Beauty is only to see not to touch. यो कुनै महान् व्यक्तिको वाणि हो । संधैझै शंकरदेव क्याम्पसको चमेना गृहमा साथिभाईहरुसँग चियागफमा व्यस्त भैरहेको बेला कतैवाट यी शव्दहरु कानमा गुञ्जिन पुगे । त्यहीबाट सुरु भयो नारी सौन्दर्यताको पक्ष र विपक्षमा एक बहस ।
नारीको सौन्दर्यता मापन गर्ने सबैको आ–आफ्नो तरिका होलान् । कसैले बाहिरी आवरणलाई नै नारीको सौन्दर्य मापनको कडीको रूपमा लिन्छन् भने कतिले उनको बोलिचाली व्यवहार, र व्यक्तित्वलाई नै सौन्दर्य मापन कडिको रूपमा लिन्छन् । व्यक्तिपिच्छै फरक फरक धारणा हुन्छ । नारीलाई प्रकृतीले नै सौन्दर्यता प्रदान गरेको हुन्छ । विशेष गरी यो चियागफमा नारीको बाहिरी सौन्दर्यताको बारेमा बहस अगाडि बढ्यो । “कुनै पनि नारीमा बढी सौन्दर्यता छ भने त्यो उनकै लागि नै अभिषाप हो” भन्ने तर्क मैले राख्दा साथिहरुमा सांैन्नटा छायो । हामी औलामा गन्न सक्छौ त्यस्ता नारीहरुलाई जो आफ्नो सौन्दर्यतालाई थाति राख्दै उच्च शिक्षा हासिल गर्न अहिले स्नाकोत्तरमा पढिरहेका छन् । साथिहरुमा आएको सौन्नटालाई चिरफारby Pawan Paudel · 0
तपाईहरुले कुनैनेपाली लेखकले लेखेको यस्तो पुस्तक भेट्नुभएको छ जसमा गल्ती भएको खण्डमा लेखकले आफैँ गल्ती स्वीकार्दै गल्ती पहिचान गर्नेलाई उचित पुरस्कारको व्यवस्था गरेको ? विद्यालय, कलेज वा विश्वविद्यालयका विभिन्न पाठ्यक्रममा धेरै नै गल्ती भएको पाइन्छ । विदेशी लेखकहरुले कुनै पनि पुस्तक प्रकाशन गर्दा उक्त पुस्तकमा पाठकले गल्ती भेट्याएमा पाठकलाई उचित पुरस्कार दिने घोषणा गरेका हुन्छन् । नेपालको सन्दर्भमा सम्भवत Ashmita Publication ले प्रकाशन गरेको स्नाकोत्तर तहको लागि Managerial Accounting भन्ने पुस्तक पहिलो पुस्तक हुनुपर्छ जहाँ लेखकहरुले पुस्तकमा गल्ती भएमा उचित पुरस्कारले दिने घोषणा समेत गरेका छन् । हुनत् कोही पनि आफैमा पूर्ण हुँदैन, लेखकहरु सर्वैसर्वा हुन भन्न पनि खोजिएको हैन । तर यस्तो पुरस्कारको घोषणाले मुलभूत दुईवटा फाइदा दिएको हुन्छ । १. लेखकले आफ्नो पुस्तकमा गल्ती नहोस् भनेर कडा परिश्रम र मिहेनत गर्दछन् ।
२. पाठकहरुले कहाँ गल्ती छ भनेर पुस्तकको गहिरो अध्ययन गर्नतर्फ लाग्दछन् ।प्रा. डा. पुष्कर बज्राचार्य, खगेन्द्र प्रसाद ओझा, जोगिन्द्र गोईत, सागर गौतम र चिन्तामणि गौतमद्वारा लेखिएको उक्त पुस्तक MBA र MBS का विद्यार्थीहरुलाई लक्षित गरि प्रकाशन गरिएको पुस्तक हो । ८५२ पृष्ठ लामो सो पुस्तक अस्मिता पव्लिकेशनको दोस्रो संस्करण हो । उक्त पुस्तकमा पाँच प्रकारका गल्तिहरु र प्रत्येक गल्तीको लागि छुट्टछुट्टै रकमको घोषणा गरिएको छ । लेखक र उक्त पब्लिकेशन यतिसम्म आत्मविश्वासका साथ उक्त पुस्तक प्रकाशन गरेका छन् जसमा Printing Mistake भएमा पनि पुरस्कारको लागि रकम छुट्टाएको छ । जसको लागि पुस्तकको अन्त्यमा एउटा पृष्ठ राखिएको छ । त्यहाँ पाठकले आफ्नो नाम, ठेगाना, पुस्तकको कति पेजमा गल्ती छ र गल्ती सच्चाउन के गर्नुपर्छ । सो कुरा लेखेर पब्लिेकेशनको ठेगानामा पोस्ट गर्नुपर्नेछ ।
(तस्विर आफैँ बोल्छ :– अझ विस्तृतको लागि तस्बिर हेर्नुहोला । तस्बिर ठुलो पार्न त्यही तस्बिरमा क्लिक गर्नुहोला । तस्बिर आफैँ अर्को ट्यावमा खुल्नेछ ।)यो ब्लग पोस्ट तयार पार्दा एकता पव्लिकेशनले प्रकाशित गरेको सरकारी विद्यालयमा पढाईने कक्षा ८ को विज्ञान पुस्तकको सम्झना आयो । रसायन विज्ञान अन्तरगत पेरियोडिक तालिका नै उल्टो दिइएको छ । कक्षा ८ बाट रसायन विज्ञानको जग सुरु हुन्छ तर त्यसमा भएको पेरियोडिक तालिका नै गलत छापिएको छ ।
नेपाल सरकारले कक्षा १ देखि कक्षा १० सम्म निशुल्क पाठ्यपुस्तकको व्यवस्था गरेको छ । मिडियाहरुमा पुस्तकविना नै विद्यार्थीले परीक्षा दिएका खबरहरु बारम्बार आइरहन्छन् । वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु
भएतापनि चैतसम्म (१२ महिना) सम्म पनि नेपालका केही जिल्लाहरुमा पुस्तक पुगेका हुँदैनन् । लेखकहरुले यस्ता पुस्तक प्रकाशन गर्नाले उनिहरुको क्षमता र पुस्तकको लागि उनिहरुले दिएको योगदानको कदर हुन्छ । नेपालका कलेज र विश्वविद्यालयका लागि विदेशी लेखकहरुबाट हुवहु सापटी लिएर रातरातै धनी बन्ने सपना बोकेका लेखकहरुपनि नभएका हैनन् । ति लेखकहरुले यस्ता पुस्तकबाट धेरै कुरा सिक्नुपर्नेछ ।
Disclaimer:- म आफू अस्मिता पब्लिेकशनसँग सम्बन्धित व्यक्ति हैन । राम्रो कुराको प्रशंसा जसले पनि गर्दछ । मैले पनि सोही गरेको हुँ ।
यो स्टोरी जनसंसद दैनिकमा प्रकाशित भएको छ ।
CLICK HERE TO READ IN PAPER
यो स्टोरी जनसंसद दैनिकमा प्रकाशित भएको छ ।
CLICK HERE TO READ IN PAPER
by Pawan Paudel · 0
आधा शताव्दी भन्दा पनि बढी (५६) वर्षदेखि नेपालमा उच्च शिक्षा दिँदै आएको त्रिभुवन विश्वविद्यालयबाट यती बढी लापरवाही हुन्छ भनेर मैले कहिल्यै पनि सोचेको थिइन् । त्रिभुवन विश्वविद्यालयमा कुनै विद्यार्थीले अध्ययन गरेपछि विश्वविद्यालयले निज विद्यार्थीलाई एउटा रजिष्ट्रेसन स्लिप दिएको हुन्छ । जुन स्लिपमा भएको नम्बर उसले त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरुन्जेलसम्म एउटै हुने गर्दछ । कुनै पनि विद्यार्थी प्रविणता तहमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दछ भने त्यही समयमा सो विद्यार्थीलाई विश्वविद्यालयले सो रजिष्ट्रेसन काड दिएको हुन्छ । (तर अहिलेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयबाट प्रविणता तह हटिसकेको छ, अहिले त्रिभुवन विश्वविद्यालयमा कुनै पनि विद्यार्थीले स्नातक तह बाट मात्र सामेल हुन पाँउछ ।)
तल दिइएका तीनवटा तस्विरलाई नियालेर हेर्नुहोस् त ।
तीनवटा तस्विरमा पहिलो तस्विर भनेको प्रविणता प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट हो जसमा रजिष्ट्रेसन नम्बर 5-1-2-1625-2004 राखिएको छ । दोस्रो तस्विर भनेको स्नातक तहको ट्रान्सक्रिप्ट हो । जसमा रजिष्ट्रेसन नं. 6-1-2-1625-2004 दिइएको छ । र तेस्रो र अन्तिम तस्विर भनेको स्नातक तह प्रथम वर्षको मार्कसिट हो । जसमा रजिष्ट्रेसन नं. 7-1-2-1625-2004 राखिएको छ । अझै राम्रोसँग हेर्ने हो भने ती सबै सर्टिफिकेटहरु एकजना व्यक्तिका हुन् । एकजना व्यक्तिको तीन–तीन वटा रजिष्ट्रेसन नम्बर कसरी हुन सक्छ ? यहाँ अहम प्रश्न उठ्छ् ? ल मानौ त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा काम गर्ने कुनै कर्मचारीको सानो त्रुटिले गर्दा एउटा गल्ति भयो । तर फेरी किन त्यस्तै अर्को गल्ति दोहोरियो त ?
प्रनिकाको यस्तो लापारवाहीको पीडित अरु कोही नभएर स्वयं आफै परियो ।by Pawan Paudel · 1
Subscribe to:
Posts (Atom)

