याहु, जिमेल च्याट म्यासेन्जरमा रमाईरहेकाहरुले फेसबुकमा पनि एउटा सुविधा पहिलेदेखि नै मागिरहेका छन् । आज बिहान फेसबुक Log In गरेपछि त्यो सुविधा थपिएछ भन्ने भान पर्यो । फेसबुकमा अनलाइन भएका साथीहरूसँग च्याट गर्नको लागि विभिन्न एप्लिकेसनहरु नबनेका भने होइनन् । मोबाइलमा फेसबुक चलाउनेहरु हुन् वा क्याप्युटर, ल्यापटप, आईफोन चलाउनेहरुले विभिन्न एप्लिकेसन प्रयोग गरेर फेसबुक लग इन नगरीकन च्याट गर्न पाउँथे । तर फेसबुक आफैँले भने यो सुविधा बल्ल मात्र दिएको हो । 
फेसबुकमा भएका रिसेन्ट नोटिफिकेसन, म्यासेज, फ्रेन्ड रिक्वेस्ट जस्ता कुराहरु यहँबाट नै थाहा पाउन सकिन्छ । फेसबुक च्याटमा एउटा थप्नुपर्ने कुरा के हो अरू म्यासेन्जरमा जस्तै आफू Invisible बस्ने सुविधा छैन । आफू अफलाइन बसेपछि अनलाइन भएका साथीहरू देख्न सकिदैन । आफू अफलाइन बसेर भएपनि आफ्ना अनलाइन भएका केही सेलेक्टेड मित्रहरुसँग मात्रै च्याट गर्न सक्ने सुविधाको माग धेरै बढेको छ । यसतर्फ जुकेरवर्गको ध्यान कहिले जाला ?कसरी गर्ने हो इन्स्टल ?
माथिको चित्र नं. १ मा देखाएजस्तै तपाईको फेसबुकमा यस्तो नोटिफिकेसन देखियो भने इन्स्टल म्यासेन्जर भनेर क्लिक गर्नुहोस् । यदि छैन भने त्यहाँ रहेको सेटिङ मा क्लिक गर्नुहोला माथि इन्स्टल म्यासेन्जर भनेर आउँछ । एउटा सानो एप्लिकेसन फाइल तपाईकको कम्प्युटरमा डाउनलोड हुन्छ । केहि समयपछि तपाईले कम्प्युटरमा २ नं. जस्तो चित्र देखिन्छ । यो एप्लिसकेसन इन्स्टल भएपछि तेस्रो र चौथो चित्रजस्तै तपाईले देख्न सक्नुहुन्छ । अब मजाले फेसबुक म्यासेन्जरको उपयोग गर्नुहोस् ।Update:- This is only available for windows 7 operating system and Vista. If you are using Windows XP then it will available after some days.
by Pawan Paudel · 3
केही समय अगाडी यो पोस्टमा विश्वका सबैभन्दा बढी फ्यानहरु भएका फेसबुक पेजको बारेमा लेखेको थिए । आज नेपाली फेसबुक पेजको बारेमा लेख्दैछु । के होला त नेपालको फेसबुकमा अवस्था । धेरै नेपालीहरूले नेट भनेको फेसबुक मात्रै चिन्दछन् । थोरै जनसङ्ख्या भएको देश र बल्ल अहिलेसम्म ५० प्रतिशत जनतामा मोबाइलको पहुँच पुगको ठाउँमा इन्टरनेटको पहुँच कति नै होला र । केही अपवाद बाहेक हामीले सही रूपमा इन्टरनेटको सदुपयोग गर्न नसकेको तितो यथार्थ रहको छ ।
निजी क्षेत्रको सबैभन्दा ठुलो मोबाइल प्रदायक एनसेल ले नेपालको फेसबुक पेजको सबैभन्दा अग्रस्थान लिएको छ । २ लाख ५ हजार भन्दा बढी फ्यानहरु रहेको एनसेल नै नेपालको सर्वाधिक धेरै फ्यान पेज भएको फेसबुक पेज हो ।

संधै नेताहरुलाई मात्र गाली गर्ने, नेताहरुको अश्लिल कार्टुनहरु बनाई अपलोड गर्ने र अधिकांश च्याट मात्र व्यस्त रहने भन्ने आरोप खेपिरहेका फेसबुक प्रयोगकर्ताकाले अहिले राष्ट्रिय ढुकुटीबाट अनावश्यक खर्च हुन लागेको २ करोड रुपैया जोगाएका छन् ।
र यो एही देश हो, एउटा पार्टीको नेताको छोरो हुँदैमा उस्ले दुई करोड पाउछ।
सत्य हो , यो देश सतीले सरापेको हैन शहीदले सरापेको हो।
Himal Yugpath:- माओवादी अध्यक्ष प्रचण्डले छोरोलाई सगरमाथा चढाउन दुई करोड दिए । एक करोड खर्चेर बाँकी पैसोले चार-पाँच वटा ट्रक किने जिन्दगीभरी पालिहाल्छ ।
प्रधानमन्त्री भट्टराईले क्रिकेटको क नजानेकी छोरी मानुषी लाई क्रिकेट संघको सदस्यमा नियुक्ती गरे । तलब भत्ता राम्रै आउला । क्रिकेट पनि सिकेर पछि क्यानको अध्यक्ष होलिन् । अब नीति नियम सच्याएर श्रीमती हिसिलालाई राष्ट्रबैंकको गभर्नर बनाए भने पनि अचम्म नमाने हुन्छ । पदमै छँदा लुट्ने हो देश । लुट भैरे लुट ...
विश्वमा सामाजिक सञ्चालबाट भएका विरोधहरुबाट देशका ठूला निर्णय नै पल्टेका छन् । नेपालमा भने भख्खर भख्खरै यसको प्रभाव पर्न थालेको छ । केही समय अगाडी नेपाली कांग्रेस गरेको देश व्यापी अन्श्चितकालिन हड्ताल होस् वा ज्याला पुरै लियौं अब संविधान देऊ भन्दै स्वतस्फूत रुपमा अगाडी बढेको नेपाल युनाईट्स नामक फेसबुक पेज ।
नेपालका मुल धारका मिडियाहरुमा पनि अब सामाजिक सञ्जालले ठूलो स्थान पाउन थालेको छ । यसको सुरुवात भएको थियो नेपालका लागि अमेरिकी राजदुत स्कट् एच.डेलिसको स्टाट्स मार्फत । यसबाट विभिन्न राजनैतिक दल तथा तिनीहरुका भातृ संगठनहरुले ठूलो पाठ सिक्नुपर्ने देखिन्छ । सरकारले गरेको निर्णयको विरोधमा चक्काचाम, बन्द हड्ताल र टायर बाल्ने जस्ता प्रवृती देखाउन आवश्यक छैन भन्ने कुरो उनिहरुको दिमागमा खुस्नु जरुरी छ । जसलाई दाहालपुत्र प्रकाशको २ करोड काण्डबाट पुष्टि भएको छ ।
जब प्रकाश स्वंयले सरकारबाट ३ करोड मागिएकोमा २ करोड मात्र उपलव्ध भयो भन्ने स्टाट्स फेसबुकको आफ्नै भित्तामा पोस्ट गरे । त्यसपछि उनको विरुद्धमा पुरै फेसबुक प्रयोगकर्ताहरु खनिएका थिए । जसबाट सहन नसकी शनिबार राती उनले आफ्नै खाता डिएक्टिभेट गरेका थिए अहिले आफूले रकम नलिने घोषणा गर्नकै लागि पुन एक्टिभेट गरका छन् ।
कुल जनतामध्धे लगभग ५ प्रतिशत जनताले गरेको ई–विरोध (इन्टरनेटको माध्यमबाट गरिएको विरोध) ले सरकारको निर्णय उल्टिएको छ । यसरी सरकारको निर्णय नै उल्टाउने गरी देखिएका केही बिरोधहरु तल जस्ताको तस्तै राखिएको छ । यी सबै उनिहरुको निजी बिचारहरु हुन् ।
Arjun Subedi :- गरीब नेपाली जनता ले तिरेको कर को पैसा बाट कारीब २० गा बि स लाई पुग्ने बर्शिक बिकास खर्च बाराबर जम्मा २ करोद रुपैयाँ खर्च गरेर सगरमाथा च दैमा शान्ति र सम्बिधान सुनिस्चित हुने भए कृपया दाहाल ज्यु अरु थप २ करोद बदी खर्च गरेर अल्प सन्ख्एक्,पिछदियका गरीब नेपालीहरु लाई पनि सगरमाथा अरोहन गरौने कि ? ? ? एस्बाट सबै नेपाली को सम्बृदी र उन्नती हुन्थ्यो कि ? ? ?
Acharya Dikshu :- यदी यसरी नै राज्य को करोडौं सम्पती नेताहरुको छोराहरु को शोख मा खर्च गर्ने हो भने हामी जस्तो सर्ब साधारण जनताहरु ले राज्यलाई कर तिर्न कुनै औचित्य छ र ...........
Kc Prakash :- प्रकाश जी गरीब भोका नाङगा जनताले एक पेट खान र एक झुम्रो लाउन नपाईरहेको यो अवस्थामा,तपाईं जस्तो जिम्वेवार व्यक्ती जो अध्यक्ष कमरेडको छोरा हुनुहुन्छ ले आज एउटा सिटमोल खान नपाएर मरिरहेको यो देशको जनताको अगाडी शक्त्ती र पदको दुरुप्योग गर्दै गरीबले कर तिरेर जम्मा गरेको राज्य कोषको रकममा ब्रहलुट मच्चाउनु के राम्रो काम हो यो ? जस्ले तपाईंलाई यो गर्न उक्साई रहेका छन उनिहरु हाम्रो शत्रु हुन जस्ले ए ने क पा माओवादीको दुखद अन्त्य चाहन्छन त्यसैले समय अझै बाकी छ एक पटक फेरी सम्झौ १५००० ति वीर सपुतका सुन्दर सपनाहरु
सरकारले एक बोतल पानी खाने पैसा दिएन।र यो एही देश हो, एउटा पार्टीको नेताको छोरो हुँदैमा उस्ले दुई करोड पाउछ।
सत्य हो , यो देश सतीले सरापेको हैन शहीदले सरापेको हो।
Himal Yugpath:- माओवादी अध्यक्ष प्रचण्डले छोरोलाई सगरमाथा चढाउन दुई करोड दिए । एक करोड खर्चेर बाँकी पैसोले चार-पाँच वटा ट्रक किने जिन्दगीभरी पालिहाल्छ ।
प्रधानमन्त्री भट्टराईले क्रिकेटको क नजानेकी छोरी मानुषी लाई क्रिकेट संघको सदस्यमा नियुक्ती गरे । तलब भत्ता राम्रै आउला । क्रिकेट पनि सिकेर पछि क्यानको अध्यक्ष होलिन् । अब नीति नियम सच्याएर श्रीमती हिसिलालाई राष्ट्रबैंकको गभर्नर बनाए भने पनि अचम्म नमाने हुन्छ । पदमै छँदा लुट्ने हो देश । लुट भैरे लुट ...
by Pawan Paudel · 1
सामाजिक सञ्जालको आधिपत्य नै मानिएको फेसबुकको चर्चित १० व्यक्तिहरूको बारेमा आज एउटा ब्लग पोस्ट लेख्दैछु । ८४ करोड ४५ लाख फेसबुक प्रयोगकर्ता मध्धे सुपर स्टार Eminem फेसबुकको सर्वाधिक चर्चित व्यक्तिका रूपमा परेका छन् । यो पोस्ट तयार पर्दासम्म उनलाई लाईक गर्नेहरुको सङ्ख्या ५ करोड सत्चालिस लाख चौतिस हजार ६ सय चालिस । (५४,७३४,६४०) अर्थात् फेसबुक प्रयोगकर्ता मध्धे ६ दशमवल चार आठ प्रतिशत प्रयोगकर्ताले उनलाई लाईक गरेका छन् ।
by Pawan Paudel · 3
टेक्स म्यासेन्जिङमा मात्र प्रयोगकर्ताले चित्त नबुझाएपछि फेसबुकले सन् २०११ अप्रिलमा भ्वाईस कलिङ सेवा सुरु गरेको थियो त्यसको ४ महिना नबित्दै फेसबुकले स्काईपीसँग मिलेर भिडियो च्याटको सुविधा ल्यायो । ल्याएको छोटो समयमा नै त्यो बिलाएर गयो तर त्यसलाई नै परिस्कृत गरेर फेरी फेसबुकले भिडियो सेवा सुरु गरेको छ पहिलोको भन्दा धेरै स्तरीय रहेको छ । कम गतिको इन्टरनेटमा पनि स्काईपीमा जस्तै गरी भिडियो च्याटको मजा लिन सकिन्छ । यदि तपाईँ डेक्सटप कम्प्युटर प्रयोग गरिरहनुभएको छ र तपाईँसँग वेबक्याम छैन भने पनि तपाईँले फेसबुकको भिडियो कलिङबाट अरूको भिडियो देख्न सक्नुहुन्छ तपाईँको आवाज मात्र अर्को व्यक्तिले सुन्न सक्नेछन् ।
by Pawan Paudel · 0
हामीले कति जना मानिसहरूको बारेमा जानकारी राख्न सक्छौं । आफ्नै मिल्ने साथिसंगिनीहरुको जन्मदिन पनि कतिलाई याद नहुन सक्छ । यहाँ यस्ता मानिसहरूको चर्चा गर्न थालिएको छ जसले २०११ डिसेम्बरसम्ममा विश्वभरका ८४ करोड ५० लाख व्यक्तिहरुको जानकारी राखेका छन् । ती अरू कोही सामाजिक सञ्जालमा आधिपत्य नै जमाएको फेसबुकको संस्थापक मार्क जुकरवर्ग नै हुन् ।
मार्क जुकरवर्ग १४ मे १९८४ मा न्यूयोर्क को ह्वाईट पेन्समा माता करेन र पिता ईडवार्ड को कोखबाट जन्मेका हुन् । ६ वर्षको कलिलो उमेरमा नै उनलाई उनका बाबुले अटारी बेसिक प्रोगामिङ सिकाउने थालेका थिए । सानैदेखि कम्प्युटर प्रोग्रामिङ र कम्प्युटर गेम बनाउने रुचि भएको कारणले नै गर्दा होला विद्यालय अध्ययन गर्ने उमेरमा नै उनले जुकनेट नाम गरेको एउटा सफ्टवेर प्रोग्राम बनाएका थिए । यो सफ्टवेयरले इडवार्डको दन्त किल्निकमा रहेको कम्प्युटर र घरमा रहेको कम्प्युटरबीच सम्पर्क हुन सक्थ्यो । त्यही अवधारणामा अर्को वर्ष AOL म्यासेन्जर निस्केको हो । उनीभित्र रहेको दक्षता देखेर माईक्रोसफ्ट र एओएलले जुकरवर्गलाई आफ्नो कम्पनीमा आवद्ध गराउन खोजेका थिए तर उनी त्यतातिर ध्यान नदिएर हावर्ड विश्वविद्यालयमा उच्च शिक्षा हाँसिल गर्न लागे ।
by Pawan Paudel · 1
सामाजिक सञ्जालको प्रर्यायवाची नै बन्न पुगेको फेसबुकको बारेमा तपाईँ हामी धेरै अगाडीदेखि नै जानकार छौँ तर सबैलाई यी कुरा थाहा नहुने सक्छ त्यसैले फेसबुकका केही टिप्स यहाँ प्रस्तुत गर्दैछु ।
१. फेसबुक खातालाई पेजमा रूपान्तरण गर्ने ।
यो पहिलो टिप्स विशेष गरी सेलिब्रेटी, संस्था, ब्लगरमित्रहरुको लागि लाभदायक हुनेछ । कोही मित्रहरुको ५ हजार साथी पुग्न आँटेका छन् अब आउने रिक्वेस्टलाई सिधै इन्कार गर्नुपर्ने अवस्था आएको छ भने पनि यो पोस्ट उपयोगी हुन सक्छ । हामीमध्धे धेरैलाई फेसबुक पेजको जानकारी कम भएकाले पहिला एउटा फेसबुकको व्यक्तिगत खाताबाट नै फेसबुक चलाउने गर्दछौं । फेसबुकको एउटा व्यक्तिगत खातामा ५ हजार भन्दा बढी साथीहरू बनाउन सकिदैन । जसले गर्दा हामीले दिने गरेका सूचना तथा जानकारीहरु सम्बन्धित मान्छेहरुसँग नपुगेको पनि हुनसक्छ । तपाईँले यहाँबाट आफ्नो फेसबुकको खातालाई पेजमा रूपान्तरण गर्न सक्नुहुन्छ । यसबाट सबै साथीहरू अब पेजका सदस्य बन्नुहुनेछ । तर ध्यान दिनुहोला । अहिलेसम्मका फेसबुकमा तपाईँले राखेका तस्बिर, भिडियो सबै हराएर जानेछन् । त्यसैले पहिले आफूले राखेका सम्पूर्ण जानकारीहरुलाई डाउनलोड गर्नुहोस् ।

२. दुईवटा पेजलाई एउटैमा मर्ज गर्ने
दुईवटा पेजलाई एउटैमा मर्ज गर्नको लागी Edit Page मा गएपछि चित्रमा देखाए जस्तै । Resource भित्र Merge Duplicate Page भेटिन्छ । तर यसको लागि एउटै नामको दुईवटा पेज हुन आवश्यक छ । एउटै नामको एउटा खाता वा पेज छ भने खातालाई पहिलो टिप्स अनुसार पेजमा बदल्न सक्नुहुनेछ । अब पेजको नाम बदल्छु अनि दुवैलाई एउटैमा मर्ज गर्छु भन्नुहुन्छ भने पेजमा १०० जना भन्दा कम सदस्यमा भएमा मात्र पेजको नाम बदल्न सकिन्छ नभए सकिदैन ।
यसरी दुवैलाई एउटैमा बदलेपछि स्वतः पेजका सदस्यहरु एउटैमा आइपुग्छन् तर यो कुरा सदस्यहरूलाई थाहा नै हुँदैन । कोही सदस्यहरु त मैले लाईक नगरेको पेजले किन मेरो प्रोफाइलमा अपडेट गरिरहेको छ भन्ने भान पनि पर्न सक्छ ।
by Pawan Paudel · 1
केही महिना अगाडी मात्र सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल गुगलप्लसले सुरुकै अवस्थामा संसारभरमा असि करोड प्रयोगकर्ता रहेको फेसबुकलाई चुनौती दिने सङ्केत देखायो ट्विटर लगायत अन्य सामाजिक सञ्जालहरु फेसबुककासँगै प्रतिस्पर्धाधाका लागि मैदानमा उत्रिए । छोटो समयमा नै विश्वलाई आफ्नो कब्जामा राख्न सफल फेसबुकले आफ्नो अस्तित्व जोगाउन बेलाबेला सुविधाहरु थपघट गर्दै आएको छ त्यसको पछिल्लो उदाहरण हो २ हप्ता अगाडी थप ल्याइएको टाइमलाईन । यसले एउटै पानामा जिन्दगी कोरिदिन सक्छ । संस्थापक मार्क जुकरवर्गले यो सेवा सुरु गरेको बताएपनि सबै फेसबुक प्रयोगकर्ताको पहुँचमा भने पुग्न सकेको छैन । केही सीमित व्यक्तिहरुलाई यो सुविधा दिएर परिक्षण गर्न थालिएको छ ।
फेसबुकका अगाडीका दिनमा जाने हो भने प्रोफाइलमा नाम, एउटा तस्बिर, पढेको स्कुल र जन्मेको दिन मात्र देख्न र राख्न सकिन्थ्यो । उक्त पानामा १०/१५ मिनेटको बिचमा राखिएका कुराहरू मात्र हुन्थे । केही समय अगाडी राखिएका कुराहरू हराउँथे जसलाई खोज्नको लागि निकै हम्मे हम्मे पर्दथ्यो । तर अब तिज दिनहरु गए । पढेको स्कुल जन्मेको दिन मात्र हैन त्यो अवस्थाको तस्बिर, भिडियो अथवा अन्य अविस्मरणीय क्षणको बारेमा उल्लेख गर्न सकिनेछ । प्रयोगकर्ताले अहिलेसम्म फेसबुकमा अपडेट गरेका कुराहरू एउटै पाना देख्न पाउनेछन् । पहिलाको जस्तो नयाँ कुरा थप्दै गएमा पुराना अपडेटहरु हराउँदैनन् ।
टाईमलाईन सूचारु भएपछि प्रयोगकर्ताको प्रोफाइल पहिलाको भन्दा ठुलो देखिन्छ । (डेमोको लागि यहाँ क्लिक गर्दा हुन्छ ।) लाग्छ यो कुनै ब्लगको स्वरूप त हैन । प्रोफाइलको सिरानमा आफ्नो फोटो वारपार राख्न सकिनेछ । कुन र कस्तो फोटो राख्ने भन्ने कुरामा प्रयोगकर्ता आफैँले निर्धारण गर्न सक्छन् तर व्यापारिक प्रयोजनका लागि तयार पारिएका तस्विरहरु नराख्न सुझाव दिइएको छ ।
दायाँपट्टि देखिएको टाइमलाइनले प्रयोगकर्तालाई विगतमा फर्कन मद्दत गर्नेछ । त्यहाँ मिति राखिएको हुन्छ जुन मितिमा क्लिक गर्दा सोही समयमा गरिएका कुराहरू देखिनेछन् । साथसाथै छुटेका घटनाहरू पुनः सोही मितिमा राख्न सकिनेछ । मानौ प्रयोगकर्ताको खाता २ महिना अगाडी मात्र खोलिएको छ तर उसले यो सुविधामार्फत १० वर्ष अगाडी जीवनमा घटेको महत्वपूर्ण घटना सोही मितिमै राख्न सक्छ । कहाँ र को को साथिहरुको बिचमा भन्ने कुरासमेत खुलाउन सकिन्छ ।
सञ्चालनमा ल्याउन लागिएको टाईमलाईनको बेफाइदा पनि नभएका होइनन् । पहिलो वेफाइदा भनेको व्यक्तिगत सूचनाहरुको दुरुपयोग हुनु हो यदि आफ्ना सूचनाहरुलाई सुरक्षित गर्न नजानेको खण्डमा जन्मदेखि अहिलेसम्मका सबै विवरणहरु सजिलै अरूले प्राप्त गर्न सक्नेछन् । जसबाट आफ्नो गोपनियता भङ्ग हुन्छ । मार्क जुकरवर्गले यो परिष्कृत रूप तयार पार्नु अगाडी भनेका छन् –‘तपाईको जिन्दगीको सबै कथा फेसबुकको एउटा पानामा समेटिनेछ ।’ यसरी सबै सूचनाहरु एउटै पानामा समेटिएपछि गोप्य सूचना चुहावट हुने सम्भावना बढी छ ।
सामाजिक सञ्जालहरुको भीडमा फेसबुक अग्रपंक्तिमै देखिन्छ यसलाई पछार्नका लागि अन्य सञ्जालहरु लागिपरेका छन् जसको फलस्वरुप समयानुकाल परिवर्तन गर्नुपर्ने हुन्छ । गुगलले सुरु गरेको सामाजिक सञ्जाल गुगलप्लसको ह्याङआउट फिचरसँग प्रतिस्पर्धा गर्न फेसबुकले स्काईपीसँग मिलेर भिडियो च्याटको सुविधा ल्याएको थियो तर त्यसलाई निरन्तरता दिन सकेन् । गुगलप्लसले भने सो सेवा सुरुवातका मितिदेखि निरन्तर दिइरहेको छ । यसअघि गुगलले सुरु गरेको इमेल सेवासँग पनि प्रतिस्पर्धा गर्न लम्किन खोज्यो गुगलले सुरु गरेको इमेल सेवा बढी प्रभावकारी र यसका प्रयोगकर्ताको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि १५ नोभेम्बर २०१० मा फेसबुकले पनि इमेल सेवा सुरु गर्ने घोषणा गरेको थियो । टेक पण्डितहरु फेसबुकको ईमलेलाई ‘जिमेल किलर’ को संज्ञा दिएका थिए । त्यसमा पनि फेसबुकले गुगललाई जित्न सकेन ।
जहिले पनि नयाँ सुविधाको घोषणा गर्ने तर त्यसलाई पूर्णता दिन नसक्दा यो टाईमलाईन पनि पहिलाकै जस्तो त हुने हैन भन्ने शंका र उपशंकाहरु बढी जन्मिएका छन् ।
![]() |
Timeline
:- Advantages, Disadvantages and Its future prediction.
Story Publish on
13/10/2011 on Janasamsad Daily (Kakarbhitta Jhapa)
|

इन्टरनेटको दुनियाँमा अहिले शितयुद्ध नै चलिरहेको छ फेसबुक र गुगलको । त्यसमा सामेल हुन आईपुगेको छ नेपाल टेलिकम । धेरैलाई लाग्न सक्छ यसरी इन्टरनेटको दुनियाँलाई आफ्नो कव्जामा राख्न सफल विश्वप्रसिद्ध दुई साईट फेसबुक र गुगलको अगाडी नेपाल टेलिकम बलिको बोको हुन किन अगाडी सरेको होला । ६० करोड प्रयोगकर्ता भएको फेसबुकलाई गुगलले कस्तो चुनौती दिने हो अनि सुरुमा १० लाख प्रयोगकर्ता
बनाउने लक्ष्य राखेको चौतारीको अवस्था कस्तो हुनेहो त्यो त भविष्यले नै देखाउला ।
फेसबुकका सस्थापक मार्क जुकरवर्गको व्यक्तिगत सम्पति गुगलका सस्थापकहरुको भन्दा बढी भएको समाचार प्रकाशित हुनसाथ गुगलले फेसबुकलाई चुनौती दिनको लागि सामाजिक सञ्जाल निर्माण गरेको छ । गुगल प्लस नाम दिइएको सो साईटमा फेसबुकमा भएका र त्योभन्दा पनि परिष्कृत सुविधाहरु थपेर सुरुमा केही सिमित व्यक्तिहरुलाई मात्र यसको सदस्य बन्ने सुविधा दिइएको छ । हुनत अप्रिल १ सन् २००४ मा गुगलले आफ्नो ईमेल सेवा सुचारु गर्दा पनि सुरुका दिनहरुमा केही व्यक्तिहरुले मात्र सो सेवा पाएका थिए । कसैले गुगलमा आफ्नो ईमेल खाता खोल्नको लागी गुगलकै अर्को ईमेल भएको साथिले निमन्त्रणा पठाउनु पर्दथ्यो ।
फेसबुकमा पनि यस्तै भएको थियो । जव गुगलले सुरु गरेको ईमेल सेवा बढी प्रभावकारी र यसका प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्न थालेपछि १५ नोभेम्बर २०१० मा फेसबुकले पनि ईमेल सेवा सुरु गर्ने घोषणा गरेको थियो । टेक पण्डितहरु फेसबुकको ईमलेलाई ‘जिमेल किलर’ को संज्ञा दिएका थिए । तर फेसबुकको ईमेल सेवाले जिमेललाई एक पाईला पनि तल झार्न सकेको छैन ।

फेसबुक र गुगल प्लसलाई एकछिन थाँति राखेर
नेपाल टेलिकमले बनाएको नेपाली सामाजिक सञ्जाल चौतारितर्फ लागौं । नेपालका १३ लाख इन्टरनेट प्रयोगकर्तामध्धे ९ लाख फेसबुकका सदस्य (केही समयअगाडीको तथ्यांक) त्यससंगै फेसबुकले खपत गर्ने इन्टरनेटको ब्यान्डविथ बढेपछि नेपाल टेलिकमले दिएको इन्टरनेट सेवाको गति सुस्त हुन थाल्यो । इन्टरनेटको स्पीड बढाउन नेपाल टेलिकमले ३ जिवी ब्यान्डविथ बढाएको थियो तर त्यो पनि काफि भएन् । यो समस्याको समाधान गर्नको लागि टेलिकमले योजना बनायो आफैले किन सामाजिक सञ्जाल स्थापना नगर्ने त ? इन्टरनेको भर्चुअल सामाजिक सञ्जालमा लगभग एकाधिकार जस्तै कायम गरेको फेसबुकलाई नेपाल टेलिकमले चुनौती दिने आँट गर्नु नै ठूलो कुरा हो ।
ट्विटर, फेसबुक, माईस्पेस जस्ता साईटहरुको सर्भर अमेरिकमा रहेकाले नेपाली इन्टरनेट प्रयोगकर्ताहरु ती सामाजिक सञ्जालको सदस्य हुँदा विदेशी डलर बाहिरीरहेको अवस्थामा नेपालमै सर्भर, र नेपाली कन्टेन्ट राखेर सुरु गरिएको चौतारी आफैमा प्रशंसनिय कार्य हो । समाचारमा बताइए अनुसार नेपाल टेलिकमको सूचना प्रविधी निर्देशनालयका करिव २ दर्जन प्राविधिकहरु यो साईट निर्माण गर्न अहोरात खटिरहेका छन् । करिव २ महिनाभित्रमा सबैलाई सदस्यता प्रदान गर्न सकिने जनाइएको छ । यसको सदस्यता प्राप्त गरेपछि नेपाल टेलिकमको मोवाईल प्रयोगकर्ताहरुले दैनिक १० वटा एसएमएस निशुल्क पढाउन सक्नेछन् । अहिले पनि नेपाल टेलिकमका पोष्टपेड ग्राहकहरुले टेलिकमको आधिकारीक वेवसाईटबाट नेपाल टेलिकमको नेर्टवर्कमा दैनिक ५ वटा एसएमएस निशुल्क पठाउन पाउने सुविधा पाइरहेकै छन् । टेक पण्डितहरुले सुरुमै यसमा आशंकाका धब्बाहरु देखिसकेका छन् । http://chautari.ntc.net.np ठेगाना दिइएको यो सामाजिक सञ्जालको समाचार मिडियामा आएपछि धेरै नेपाली नेटिजनहरु यसको सदस्य बन्नको लागि आतुर भए तर सुरुमा नेपाल टेलिकमले उसका आफ्नै कर्मचारहरुलाई मात्र सदस्य बनाएर परिक्षण गरिरहेको थियो । सदस्यताका लागि धेरैको आवेदन पर्न थालेपछि इन्टरनेट ब्राउजरमा यो साइट खुल्न सकेको छैन । आफ्नो देशका सम्पूर्ण भूभागमा त मोवाईलको नेटकर्व प्रदान गर्न नसक्ने टेलिकमले विश्वलाई नै आफ्नो मुठिमा राख्न सफल भएको फेसबुकको प्रतिस्पर्धामा किन उत्रेको हो । पहिला आफ्ना देशका ग्राहकलाई सन्तुष्टि दिएर मात्रै सामाजिक सञ्जालतिर हात हाल्नुपथ्र्यो ।
पत्रकार दिनेश वाग्लेको शव्दमा भन्नुपर्दा हलिउड र बलिउडका फिल्न हेर्ने बानी परेको आँखालाई नेपाली फिल्म हत्तपत्त मन नपरेजस्तै ट्विटर र फेसबुक जस्ता प्रभावी सामाजिक सञ्चाल उपयोग गर्ने बानी परेको नेपाली नेटिजनले स्वदेशी उत्पादन प्रयोग गर्ने नाममा कम सुविधा भएको चौतारी प्रयोग गर्ने कुरै भएन् । भविष्यमा त्यस्ता दिन पनि आउँलान् जब चिनियाँहरुले गुगलको साटो बाइडु सर्च इन्जिन प्रयोग गरेझैं नेपालीहरुले पनि फेसबुक र ट्विटरलाई छाडेर आफैले बनाएको सामाजिक सञ्जाललाई सक्दो प्रयोग गर्ने । त्यसका लागि चौतारीले गुगलप्लस, फेसबुक र ट्विट्रले दिएको सुविधाभन्दा बढी सुविधा दिनुपर्छ तर यो नेपाल टेलिकमको एकल प्रयासले मात्र असंभव छ ।
नेपाल टेलिकमले बनाएको नेपाली सामाजिक सञ्जाल चौतारितर्फ लागौं । नेपालका १३ लाख इन्टरनेट प्रयोगकर्तामध्धे ९ लाख फेसबुकका सदस्य (केही समयअगाडीको तथ्यांक) त्यससंगै फेसबुकले खपत गर्ने इन्टरनेटको ब्यान्डविथ बढेपछि नेपाल टेलिकमले दिएको इन्टरनेट सेवाको गति सुस्त हुन थाल्यो । इन्टरनेटको स्पीड बढाउन नेपाल टेलिकमले ३ जिवी ब्यान्डविथ बढाएको थियो तर त्यो पनि काफि भएन् । यो समस्याको समाधान गर्नको लागि टेलिकमले योजना बनायो आफैले किन सामाजिक सञ्जाल स्थापना नगर्ने त ? इन्टरनेको भर्चुअल सामाजिक सञ्जालमा लगभग एकाधिकार जस्तै कायम गरेको फेसबुकलाई नेपाल टेलिकमले चुनौती दिने आँट गर्नु नै ठूलो कुरा हो ।ट्विटर, फेसबुक, माईस्पेस जस्ता साईटहरुको सर्भर अमेरिकमा रहेकाले नेपाली इन्टरनेट प्रयोगकर्ताहरु ती सामाजिक सञ्जालको सदस्य हुँदा विदेशी डलर बाहिरीरहेको अवस्थामा नेपालमै सर्भर, र नेपाली कन्टेन्ट राखेर सुरु गरिएको चौतारी आफैमा प्रशंसनिय कार्य हो । समाचारमा बताइए अनुसार नेपाल टेलिकमको सूचना प्रविधी निर्देशनालयका करिव २ दर्जन प्राविधिकहरु यो साईट निर्माण गर्न अहोरात खटिरहेका छन् । करिव २ महिनाभित्रमा सबैलाई सदस्यता प्रदान गर्न सकिने जनाइएको छ । यसको सदस्यता प्राप्त गरेपछि नेपाल टेलिकमको मोवाईल प्रयोगकर्ताहरुले दैनिक १० वटा एसएमएस निशुल्क पढाउन सक्नेछन् । अहिले पनि नेपाल टेलिकमका पोष्टपेड ग्राहकहरुले टेलिकमको आधिकारीक वेवसाईटबाट नेपाल टेलिकमको नेर्टवर्कमा दैनिक ५ वटा एसएमएस निशुल्क पठाउन पाउने सुविधा पाइरहेकै छन् । टेक पण्डितहरुले सुरुमै यसमा आशंकाका धब्बाहरु देखिसकेका छन् । http://chautari.ntc.net.np ठेगाना दिइएको यो सामाजिक सञ्जालको समाचार मिडियामा आएपछि धेरै नेपाली नेटिजनहरु यसको सदस्य बन्नको लागि आतुर भए तर सुरुमा नेपाल टेलिकमले उसका आफ्नै कर्मचारहरुलाई मात्र सदस्य बनाएर परिक्षण गरिरहेको थियो । सदस्यताका लागि धेरैको आवेदन पर्न थालेपछि इन्टरनेट ब्राउजरमा यो साइट खुल्न सकेको छैन । आफ्नो देशका सम्पूर्ण भूभागमा त मोवाईलको नेटकर्व प्रदान गर्न नसक्ने टेलिकमले विश्वलाई नै आफ्नो मुठिमा राख्न सफल भएको फेसबुकको प्रतिस्पर्धामा किन उत्रेको हो । पहिला आफ्ना देशका ग्राहकलाई सन्तुष्टि दिएर मात्रै सामाजिक सञ्जालतिर हात हाल्नुपथ्र्यो ।
पत्रकार दिनेश वाग्लेको शव्दमा भन्नुपर्दा हलिउड र बलिउडका फिल्न हेर्ने बानी परेको आँखालाई नेपाली फिल्म हत्तपत्त मन नपरेजस्तै ट्विटर र फेसबुक जस्ता प्रभावी सामाजिक सञ्चाल उपयोग गर्ने बानी परेको नेपाली नेटिजनले स्वदेशी उत्पादन प्रयोग गर्ने नाममा कम सुविधा भएको चौतारी प्रयोग गर्ने कुरै भएन् । भविष्यमा त्यस्ता दिन पनि आउँलान् जब चिनियाँहरुले गुगलको साटो बाइडु सर्च इन्जिन प्रयोग गरेझैं नेपालीहरुले पनि फेसबुक र ट्विटरलाई छाडेर आफैले बनाएको सामाजिक सञ्जाललाई सक्दो प्रयोग गर्ने । त्यसका लागि चौतारीले गुगलप्लस, फेसबुक र ट्विट्रले दिएको सुविधाभन्दा बढी सुविधा दिनुपर्छ तर यो नेपाल टेलिकमको एकल प्रयासले मात्र असंभव छ ।
by Pawan Paudel · 0
एक समय थियो जब एउटा कविता लेखर साहित्यीक पत्रिका पठाएको डेढ महिनासम्म कहिले छापिएला भनेर कुरेर बस्नुपथ्यो । किनभने त्यो बेला पत्रपत्रिकाबाहेक साहित्यको निम्ती भर पर्दो माध्यम अरु कुनै थिएन् । त्यो समयलाई फेसबुकले हल गरिदिएको छ । जे सुकै साहित्यीक सिर्जना होस् । लेखिएको १ मिनेट भित्रमा अमेरिकामा भएको साथिले प्रतिक्रिया दिन सक्छ । बेलायतमा भएको साथिले ‘लाईक’ पठाउन सक्छ । साहित्यीक रचना फेसबुकमा पोष्ट गर्ने वित्तिकै धेरै नि प्रतिक्रियाहरुको ओइरो लाग्न थाल्छ ।
by Pawan Paudel · 2
नेपालमा कम्प्युटरको विकास भएको त्यति धेरै भएको छैन । नेपालमा पहिलोपटक जनगणना गर्नको लागि २०२८ सालमा कम्प्युटर भित्र्याईएको थियो । आईविएम १४०१ मोडलको कम्प्युटरलाई नेपालमा प्रयोग गरिएको पहिलो कम्प्युटर मानिन्छ । त्यसपछिका केही वर्षहरुमा पनि नेपालमा कम्प्युटरको दुनियाँमा खासै ठुलो परिवर्तन आउन सकेन । २०२८ सालदेखि २०४८ सालसम्म २० वर्षको अन्तरालमा पनि नेपालीहरुमा इन्टरनेट भनेको पहुँच बाहिरको कुरा थियो । तर २०४८ पछि विस्तारै विस्तारै गर्दै अहिले २५÷२६ वर्षको अन्तरालमा आकाश पातलको फरक पाइएको छ ।
पछिल्लो समयमा नेपाली इ-संसारमा फेसबुकको प्रयोग र लोकपि्रयता आकाश चुम्ने गरी बढेको छ । नेपाली पत्रकाहरुमाझ सबैभन्दा लोकपि्रयता कमाउदै गएको फेसबुकमार्फत समाचार समेत दिन थालिएका छ । पत्रकार राजकुमार श्रेष्ठले धनगढीका पत्रकार जेपी जोशीको हत्याको खवर सार्वजनिक गरे फेसबुकमार्फत । साथै उनले अर्को न्यूज पनि पस्के त्यसको भोलिपल्ट माओवादीमा नातावाद त्यस्तै गरी झापाका पत्रकार हिमाल खरेलले पत्रकार र जेसिस बीचको भएको मैत्रिपूर्ण खेलको खवर फेसबुकमार्फत सार्वजनिक गरेका थिए । यसरी न्यूज दिने गतिलो माध्यमको रुपमा समेत यसको प्रयोग गर्न थालिएको छ । पत्रकाहरु हेडलाइन लेखिरहेको समाचर खोजिरहेको डेक्समा बसिरहेको खवरहरु पनि फेसबुकमार्फत दिन थालेका छन् । यति मात्र कहाँ हो र नागरिक दैनिकका सम्पादक नारायण वाग्लेले आफ्नो भर्खरै जन्मेको छोरी र श्रीमतिको तस्वीरहरु समेत फेसबुकको प्रोफाइलमा राखे । बिबिसी नेपाली सेवा साझा सवालका प्रस्तोता नारायण श्रेष्ठले आफूले भेटेको अर्धागिनीको तस्विर पनि फेसबुकमार्फत सार्वैजनिक गरे कमेनट गनॆरहरुले पनि विविध तरिकाले ती तस्वीरहरुको कमेनट गरे । यति मात्र होइन को कहाँ के गर्दैछ । र कसरी दिन बिताइरहेको छ भन्ने कुरा समेत एकैछिनमा फेसबुकमा थाहा हुने भएको छ । पत्रकारब महासंघका पुर्व सभापति विष्णु निष्ठुरीदेखि हरेक पत्रकारको फेसबुक प्रोफाइल छ । कसैले म पोखरा जाँदैछु भनेर प्रोफाइल अपडेट गरेको हुन्छ । कसैले डेक्समा न्यूज हेरिरहेको भन्छ त कसैले समाचार खोज्दै त कसैले समाचारको हेडलाईन बनाउँदै । पत्रकारहरुको सबैभन्दा ठूलो गफिनो थलो बनेको छ फेसबुक । यति मात्र कहाँ हो र भख्खरै एकजना मित्रलाई काठमाँडौमा डेरा चाहिएको रहेछ डेरा खोज्ने सरल उपाए उनले फेसबुकलाई देखे र आफ्नो प्रोफाईलमा मलाई यस्तो यति वटा रुम चाहिएको हुनाले यो मोवाईल मा तुरुन्त सम्पर्क गर्नु होला भनेर अपडेट गरे । उनले डेरा भेटे वा भेटेनन् त्यो त पछि नै थाहा होला तर उनलाई पनि कमेन्ट गर्ने हरुले विभिन्न तरिकाले कमेन्ट गरे । यस्ता नेपाली पत्रकारहरु कमै होलान् जसलाई फेसबुक बारे थाहा नहोस ।
यी त भए पत्रकारले फेसबुक अपडेट गर्दा गर्ने कुराहरु तर फेसबुकले नेताहरुलाई समेत छौएको छ । एकीकृत माओदादीका अध्यक्ष पुष्पकमल दहाल ुप्रचण्डु बरिष्ठ नेता तथा पूर्व अर्थमन्त्रि डा। बाबुराम भट्टराई राप्रपा नेता कमल थापाले समेत आफ्नो प्रोफाइल बनाएका छन् फेसबुकमार्फत । अर्थमन्त्रिीको प्रोफाइलमा उनका केही लेखहरु छन् । साथै उनकी जीवन संगीनि हिसिया यामीले पनि आफ्नो प्रोफाईल बनाएकी छिन् फेसबुकमा । यसरी नेता पत्रकारदेखि सर्वसाधारणसम्मको उपस्थित बढ्दै छ फेसबुकमार्फत । फेसबुक तलको बन्ने खतरा पनि केही पत्रपत्रिकाले सार्वजनिक गरेका छन् ।
by Pawan Paudel · 0
Subscribe to:
Posts (Atom)