan Bhagat's New Novel Revolution 2020.
Couple of weeks ago passing through Bagbazzar I saw his Novel in a book store.
But there was not enough money in my wallet. 1 week ago while surfing in net I
have downloaded his novel In PDF format from Indian site. I forgot the url but
he has kept the scan copy of each page.
by Pawan Paudel · 0
One wanted to use his intelligence to make money.
One wanted to use his intelligence to create a revolution.
The problem was, they both loved the same girl.
One wanted to use his intelligence to create a revolution.
The problem was, they both loved the same girl.
Welcome to Revolution 2020. A story about childhood friends Gopal, Raghav and Aarti who struggle to find success and love in Varanasi. However, it isn’t easy to achieve this in an unfair society that rewards the corrupt. As Gopal gives in to the system, and Raghav fights it, who will win?
by Pawan Paudel · 4
राणा शासनकालमा पूर्वाञ्चलको तत्कालीन धनकुटा जिल्ला अन्तर्गत पर्ने तेह्रथुम आठराई क्षेत्र पनि शिक्षारुपी उज्यालो प्रकाशबाट बंचितै थियो । नेपालमा जहानियाँ शासनको अन्त सँगै वि.सं. २००७ साल देखि यता ठाउँ ठाउँमा विद्यालयहरु स्थापना हुन लागे । जताततै शैक्षिक जागरणमा तीव्रता आउँन थाल्यो । यसभन्दा पहिले केही भाषा पाठशाला मात्र संञ्चालनमा देखिन्थ्यो । हाम्रो गाउँको नजिकमा मूलपानीमा यौटा भाषा पाठशाला थियो । वि.सं. २००३ सालमा चुहानडाँडामा पुरानो हेल्थपोष्ट छेऊ देवकोटा बरभ¥याङ नेर एक धुले स्कुलको स्थापना गरिएको थियो । पछि वि.सं. २००८ सालमा त्यही स्कुल अलि उत्तर पट्टि लाम्चेको डाँडामा औपचारिक रूपमा स्थापना गरियो । शारदा प्राइमरी स्कुलका नाममले जन्म लिएको सो विद्यालय हाल शारदा उच्च मा.वि.को रूपमा सञ्चालित छ ।
११ पृष्ठ लामो यसको ईतिहाँस ब्लगको यो पानामा राख्दा त्यति सुहाँउदो नदेखिएलाकि भन्ने हेतुले केही अंश मात्र राखिएको छ । तेह्रथुम बहुमुखी क्याम्पस,चुहान्डाँडा, आठराईको स्वर्णमहोत्सवको अवसरमा अनारमनी ३ विर्तामोडमा हाल स्थायी बसोबास गर्ने भूतपूर्व शिक्षक श्री पृष्पलाल विष्टले लेखेको इतिहास हो । यसको पूर्ण पाठ तपाईँले यहाँ बाट डाउलोड गर्न सक्नुहुन्छ । यसलाई पीडिएफल भर्सनमा राखिएको छ ।

‘सर, सके तपाईँ कुनै दिन पुस्तक लिएर आउनुहोला’ यो वाक्यले माइक्रोसफ्टमा काम गर्ने जोन उडको जिन्दगी नै बदलिदियो । तनावपूर्ण दैनिकीबाट छुटकरा पाउनका लागि उनले नेपालमा रहेको अन्नपूर्ण क्षेत्रको २१ दिने ट्रेकिङको दोस्रो दिन गण्डकी अञ्चलको लमजुङ जिल्लामा पर्ने बाहुनडाँडा गाविसमा पुगेका थिए । उक्त गाविसमा रहेको एकमात्र हाईस्कुलको दयनिय अवस्था देख्दा उनले माईक्रोसफ्टको जागिर छाडेर नाफामुल्क परोपकारी संस्था ‘रुम टु रिड’ स्थापना गर्न पुगे । जुन संस्थाले नेपाल, भारत, श्रीलंका, दक्षिण अफ्रिका, लाओस्, जाम्विया, कम्वोडिया, भियतनम जस्ता विकाशोन्मुख देशमा १४ लाख भन्दा बढी पुस्तक दान गरेको छ, ५,१६७ पुस्तकालय र ४४२ विद्यालय स्थापना गरेको छ भने ४,०३६ जना केटाकेटीलाई छात्रवृत्ति दिएको छ ।
दलाई लामाले आफ्नो पुस्तक 'द आर्ट अफ ह्यापिनेस' मा भनेका छन् ‘भौतिक सम्पत्ति हुनु खासै महत्वको कुरो होइन । साँच्ची नै महत्वको कुरो त हामी त्यो सम्पत्ति के मा लगाउँछौ भन्ने हो ।’ सानैदेखि
पुस्तकप्रति निकै नै रुचि भएका जोन उडलाई पुस्तकको यो वाक्यले धेरै नै घोतलिन बाध्य पार्यो । कुनैपनि व्यक्ति आफू जन्मेको देशको भौगोलिक विकटताले गर्दा शिक्षाबाट बन्चित हुनुपरेको छ उनीहरूलाई शिक्षाप्रदान गर्ने सके यो भन्दा ठुलो काम मैले जीवनमा के पो गर्न सक्छु र उनले आफ्नो उपन्यासमा यसरी लेखेका छन् ।
३१६ पृष्ठ लामो सो उपन्यासमा वाह नेपाल माइक्रोसफ्ट बाई–बाई, सुरुवात, फड्को र उपसंहार गरी चार भागमा बाडिएको छ । यो पुस्तकलाई खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् । फाइनप्रिन्ट आइएनसीले प्रकाशित गरेको उक्त पुस्तकको मूल्य ३५०।– राखिएको छ । यो पुस्तकको अङ्ग्रेजी नाम Leaving Microsoft To Change The World हो जसमा २६७ पृष्ठहरु छन् । पहिलो खण्डमा उनले नेपालको प्राकृतिक सौन्दर्यता, यहाँका हिमाली श्रृंखलाहरुको वर्णन गरेका छन् भने पाहुनालाई नेपालीले गर्ने स्वागत सत्कारको पनि दिल खोलेर प्रशंसा गरेका छन् । २१ दिने पदयात्राको क्रममा पहिलो रात विताएको होटलमा एउटा ओछ्यान, एक बोतल वियर, खाना, नास्ता र गनिनसक्नु कप चियाको जम्मा ५ डलर तिरेको उनले उल्लेख गरेका छन् ।
उडले बाहुनडाँडाका शिक्षकहरुलाई 'मैले यो स्कुललाई पुस्तक दान दिन चाहान्छु एउटा राम्रो पुस्तकालय खोल्न चाहान्छु । तपाईँको यति ठुलो विद्यालयमा आठ देखि १० ओटा मात्र पुस्तक रहेछन् । तिनीहरुलाई पनि एउटा बाकसमा राखिएको रहेछ । ती पुस्तक म जस्तै कुनै पदयात्रीले छाडेर गएका रहेछन्, विद्यार्थीका लागि यी पुस्तक त्यति योग्य छैनन्' भनेर भन्दा शिक्षकहरुले पत्ताएका थिएनन् । विशेष गरी अङ्ग्रेजी अध्यापन गर्ने शिक्षकले त तपाईँ आफ्नो बाचामा कतिको कट्टिबद्ध हुनुहुन्छ भनेर सोधेका पनि थिए् हुन पनि हो माइक्रोसफ्टमा काम गर्ने एउटा सफल अधिकृतले आफ्नो जीवनको अमूल्य समय गरिब विद्यालयलाई पुस्तक संकलन गर्न किन खर्चन्छ ? त्यसको ठयाक्कै १ वर्षपछि याक र खच्चडको ढाडमा हजारौँ पुस्तक लिएर सो विद्यालयमा फर्केर । उनलाई स्वागत गर्नको लागि विद्यार्थीहरु दुईतिर लाम लागेर स्वागतमय बाटो बनाएका थिए । स–साना केटाकेटीले वनमा गएर फूल टिपेका थिए । स्वागतमय लाममा सबैभन्दा अगाडी ५ वर्षकी केटी थिइन् ।
उडले यो पुस्तकमा आफूले अमेरिका, चाईना, थाइलेन्डमा विताएका सुखद दिनहरुदेखि देखि लिएर नेपालको हिमाली क्षेत्रमा पदयात्रा गर्दाका भोगेका कठिनाईहरु, भियतनको एउटा होटलमा काम गर्ने 'नुयन थाई भू' को कहानीदेखि लिएर बंगादेशमा विताएका क्षणहरु उल्लेख गरेका छन् । विश्वका सफल उद्यमी विल गेट्ससँग विताएका पलदेखि लिएर गरिबी देशमा रहेका केटाकेटीसँग विताएका पलहरु पनि उल्लेख गरेका छन् ।
‘मेरो गाउँ र सहरका प्रत्येक छेउकुनामा रक्सीभट्टी थिए । ती ठाउँमा घुम्दाघुम्दै मलाई रक्सी पिउने बानी बस्यो अनि म रक्स्याहा भएँ । ती ठाउँमा पुस्तकालय र पुस्तक पसल भइदिएको भए आज म एकदमै बेग्लै मानिस हुन्थे होला ।’ १५ नोभेम्बर २००५ को काठमाडौँ पोस्टमा मनु ब्राजकीले भनेजस्तै रुम टु रिड ले स्थापना गरेको पुस्तकालयले अब मानिसहरूलाई परिवर्तन गराउनेछ । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले आफ्नो पुस्तक गिभिङमा भनेका छन् –‘दुईसय मानिसले जोन उडको उदाहरण पछ्याए वा केही हजार व्यक्तिले आफ्नो छुट्टिको समय संसारका केटाकेटीका निम्ति शैक्षिक सामाग्री किन्न र उनीहरूलाई स्कुलमा राख्न खर्च गरे भने के हुन्छ, सोच्नुहोस् त !’
जीवनमा ठुलो सफलता प्राप्त गरेको मानिस जो आफूले पाएको केही चीज अरूलाई दिँदा जीवन कस्तो हुँदो हो भनी घोत्लिन्छन्, तिनका लागि यो पुस्तक साँच्चकीकै प्रेरणागाथा हुन सक्छ ।
यो स्टोरी झापाको जनसंसद दैनिकमा प्रकाशित भएको छ ।
Click Here TO Download
दलाई लामाले आफ्नो पुस्तक 'द आर्ट अफ ह्यापिनेस' मा भनेका छन् ‘भौतिक सम्पत्ति हुनु खासै महत्वको कुरो होइन । साँच्ची नै महत्वको कुरो त हामी त्यो सम्पत्ति के मा लगाउँछौ भन्ने हो ।’ सानैदेखि
पुस्तकप्रति निकै नै रुचि भएका जोन उडलाई पुस्तकको यो वाक्यले धेरै नै घोतलिन बाध्य पार्यो । कुनैपनि व्यक्ति आफू जन्मेको देशको भौगोलिक विकटताले गर्दा शिक्षाबाट बन्चित हुनुपरेको छ उनीहरूलाई शिक्षाप्रदान गर्ने सके यो भन्दा ठुलो काम मैले जीवनमा के पो गर्न सक्छु र उनले आफ्नो उपन्यासमा यसरी लेखेका छन् । ३१६ पृष्ठ लामो सो उपन्यासमा वाह नेपाल माइक्रोसफ्ट बाई–बाई, सुरुवात, फड्को र उपसंहार गरी चार भागमा बाडिएको छ । यो पुस्तकलाई खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् । फाइनप्रिन्ट आइएनसीले प्रकाशित गरेको उक्त पुस्तकको मूल्य ३५०।– राखिएको छ । यो पुस्तकको अङ्ग्रेजी नाम Leaving Microsoft To Change The World हो जसमा २६७ पृष्ठहरु छन् । पहिलो खण्डमा उनले नेपालको प्राकृतिक सौन्दर्यता, यहाँका हिमाली श्रृंखलाहरुको वर्णन गरेका छन् भने पाहुनालाई नेपालीले गर्ने स्वागत सत्कारको पनि दिल खोलेर प्रशंसा गरेका छन् । २१ दिने पदयात्राको क्रममा पहिलो रात विताएको होटलमा एउटा ओछ्यान, एक बोतल वियर, खाना, नास्ता र गनिनसक्नु कप चियाको जम्मा ५ डलर तिरेको उनले उल्लेख गरेका छन् ।
उडले बाहुनडाँडाका शिक्षकहरुलाई 'मैले यो स्कुललाई पुस्तक दान दिन चाहान्छु एउटा राम्रो पुस्तकालय खोल्न चाहान्छु । तपाईँको यति ठुलो विद्यालयमा आठ देखि १० ओटा मात्र पुस्तक रहेछन् । तिनीहरुलाई पनि एउटा बाकसमा राखिएको रहेछ । ती पुस्तक म जस्तै कुनै पदयात्रीले छाडेर गएका रहेछन्, विद्यार्थीका लागि यी पुस्तक त्यति योग्य छैनन्' भनेर भन्दा शिक्षकहरुले पत्ताएका थिएनन् । विशेष गरी अङ्ग्रेजी अध्यापन गर्ने शिक्षकले त तपाईँ आफ्नो बाचामा कतिको कट्टिबद्ध हुनुहुन्छ भनेर सोधेका पनि थिए् हुन पनि हो माइक्रोसफ्टमा काम गर्ने एउटा सफल अधिकृतले आफ्नो जीवनको अमूल्य समय गरिब विद्यालयलाई पुस्तक संकलन गर्न किन खर्चन्छ ? त्यसको ठयाक्कै १ वर्षपछि याक र खच्चडको ढाडमा हजारौँ पुस्तक लिएर सो विद्यालयमा फर्केर । उनलाई स्वागत गर्नको लागि विद्यार्थीहरु दुईतिर लाम लागेर स्वागतमय बाटो बनाएका थिए । स–साना केटाकेटीले वनमा गएर फूल टिपेका थिए । स्वागतमय लाममा सबैभन्दा अगाडी ५ वर्षकी केटी थिइन् ।
उडले यो पुस्तकमा आफूले अमेरिका, चाईना, थाइलेन्डमा विताएका सुखद दिनहरुदेखि देखि लिएर नेपालको हिमाली क्षेत्रमा पदयात्रा गर्दाका भोगेका कठिनाईहरु, भियतनको एउटा होटलमा काम गर्ने 'नुयन थाई भू' को कहानीदेखि लिएर बंगादेशमा विताएका क्षणहरु उल्लेख गरेका छन् । विश्वका सफल उद्यमी विल गेट्ससँग विताएका पलदेखि लिएर गरिबी देशमा रहेका केटाकेटीसँग विताएका पलहरु पनि उल्लेख गरेका छन् ।
‘मेरो गाउँ र सहरका प्रत्येक छेउकुनामा रक्सीभट्टी थिए । ती ठाउँमा घुम्दाघुम्दै मलाई रक्सी पिउने बानी बस्यो अनि म रक्स्याहा भएँ । ती ठाउँमा पुस्तकालय र पुस्तक पसल भइदिएको भए आज म एकदमै बेग्लै मानिस हुन्थे होला ।’ १५ नोभेम्बर २००५ को काठमाडौँ पोस्टमा मनु ब्राजकीले भनेजस्तै रुम टु रिड ले स्थापना गरेको पुस्तकालयले अब मानिसहरूलाई परिवर्तन गराउनेछ । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले आफ्नो पुस्तक गिभिङमा भनेका छन् –‘दुईसय मानिसले जोन उडको उदाहरण पछ्याए वा केही हजार व्यक्तिले आफ्नो छुट्टिको समय संसारका केटाकेटीका निम्ति शैक्षिक सामाग्री किन्न र उनीहरूलाई स्कुलमा राख्न खर्च गरे भने के हुन्छ, सोच्नुहोस् त !’
जीवनमा ठुलो सफलता प्राप्त गरेको मानिस जो आफूले पाएको केही चीज अरूलाई दिँदा जीवन कस्तो हुँदो हो भनी घोत्लिन्छन्, तिनका लागि यो पुस्तक साँच्चकीकै प्रेरणागाथा हुन सक्छ ।
यो स्टोरी झापाको जनसंसद दैनिकमा प्रकाशित भएको छ ।
Click Here TO Download
by Pawan Paudel · 0
Love marriages around the world are simple:Boy loves girl. Girl loves boy.They get married.In India, there are a few more steps:Boy loves Girl. Girl loves Boy.Girl’s family has to love boy. Boy’s family has to love girl.Girl’s Family has to love Boy’s Family. Boy’s family has to love girl’s family.Girl and Boy still love each other. They get married.
भारतीय उपन्यासकार चेतन भगतले लेखेको उपन्यास टु स्टे«टको मुख्य थिम यही नै हो । चेतन भगतको उपन्यासको एउटा विशेषता भनेको यी सबै उनको आफ्नै निजी जीवनमा घटेका घट्नाजस्तै लाग्दछ । यो उपन्यासमा उल्लेख गरेजस्तो क्रिस एउटा उत्तर भारतको पञ्जावी केटा हो र एन्ना तामिल ब्राह्मण केटी हुन् । वास्तविक जीवनमा चेतन भगत पनि पञ्जावमा जन्मेका हुन् र उनकी श्रीमति अनुसा भगत तामिलियन ब्राह्मण हुन् । उपन्यासमा क्रिसका बाबुले सेनामा काम गर्दछन् भनेजस्तै वास्तविक जीवनमा चेतन भगतका बाबु पनि सेनाका अधिकृत हुन् । यो उपन्यास बढी मात्रामा इण्डिया इन्स्ट्रिच्युट अफ म्यानेजमेन्ट IIM मा केन्द्रीय छ । चेतन भगत र अनुसा पनि IIM का उत्पादनहरु हुन् । यो उपन्यासको अन्तिममा भनेजस्तै यीनिहरुका पनि जुम्ल्याहा २ वटा छोरा जन्मेका छन् । दुई वेग्ला वेग्लै संस्कृति र रहनसहनबाट आएका यी दुवैले आफूहरु विवाहबन्धनमा बाधिँएर नयाँ जीवनको सुरुवात गर्नको लागि कति धेरै समस्याको सामना गर्नुपर्यो भन्ने कुरा उठाइएको छ । दुईवटा वेग्ला वेग्लै प्रदेशका मानिसहरुबीच विवाह गर्न कत्तिको गाह्रो छ भन्ने कुरा पनि देखाउन खोजिएको छ ।
टू स्टे«ट अ स्टोरी अफ माइ म्यारीज मा चेतन भगतले आफ्नो प्रेमीकालाई पाउनका लागि के के गरेनन् सायद साँचो प्रेम यसैलाई नै भनिन्छ होला ।
उनले यो उपन्यासको पहिलो खण्ड अहमदवादमा प्रेमिकासँग विताएका पलहरु यसरी वर्णन गरेका छन् जति पढेपनि अझै पढिरहुँ जस्तो लाग्छ । सायद त्यसैले होला उनले प्रकाशित गरेका अरू पुस्तकहरुमध्धे अक्टुबर २००९ मा प्रकाशित भएको यो उपन्यास मार्च २०११ सम्मका ४ लाख प्रति विक्रि भइसकेको छ ।
चेतन भगतको नयाँ उपन्यास रिभोलुसन २०२० को प्रतिक्षामा छु । अहिलेसम्म हात पर्न सकेको छैन ।
Updated 20/10/2011
चेतन भगतको नयाँ उपन्यास रिभोलुसन २०२० को प्रतिक्षामा छु । अहिलेसम्म हात पर्न सकेको छैन ।
Updated 20/10/2011
मित्र श्यामको कमेन्टले यो पोष्टमा केही थप्न मन लाग्यो । मैले आफूले यो उपन्यास अंग्रेजीमा पढेको हुँ हिन्दीमा भएको मेरो जानकारीमा छैन । तपाई विदेशमा बस्नुभएको र यो उपन्यास पढ्न मन छ भने यहाँ बाट डाउनलोड गरेर पढ्न पनि सक्नुहुन्छ ।
Click Here To Download..
by Pawan Paudel · 2
Subscribe to:
Posts (Atom)