कस्तो लज्जास्पद नतिजा

२०६७ सालको एस.एल.सी परिक्षामा लगभग ६४ प्रतिशत विद्यार्थी पास हुँदा शिक्षाको स्तर निकै माथि गयो भनेर खुशि देखिएका नेपालीहरु छायाँबाट खसेजस्तै भए जब केहि दिन अगाडी उच्च माध्यामिक शिक्षा परिषदले कक्षा ११ को नतिजा प्रकाशित गर्यो । नतिजा थियो कक्षा ११ मा ३८ दशमलव ६७ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको ।  

शैक्षिक सत्र
कक्षा ११
कक्षा १२
सहभागी
अनुत्तीर्ण
उत्तीर्ण प्रतिशत
सहभागी
अनुत्तीर्ण
उत्तीर्ण प्रतिशत
2067
296116
181619
38.67
301000
216000
28.24
2066
254774
152738
40.05
186817
99609
46.68
2065
205200
111069
45.87
132940
65611
50.65
2064
146406
83981
42.64
100527
45081
55.16
नेपालमा एस.एल.सी.लाई फलामे गेट भन्दै निकै चर्चा गरिन्छ र कुनै विद्यालयको शैक्षिक स्तर त्यस विद्यालयको एस.एल.सीको नतिजा सम्म तुलना गर्ने हाम्रो नराम्रो परिपाटी अझैसम्म पनि हट्न नसकेको अवस्थामा कक्षा ११ को नतिजाले त्यसलाई केही हदसम्म भएपनि झकझकाइदिएको छ । 
नेपालमा रहेको त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको चापलाई समेट्न नसकेको भन्दै २०४५ सालमा उच्च माध्यमिक शिक्षा परिषदको स्थापना भएको हो । विश्वको कुनै पनि देशमा कक्षा ११ र १२ लाई विश्वविद्यालयको दर्जा नदिएकाले नेपालमा पनि यसलाई उच्च माध्यमिक विद्यालय भित्र् नै समेट्ने उद्देश्यले अहिले त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह हटाइसकिएको छ । यस्तो अवस्थामा कक्षा ११ मा मात्र ३९ प्रतिशत विद्यार्थी उत्तिर्ण हुनुलाई कसरी हेर्ने त ?? यसको उत्तर तपाईहरुले नै खोज्नुहोला ।
यो नतिजाको प्रतिशत ३९ प्रतिशत सम्म पुग्नुमा निजी विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरुको ठूलो देन छ । यदि सार्वजनिक विद्यालय र परिक्षा त्रिभुवन विश्वविद्यालयले लिएको भए उत्तीर्ण प्रतिशत अझै ओरालो लाग्नेमा कसैको दुईमत छैन । अहिले नतिजाले पनि सो कुरा स्पष्ट पारेको छ किनभने सामुदायिक उच्च मावि, शिक्षा संकाय र मानविकि संकायका विद्यार्थीको अनुत्तिर्ण दर निकै थोरै छ । अनुत्तीर्णमध्धे शिक्षा समूहका सबैभन्दा बढी करिव ८५ प्रतिशत, विज्ञानका २० देखि ३०, व्यवस्थापनका ४० र मानविकीका ७५ देखि ८० प्रतिशत छन् । 
आखिर किन यसरी नतिजा वर्षेनी ओरालो तर्फ लागिरहेको छ त ? के शिक्षाको स्तर मापन गर्ने आधार वर्षमा १ चोटि लिईने परीक्षा मात्रै हो त ? गम्भिर प्रश्नचिन्ह खडा भएको छ । कुनैपनि परिक्षार्थीले आपूmले पाएको प्राप्ताङ्गमा चित्त नबुझेमा उसले पुर्नयोगको मात्र सुविधा पाउँछ तर पुर्नजाँचबाट उ बञ्चित हुनुपरेको छ । वर्षभरीको मेहनतलाई तीन घण्टामा कोरिएको कागजमाथि प्ररिक्षकले १०/१५ मिनेट समय खर्चेर दिएको प्राप्ताङ्कमा विद्यार्थीको शैक्षिक स्तर मूल्याङ्कन गर्ने परिपार्टी कतिसम्म उचित हो ?
कक्षा १० को पाठ्यक्रम र कक्षा ११ को पाठ्यक्रममा निकै ठूलो खाडल रहेको छ । यसले गर्दा पनि विद्यार्थीहरुको उत्तिर्ण प्रतिशत घट्न गएको अनुमान गर्न सकिन्छ । तर त्यो मात्र हैन, नियन्त्रण हुन नसकेको उच्च माध्यमिक शिक्षाको स्वतन्त्र वातावरण, विद्यार्थीहरुमा टिनएजको प्रभाव, घट्दो शिक्षाको गुणस्तर र परिषदको लार्पारवाहिले धेरै हदसम्म नतिजा खस्केको हुनसक्दछ । 
२०६७ सालको एस.एल.सी र विगतका एस.एल.सीका परिक्षामा शिक्षक, निरिक्षक अभिभावक आफै विद्यार्थीलाई चिट चोर्याउने कार्यमा संलग्न भएका समाचारले सञ्चारमाध्यममा ठूलो पकड जमाएको थियो । तर उच्च माध्यमिक शिक्षा परिषदको परिक्षामा भने यो यस्ता घट्ना विरलै मात्रामा सुनिन्छ । चिट चोरेर पास गर्ने वानी लागेका परिक्षार्थीहरुले गर्दा पनि नतिजा खस्केको अनुमान गर्न सकिन्छ ?
यो स्टोरी स्थानिय पत्रिकामा पनि प्रकाशित भएको छ पत्रिकाकै आकारमा हेर्ने भए यहाँ क्लिके हुन्छ । 

by Pawan Paudel · 0

एसएसली रिजल्ट कुर्दा कुर्दा वाक्क !



समय दिउँसोको तीन बजेको थियो ताजा समाचार हेर्नको लागि नागरिक दैनिकको वेवसाईट खोले । त्यसमा Flash News भनेर आज एस एल सी को पुरक परीक्षाको नतिजा सार्वजनिक हुँदै भनेर लेखिएको थियो । त्यसपछि आपूm पनि मास्टर भएकाले नतिजाको पर्खाईमा बसीरंहे । ४ बजेर तीन मिनेट गयो र एस एल सी को नतिजा प्रकाशित गर्दै आएका नेपालका वेवसाईट हरु सबै हेरे तर कुनै मा पनि नतिजाको बारेमा केही पनि थिएन । त्यसपछि आप्mनो फेसबुक स्ट्याट्स मा लेखैं । नेपाललाई समय भन्ने के हो अझै पनि थाहा छैन । त्यसको केही समय पछि एकजना मित्रले कमेन्ट गर्नुभयो । नेपालको चाला यस्तै हो भनेर । करिव ४ बजेर १७ मिनेट गएको बेला कान्तिरपुले आप्mनो बेवसाईटमा Flash News भनेर लेख्यो केही समयपछि एस एल सी को

Readmore

by Pawan Paudel · 1

खुला कक्षामा विद्यार्थीको आकर्षण बढ्दो

Click here to Enlarge
तपाईलाई कक्षा १० मा पढ्ने विद्यार्थीको उमेर कति हो जस्तो लाग्छ ? सायद १५ देखि १८ वर्षसम्मका विद्यार्थीहर कक्षा १० मा अध्ययनरत हुन्छन् तर ५० वर्ष उमेरका विद्यार्थीहरु कक्षा १०मा पढ्दैछन् भन्दा अचम्म लाग्न सक्छ तर अचम्म नमान्नुहोस । पुर्वी झापाको विर्तामोडमा रहेका श्री देवी माध्यमिक विद्यालयमा यस्तै ९५ जना विद्यार्थीहरुले यो वर्ष एसएससीमा सामेल हुँदैछन् ।  पढाईलाई उमेर कहिल्यै पनि पनि छेक्दैन यो यथार्थ भएको छ । १५ वर्ष अगाडी एसएलसी परीक्षामा सामेल भएकी काकडभिट्टाकि भिमा गौतम फरि अहिले एसएलसि दिनको लागि कम्मर कसेकी छिन् ।उनीजस्तै बढी उमेरले गर्दा नियमित विद्यालय आउन नसक्नेहरुको लागि एउटा कोशेढुङ्गा भएको छ शैक्षिक जनशक्ति विकास केन्द्रले संचालन गरेको खुल्ला शिक्षा कार्यक्रम । 
देशभरी फैलिएको यो खुल्ला शिक्षा निमावि र मावि गरेर दुई तहमा विभाजित छ । झापा जिल्ला अहिले सरस्वती निम्न माध्यमिक विद्यालय दमक र  देवी माध्यमिक विद्यालय विर्तामोड दुवैमा मावि र निमावि तह संञ्चालनमा छन् । अघिल्लो वर्ष प्रथम पटक देवी माध्यमिक विद्यालयबाट खुल्ला कक्षाबाट ४५ जना विद्यार्थी एसएलसीमा सहभागि भएका थिए । उनीहरुको नतीजा साचेजस्तै आएको बताउछन्् देवी माविका शिक्षक भेषराज चौलागाई । उनका अनुसार यसपटक ९

Readmore

by Pawan Paudel · 0

नेपालको शिक्षा र सरकारी विद्यालय

नेपालको आर्थिक बजेटको ठूलो हिस्सा शैक्षिक क्षेत्रमा हुन्छ । तर शैक्षिक क्षेत्रको उपलव्धी जसले जति भने पनि आशा गरेअनुसारको केहि हिस्सा पनि छैन । सेमिनार तालिम र विविध शिर्षकमा अरबौं रकम प्रत्येक वर्ष खर्च हुन्छ तर उपलव्धी भने शुन्य भन्दा पनि केही फरक नपर्ला ।
देवी माध्यमिक विद्यालय विर्तामोड, झापामा पढाईरहेको बेला ।
 अरुभन्दा पनि शहरीक्षेत्रमा रहेका विभिन्न सरकारी विद्यालयको शिक्षाको स्तर त यति खस्कँदो छ जुन हामीले सुन्दा पनि लाज लाग्छ तर वास्तविकता यस्तै छ । म आफू पनि एउटा शहरी क्षेत्रमा रहेको सरकारी विद्यालयमा विगत ४ वर्षमा निरन्तररुपमा कार्यरत छु । मैले धेरै कुराको अनुभव गरेको छु तिनिहरुको केही यहाँ खोतल्न चाहान्छु । हुनत यो मेरो अनुभव सवै ठाउँमा लागु नहुन सक्छ तर देशका विभिन्न शहरी क्षेत्रमा रहेका सरकारी विद्यालयका पीडा यिनिहरुसँग मेल खान सक्छ ।
पूर्वााचलको व्यापारिक केन्द्र भनेर चिनिने झापाको विर्तामोडमा अवस्थित श्री देवी माध्यमिक विद्यालयमा म केहीवर्ष अगाडी देखि विज्ञान र गणित शिक्षकको रुपमा कार्यरत रहेको छु । यस विद्यालयमा अध्ययन गर्ने धेरै जसो विद्यार्थीहरु निम्न आयश्रोत भएका र अशिक्षित परिवारका सन्तानहरु हुन भन्दा केही फरक नपर्ला सामान्य परिवार र शिक्षित परिवारका छोराछोरीहरु निजी विद्यालयमा पढ्न जान्छन् भने अरु यस विद्यालयमा। कक्षा १ देखि कक्षा १० सम्म भएको यस विद्यालयमा जम्मा २४०० विद्यार्थी छन् भने शिक्षकको संख्या ३५ । यसरी एकजना शिक्षकको जिम्मामा  लगभग ७० जना विद्यार्थी । विचरा एक जना शिक्षकले एउटा कक्षाकोठामा रहेका ७० जना विद्यार्थीलाई कसरी हेन्डल गरोस् ।

Readmore

by Pawan Paudel · 1

ब्रिटेनमा टायरफोर र विद्यार्थीको चाप

टायर फोर भनेको ब्रिटेनमा अध्ययन तथा तालिमका लागि विदेशी विद्यार्थीको प्रवेशको व्यवस्था गर्ने नयाँ पद्धति हो । युके स्टुडेन्ट भिसा सर्भिसको सट्टा टायर–४ भिसा सिस्टम ल्याइएको हो । यसले विदेशी विद्यार्थी भर्ना गर्ने विश्वविद्यालय तथा कलेजलाई बढी जिम्मबारी दिएको छ । यसको मुख्य उद्देश्य ब्रिटेनमा अध्ययनको बाटो पारदर्शी र विद्यार्थी मैत्री बनाउनु हो । नयाँ सिस्टमअनुसार सबै टायर भिसामा विदेशी विद्यार्थी वा काम गर्ने चाहनेलाई प्रायोजकले प्रायोजन गर्नुपर्छ । विद्यार्थीको हकमा विद्यार्थीले पढ्न चाहेको विश्वविद्यालय वा कलेजले प्रायोजन गरेको हुन्छ । विदेशी विद्यार्थीलाई स्वीकारेको विश्वविद्यालय वा कलेजले विद्यार्थीको क्षमताका बारेमा प्रतिबद्धता व्यक्त गर्नैपर्छ ।टायर फोर सिस्टमले विदेशी विद्यार्थीलाई ब्रिटेनमा स्थायी रूपमा बस्ने अधिकार दिँदैन ।

Readmore

by Pawan Paudel · 0

झन्झटिलो विदेशको अध्यनन


अहिले जताजतै चर्चाको विषय बनेको छ बेलायत भिषा प्रकरण र नेपाली विद्यार्थीको स्थिति । नेपालबाट उच्च शिक्षा हाँसिल गर्न भनी बेलायत जाने तयारीमा रहेका ३० हजार विद्यार्थीहरु बेलायतका करिव १५० कलेज तथा विश्वविद्यालयहरु Suspension मा पर्दा अन्यौलमा रहेका छन् । बेलायतमा सुरु गरिएको Tier for Programme अन्तगत ती विद्यार्थीहरु बेलायत जाने तयारी गरिरहेका थिए ।अब हामी सोचौं किन बर्षेनी यसरी दक्ष जनशक्ति नेपालबाट विदेश पलायन हुने गरेका छन् ? एउटा तीतो सत्य के हो भने हाम्रो देशमा रहेका निजी विद्यालयका उत्पादनहरु अर्को अर्थमा भन्नुपर्दा देशमा रहेका उर्जाशील शैक्षिक हस्तिहरु बढी मात्रामा विदेशिने क्रम जारी छ ।

Readmore

by Pawan Paudel · 0

previous home