रात्रिबसमा ६१८ कि.मि यात्रा गर्न कति समय खर्चिनुपर्ला ? उत्तर सहज छ यदि ग्रामीण भेगको कच्ची बाटो हो भने सरदर प्रतिघण्टा २५ कि.मि को दरले २५ घण्टा पीच बाटो हो भने प्रतिघण्टा ६० कि. मि को दरले १० देखि ११ घण्टा । तर गत शुक्रवार राजधानीबाट पूर्वका लागि छुटेका यात्रुहरुले भने ३५ घण्टाको यात्रा तय गर्नुपर्यो । कारण थियो पूर्व–पश्चिम राजमार्गको बर्दीबास सडकखण्डमा स्थानीयबासीले गरेको अनिश्चितकालिन बन्द हड्ताल । २०६५ साल पौष १३ गते नेपाल सरकारले ४८ जिल्लाको ५२ स्थानमा आन्तरिक राजस्व कार्यालयको सेवा केन्द्र स्थापना गर्ने भनी निर्णय गरेको थियो तर सो निर्णय हाललाई स्थगन गरिएको विरोधमा स्थानीयबासीले हप्तादिन अगाडी देखि नै आन्दोलनका कार्यक्रमहरु तय गरेका थिए । आन्दोलनको आठौं दिन शुक्रवार दिउँसो प्रदर्शनकारी र प्रहरीबीच निकै बेर झपड भयो, झडपमा प्रहरीले भीड नियन्त्रण गर्न २४ राउण्ड हवाईफायर र १० राउण्ड अश्रु ग्याँस समेत प्रहार गर्यो । एउटा घमासान युद्ध जस्तो अवस्था सिर्जना भएको थियो शुक्रवारको दिन बर्दीबास सडक खण्डमा ।
शुक्रवार अधिराज्यभरबाट पूर्वका लागि छुटेका दिवाकालिन र रात्रिकालिन बसहरु र पूर्व काँकडभिट्टादेखि राजविराजसम्मबाट देश विभिन्न स्थानका लागि छुटेका रात्रि र दिवाकालिन यात्रुबाहक बसहरुलाई गन्तव्यमा पुग्न धेरै कठिन थियो । त्यहाँ वरिपरि भएका किराना पसलहरुमा सावुन र सरफ मात्र बाँकी थियो भने होटलहरुमा खाजा र खानाको नाममा केही पनि रहेको थिएन । समय कटाउनको लागि कतिले बाटोमा तास खेलिरहेका थिए भने कति बाघचाल खेल खेलेर समय कटाएका थिए । शुक्रवार बिहानदेखि भएको बन्द शनिवार बेलुका ५ बजेसम्म रहेको थियो ।

‘हामीले कसको के बिगारेका थियौ र यति धेरै सास्ती पाउनुपर्ने हो, बन्दले असर गर्ने भनेको सर्वसाधरणलाई हो, सरकारलाई दबाब दिने निहुँमा बाटो बन्द गर्ने परिपाटी कहिले अन्त्य होला’
– राजधानीबाट आफन्तको घरमा आउँदै गरेकी सिन्धुलीकी प्रतिमा विष्टले आफ्नो दुखेसो पोख्दै थिइन् । स–साना बाल बच्चा बोकेकाहरुको पीडा झन् दर्दनाक थियो । बच्चाहरु भोकले कराईरहेका थिए, पैसा भएर पनि केही किनेर खान पाइएको थिएन । जङ्गलको बिचमा समय कटाउनुपर्ने थियो वरिपरि कतै गाउँ बस्ती थिएन ।
कुनै आधिकारिक तथ्याङ्क नभए पनि सिन्धुलीबाट अपडेट हुने सिन्धुली दर्पणको वेवपेजका अनुसार शनिवार राति यात्रुबाहक बस, र माहबाहक ट्रक गरी लगभग १०० सवारी साधनको सिसा तोड्फोड भएको छ । राजमार्ग सिसाका टुक्रा अनि टायरको बलेको धूलोले भरिएको छ । सीता– अग्नी लगायत अन्य कम्पनीका यात्रुबाहक सवारीसाधनमा न त अगाडीको सिसा नै थियो न पछाडिको न त झ्यालको सिसा नै । यस्तो जाडो मौसममा सिसा नै नभएको गाडीमा यात्रुहरुले कसरी यात्रा गरे होलान् ? सिन्धुलीकि अञ्जु विष्टको दुखेको सही नै हो आखिर के बिगारेका थिए र यी यात्रुहरुले, के को सजायँ भोग्नुपरेको हो उनीहरूलाई यसको उत्तर सायदै कसैले नदेला ।

by Pawan Paudel · 0
लोचन खनाल
हुनत यो लेख लेखिरहँदा मलाई राजा व्युँताने यथार्थीवादी र परिवर्तन नचाहने भन्नुहोला अर्थात राजाको नशा जोडेको भन्नुहोला तर हरेक कुरालाई सकारात्मक र नकारात्मक दृष्टिकोणले हेर्ने हो भने र विज्ञानको स्केलर परिमाणलाई छाडेर भेक्टर परिमाणमा जाने हो भने पृथ्वीनारायण शाहलाई एक शाहसीक नेपाली र ऐतिहासिक व्यक्तित्व मान्नै पर्छ ।
संघीयता र बाईसे चौविसे राज्यलाई एउटै तराजुमा तुलना गरेर म हाँसको बीचमा बकुल्लो हुन त चाहान्न तर बाईसे चौविसे राज्यमाथि पूर्वमा टिष्टा नदी पश्चिममा काँगडा भनी विशाल नेपालको इतिहास पढिरहँदा अरुण पूर्वको लिम्बूवान तथा अन्य विभिन्न प्रान्तको लागि लड्ने शाहसीक यौद्धाहरुको इतिहास प्रान्तीय सरकारको मन्त्रीपरिषद्ले हटाउने हो कि भन्ने चिन्ता वर्तमान नाईकेहरुमा हुन जरुरी छ ।
नेपालकै एक राष्ट्रिय दैनिकको अन्र्तवार्तामा पूर्व सेनापतिले भनेका छन् –‘माओवादीले दरबार घेर्ने भनेको दिन सेना र तत्कालिन राजाले चाहेको भए लिवियाको जस्तो हालत हुन्थ्यो । उनले सो अन्तवार्तामा ठट्टा गर्दै थपेका छन् –‘धन्न मनमोहन सिंहले इशारा गर्नुभयो र वर्तमान नेपालका राजनैतिक नाइकेहरुले महाराज हजुरको कोटा खाली छ (सेरेमोनियल)’ भनेर त्यतिबेला चुप बनाएका थिए ।
पृथ्वीनारायण शाहले एकिकरण गर्नुभन्दा पहिले विशाल नेपाल थिएन । अंग्रेजहरुको बम बारुद्धहरुको सामना गर्न कठिन थियो । त्यस कारणले शाहले नेपाल एकिकरण गर्नु बाध्यता र जिम्मेवारी थियो । अंग्रेजहरु चुरे पर्वतमा आईपुग्दा माथिबाट नेपाली ढुंगा लडाएका थिए र अंग्रेजहरुलाई सिस्नुको झाडीमा खसालेका थिए । त्यसमा १/२ हजार अंग्रेज र १/२ सय नेपालीको मृत्यु भएको थियो । त्यसपछि ४७ वर्षसम्म अंग्रेजहरुले त्यो राज्यमा फर्केर हेरेनन् ।
विर काजीहरु र शाहका सेनापतिहरु छाती फुलाएर अंग्रेजसँग लड्ने र आफू नेपाली हुँ भन्ने भावना बनाउने, विशाल नेपालको इतिहास बनाउने, र वर्तमान नेपालका नायकहरु त्यो इतिहासको काखमा बन्चरो हानेर नेपाल आमाको काखमा नै रजाई गर्ने ? के पुष्पकमल दाहालको जनयुद्ध, रामचन्द्रको प्रधानमन्त्री बन्ने सपना, गगन थापालाई जनताले प्रधानमन्त्री बनाउने सपना, केपी ओलीको चोटीलो भाषण सुन्ने जनताको सपना नै समाप्त हुन्थ्यो, आज नेपाल देश नै नरहेको भए ?
तर ती विर कालु पाण्डे, आज किन सुस्तामा फेरी जन्मेनन् ? विशाल नेपाललको डकुमेन्ट्री देखाउँदै हिड्ने बाबुराम पार्टी किन मनमोहन सिंहको अगाडी राम राम भन्दै खुट्टा कमाउँछन् ? १८ औं चोटी प्रधानमन्त्रीको दौडमा जाने पौडेल कति चोटी सुस्तामा पुगे ? हे नेपाली जनता ???

पृथ्वीनारायण शाहको इच्छा, राज्य विस्ताको महत्वकांक्षा र दूरदृष्टि नजागेको भए र त्यसलाई साकार पार्न उनले कठोर परिश्रम नगरेको भए, आज हामीले पाएको नेपाल भन्ने राष्ट्र रहने थिएन् । जसले यो नचाहेको हो उसका लागि पृथ्वीनारायण शाह विस्तारवादी, परचक्री र दुश्मन हुन सक्लान तर म नेपाली हुँ र नेपाल राष्ट्रभित्र म र मेरो परिवारको सुदृढ भविष्य चाहान्छु भने कुनै पनि व्यक्तिले शाहलाई घृणा गर्न सक्तैनन् । शाहले नेपाल राज्य स्थापनाको आरम्भ गरेको तथ्यलाई अन्यथा भन्न नसकेपनि एक पक्षबाट उनलाई नेपालको असमानता, पछौटेपन र अभावको मुल कारण देखाउन केही वर्गहरु हात धोएर लागी परिरहेका छन् । विश्वभरीका राष्ट्रले उनीजस्ता व्यक्तित्वको उच्च सम्मान र मुल्यांकन गरिरहँदा आफूलाई क्रान्तिकारी ठान्ने केही नेपाली हातहरुले उनको शालीक भत्काउने होड चलाए त्यसैकारणले पुष २७ गतेलाई पृथ्वी जयन्ती वा राष्ट्रिय एकता दिवस मान्न बन्द गरियो । पुरानो भनाई छ – ‘आफ्नै गौरव मान्नुपर्ने इतिहासलाई तिरस्कार गर्ने व्यक्ति र समूहको भविष्य सुखद हुँदैन । काही हामी त्यही श्राप र अभिषापको शिकार भएको त छैनौ –पौष २७ गते कान्तिपुर दैनिकमा कुमार रेग्मी लेख्छन् । यहाँबाट उनको लेख पढ्न सकिन्छ ।
कमरेड जी........... कसैले १२ वर्ष जनयुद्ध गर्यो भन्दैमा २८९ वर्ष लामो इतिहाँस मेटेर मेटिदैन । इतिहास आफै बोल्छ त्रिभुवनको शालिक हटाएर, अन्य ऐतिहासिक व्यक्तित्वको शालिक हटाएर गमक्क परेको लाल सलाम हानेको शालिक राख्नु परिवर्तन हैन ।
विर बलभद्र कुँवर, पृथ्वीनारायण शाह, काजी कालु पाण्डे लगायतको बारेमा लेखेको इतिहाँसमा टिपेक्स लगाएर कमरेड दाहाल, र कोइराला लेख्नु, सिंहदरवार भत्काएर सिभिल मल बनाउन, दुवै सरकारको नाममा रहेको नारायणहीटि र नागर्जुन दरवारमा राजा खेदाएको भन्दै नारायणहिटीबाट नागार्जुन पठाउनु, श्रीपेच हटाएर हँसिया हठौदा, तारा भएको पट्टी बाँध्नु भनेको क्रान्तिको नाममा मुखबाट खाएको भात पिँधतिरबाट खाँद्नु जस्तै हो ।
महाशय ! अगाडी बढ्नुहोस जनताको अनुरोध छ । नेपाल विकसीत संघीय गणराज्य होस् । देश आर्थिक संमृद्धिको बाटोमा जाओस् । देशमा नयाँ क्रान्ति होस् । विज्ञान र प्रविधीको क्षेत्रमा चमत्कार होस् । हजारौ नेपालीहरु विदेशीनु नपरोस् । नेपाल सवै पक्षमा शक्तिशाली होस् । भारतलाई सिमा क्षेत्रको मुद्दामा घुँडा टेकाउन सकियोस् । देशमा शान्ति, अमनचयन र लोकतान्त्रिक संविधान निर्माण गर्नुहोस् । हजुरहरुको यसमा नै शुभ छ तर कालापानी र टिष्टा बीचमा रहेको बिशाल नेपाल थियो, विर शाहसी यौद्धा सहीदहरुको रगत, विर गोर्खालीको खुकुरी र इतिहासमा लेखिएका राम्रा काम पनि आफू क्रान्तिकारी भएको नाममा अर्धनग्न तस्विर अंकित इतिहास नबनोस् यही छ शुभकामना ।

by Pawan Paudel · 2
प्रकाश पौडेल
हामीले सन् २०११ लाई विदा गरेर नयाँ वर्ष २०१२ भव्य रुपमा स्वागत गर्दैछौं । नेपाली जनता आधुनीक बन्दै गइरहेको अवस्थामा इसबि सम्वदलाई पनि एउटा महान चाड कै रुपमा मनाउने गर्छन् । नयाँ वर्षको प्रारम्भ हुनासाथ आपसमा शुभकामना दिने र लिने प्रचलन छ । नयाँ वर्षको शुभकामना शब्दहरु विभिन्न पत्रपत्रिकाहरुमा मात्र होइन, अनलाइन अनी इन्टरनेट साइटमा छाउने गर्छ । फेसबुकलगायत अन्य सामाजिक सञ्जालहरुमा त झन् शुभकामनाका शब्द तथा तस्बिरहरुले भित्तानै रंगिएका हुन्छन् । त्यसैले पहिलो हप्ता शुभकामना आदानप्रदानमै वित्ने गर्छ ।
यहाँ बर्षमा दुईपटक नयाँ बर्षको रैनताले सप्ताह तताँउछ । नयाँ दिनको अवसर परी उज्जवल भविश्यको लागी शुभकामना दिइन्छ । देश र जनताको सुनैलो बिहानीको कामना गरिन्छ । आफ्नो भेषभुसा, रितिरीवाज, चालचलन, संस्कार, संकृती जोगाइराख्ने प्रयास गर्छौ । हाम्रो जीवनको यो यात्राका मा कयौ नयाँ वर्ष आए गए । यसरी नै स्वगत अनी बिदाइ गर्यौ । तर पनी हामीमा अहिलेसम्म कुनै आमूल परिवर्तन आउन सकेको छैन । नयाँ वर्ष आउँदा पुरानो वर्ष मात्र हामीबाट विदा भएर गएको मात्र छ । हामीमा रहेको पुरानो स्वभाव, पुरानो संस्कार, पुरानो चालचलन भने विदा भएको जान सकेको छैन । अपेक्षा अनुरुप प्रत्येक नयां वर्षको आगमनमा व्याक्त गरिएको शुभ–कामनाले कहिल्यै सार्थकता पाउन सकेको छैन । देश र जनताको उज्जवल भविश्यको लागी राजनीतिक परिवर्तन पनि नभएका होइनन् तर, सत्ता मात्रै परिवर्तन भए । २००७ साल, २०१७ साल, २०१७ सलापछिको ३० वर्षे पंचायतकाल विरुदको आन्लोलन, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को दोस्रो जनआन्दोलन हुदा समेत खै कुनै परिवर्तनका देख्न सकिएको छैन । छ त केबल राजनीतिक परिवर्तनका नाममा जनतामाथि शोषण, पीडा, संकट, अन्याय र दमन थपिंदै गएको तीतो अनुभव मात्र ।
अपराधीलाई शहिद घोषणाको माग गदै यहाँ नेपाल बन्द गरिन्छ । कुर्चीका लागी सोझसाझ नेपाली जनताको रगत बगाइन्छ । घर–जग्गा कब्जा, अपहरण, हत्या–हिंसा र बलात्कारका घटना दिनप्रतिदिन बढ्दो क्रममा छ । मुलुकमा अराजक बन्दैछ भने दण्डहीनता पराकाष्ठामा पुगेको छ । जलस्रोतको धनी देश भएर पनि जनताले पानी पिउन पाइरहेका छैनन् । अझै टुकीको भरमा जिवन विताउनु पर्ने अवस्थाको अन्त्य हन सकेको छैन । राजधानीमा उब्जिएका समस्या समाधान हुन सकिरहेका छैनन् । वेरोजगारिले सिमा नागेको छ । बजारभाउ आकाशिएको छ । मित्र राष्ट्रको सहयोग, दाता राष्ट्रहरूबाट प्राप्त ऋण सहयोग र जनताको करलाई आफ्नो निजी सम्पत्ति बनाउन रंचभर लाज नमान्ने अनैतिक नेताहरूको नेतृत्वमा राज्य संचालन भइरहेको छ । यस्तो समयमा नव वर्षको शुभारम्भको अवसरमा गरिने शुभ–कामना सार्थकतामा परिणत हुनै सक्दैन ।
सन २०११ लाई नेपाल पर्यटन बर्ष समेत घोषणा गरियो तर उपेक्षित सफलता हात लाग्न सकेन् । अव सन् २०१२ लाई पनि लुम्बिनी भ्रमण बर्ष घोषणा गरिदैछ । छुटाइएको बजेटको आधी रकम कुम्लाइ बाकीँ रकमको पनि देखावटी पप्लेट दुईचार शहरमा टास्यो भने यस्को प्रतिफल पनि हाता लाग्यो शुन्य नै हो । त्यसैले सन २०१२ चाहीँ शुभ–कामना दिए अनुरुपै नयां प्रगति र नयां उपलब्धि प्राप्तिका लागि नेपाली जनताले विजय हासिल गर्न सकून् । पहिलेका कतुतहरु बिर्षेर नयाँ सोचको बिकाश होस् । नयाँ बर्ष सन २०१२ को सबैमा शुभ–कामना ।

आधुनिकताको नाममा नेपाली समाज अश्लिलतातर्फ उन्मुख हुँदैछ । आपूmहरुलाई आधुनिकता कहलाउन भित्र्याइएको पश्चिमी संस्कृतिले गर्दा नेपाली समाजमा विकृति फैलिएको छ । कुनै समयमा नेपाली समाज एकदमै सभ्य मानिन्थ्यो । महिलाहरुले कुकुच्चा समेत छोप्ने गरी लुगा लगाउथे अरे । यदि कसैले नलगाएमा उसलाई नखरमाउली भन्ने गरिन्थ्यो । अनि कोही पुरुषहरुसँग नजिकिएर लामो समयसम्म बोल्यो भने त्यो समाजमा अपाच्य हुन्थ्यो । त्यसबेला समाज अलिक अशिक्षित पनि थियो, अबिकसित पनि । तर त्यो अवस्थामा समाज सभ्य नै मानिन्थ्यो । जब शिक्षाको ज्योति घरघरमा पुग्यो , विकासका लहरहरुले गाउँ बस्ती ढाक्यो अनि मानिसको सोचमा पनि क्रमिक रुपमा परिवर्तन हुँदै गयो तर आधुनिक बन्नका लागि विदेशी संस्कृतिको शिको गर्दा समाज नै अश्लिल बन्न पुग्यो ।
by Pawan Paudel · 0
प्रकाश पौडेल
तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको उपचारको क्रममा मृत्यु भएपछि देश पुरै आन्दोलनमय बनको छ । दुई साताअघि चितवन कारागार भित्रै आक्रमण हुदाँ अध्यक्ष पौडेल घाइते भएका थिए । शनिबार बिहान न्युरो अस्पताल काठमाडौमा उनको मृत्यु भएको खवर सार्वजनिक भए लगत्तै कांग्रेस कार्यकर्ता सडकमा उत्रिए । आक्रोशित अबस्थामा देखिएका कांग्रेस कार्यकर्ताले जथाभावि शक्ति प्रर्दशन गर्न थाले । देश पुरै तनाबग्रस्त बन्यो ।
सरकारले पौडेलको निधनबारे सत्यतथ्य पत्ता लगाउन छानबिन आयोग समेत गठन गर्यो । मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति समेत दिने सरकारले घोषणा गर्यो । सरकारले मात्र होइन विभिन्न राजदुत अनि उच्च ओहदामा रहेका व्यक्तित्वले समेत प्रर्दशन बन्द, हडताल, नाराबाजी, आगजनी जस्ता कार्यहरु बन्द गर्न आग्रह गरे । तर पनि कंग्रेस नेता तथा कार्यकर्ताले शक्ति प्रर्दशन गर्न छाडेनन् । एक मात्र लोकतान्त्रिक पार्टी नेपाली कांगे्रसले अन्तत देशव्यापी आम हडताल गरेरै छाड्यो ।

अशोक भण्डारी
भर्खरै निधन भएका कांग्रेस तरुण दलका चितवन अध्यक्ष शिवप्रसाद पौडेलको निधनमा कांग्रेसले देशव्यापी बन्दको घोषणा गरेको छ । आफ्नै पार्टीको आन्तरिक किचलोको फन्दामा परेर मृत्यु भएका पौडेललाई सरकारले सुरक्षा दिन सकेन भन्नु नेपाली कांग्रेसलाई सुहाउने कुरा हो ? लोकतान्त्रिक पार्टीको नाताले आमव्यापी देश हड्ताल गर्नु र विगत देखी नै अपराधी ठहरीएर जेल चलान भएका पौडेललको मृत्युलाई शहीदको उपनाम दिने कुरा कत्तिको ठिक होला ?
नेपाली कांग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले शिवविरुद्ध लागेको मुद्दा फिर्ता हुनुपर्ने र उनलाई शहीद घोषणा नगरेसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताए । यो उनको कुन नियत हो अपराधीलाई सहिद घोषणा गर्ने ? के नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा कुनै एउटा कुकुर मर्यो भने पनि त्यसलाई सहिद घोषणा गर भनेर माग गर्नुपर्छ ? नेपाली कांग्रेसले गरेको देशव्यापी बन्दको चपेटामा सरकार मन्त्रीहरु परेका छन् त ? चपेटामा पर्ने त गरिव, मजदुर आमजनता नै त हुन् । प्रधानमन्त्रीहरुलाई त यसले केही असर गर्दैन् । यदि सरकारको विरोधमा नेपाली कांग्रेसले बन्दको आह्वान गरेको हो भने सिंहदरवार घेराउ गर्नुपर्यो नि । शिवप्रसादको मृत्युको दोषी जनता हुन् कि ? किन जनतालाई सजाय दिइन्छ ? राजनीति देशको अग्रगामी विकासको लागि हो, तर नेपालमा राजनीति भनेको जनतालाई दुःख दिएर कमाई खाने भाँडा बनेको छ, नेताहरुको । त्यसको लागि आम जनताहरुले एकचोटी सोच्नुपर्ने अवस्था आएको छ ।

शान्तिनगर–१ झापा हाल : काठमाडौं ।
by Pawan Paudel · 3
![]() |
| उपन्यासको नाम– रिभोलुसन् २०२० लेखक चेतन भगत पृष्ठ २९३ मुल्य रु २५० भाषा अंग्रेजी |
चेतन भगतले वानरसको एउटा कार्यक्रममा गंगा टेक कलेजको प्रिन्सिपललाई नभेटेको भए उनको पाँचौं उपन्यास (रिभोलुसन २०२०) बजारमा आउने थिएन । यसअघिका उनका उपन्यास, Two States, One night @ Call Center, Five point Someone, Three Mistake of My life, पढिसकेका पाठकहरुले पक्कै पनि अनुभव गरेको हुनपर्छ उनले लेख्ने उपन्यासका सबै पात्रहरु उनकै वास्तविक जीवनसँग मेल खाएका हुन्छन् । जस्तो कि टू स्टेट को नै कुरा गर्ने हो भने उनले पढेको कलेज र उपन्यासमा राखिएको कलेज एउटै छ अनि उनको जीवनसंगीनी र उनी भारतको दुई भिन्न भिन्न प्रान्तमा जन्मेका हुन् । उपन्यासको अन्त्यमा भनिएजस्तै चेतन भगतका पनि दुईवटा जुम्ल्याहा छोराहरु जन्मेका छन् ।
प्रकाशन हुनुभन्दा अगाडी नै धेरै चर्चा बटुलेको यो उपन्यास नेपाली बजारमा केही महिनाअघि मात्र आएको हो । कक्षा ५ देखि नै निकै नजिक भएका तीनवटा साथिहरु गोपाल (जो गंगाटेक कलेजका प्रिन्सीपल हुन्), आरती र रागवको जीवनकहानीमा यो उपन्यास आधारित छ । यहाँबाट नै अनुमान लगाउन सकिन्छ कि यो उपन्यास लभ टे«ङगलमा परेका व्यक्तिहरुको बारेमा लेखिएको छ भनेर तर यसलाई लभ ट्रेङगलमा मात्र सिमित भएर सोच्ने हो भने एउटा ठूलो गल्ति हुनेछ । उनका अगाडीका उपन्यास जस्तै यसमा पनि तीनवटा पाटालाई केलाउन खोजिएको छ ति हुन् LOVE CORRUPTION AND AMBITION

माहुरी काट्दा मलाई मेरो बुबाले भन्नुभा‘थो । माहुरीको जीवनशैली बामपन्थी जीवनशैली जस्तो हुन्छ । बिरामी र अशक्त कर्मीमाहुरी लाई घारबाट निकालिन्छ र त्यहाँ त्यस्तो वर्ग हुन्छ जुन वर्गले मह खाँदै बस्छ र कर्मी माहुरीजस्तो काम पनि गर्दैन । यो प्रसंङ्ग मैले नेपालको वर्तमान बामपन्थीमाझमा समाजवादको आधुनिक अर्थ मात्र खोज्न लागेको हुँ ।
कार्ल माक्शले वर्गीय युद्धलाई लिएर ‘कम्युनिजम’ भन्ने शव्द निकालेका हुन् । जहाँ कम्युनिष्टहरुको भाषामा भन्नुपर्दा ‘निमुखा वर्ग र सामन्ति वर्गको लडाई’ भन्ने हो । सामन्ति वर्ग भन्नाले समाजवादी र निमुखा भन्नाले बामपन्थीहरु हुन कि भन्ने पनि वर्तमान राजनैतीक शैलीले ढल्काएको छ । हुनत् समाजवादी पार्टी भन्नाले विश्वमा एउटा धार जन्मेको छ । जुन कम्युनिष्टहरुभन्दा केही समानान्तर विचारको छ । हुनत संविधान सभाको निर्वाचनको बेलामा नेपालका जतिपनि राजनैतिक दलका घोषणापत्र थिए । ती सवैमा जनतामाझ मिठो घ्यू र भात दिएको हुन्थ्यो र जुनसुकै निर्वाचनमा पनि दलहरुले यो आशा देखाएका हुन्थे र हुन्छन् पनि । तर, सामान्य जीवनशैली र व्यवहारले त्यो चिल्लो चाप्लोलाई ग्यास्टिक स्वरुप दिइएको वर्तमान नेपालको राजनैतिक अवस्थाको तितो यथार्थ हो ।
नेपालका वामपन्थीहरुमा ‘जबज’ (जनताको बहुदलीय जनवाद) को सिद्धान्त भएपनि अथवा कांग्रेस यथार्थवादी शक्ति भनेर चिनिएपनि विपीले वामपन्थीहरुमाझ दिएको समाजवादको हिजोको परिभाषा र २१औं शताव्दीको समाजवादको परिभाषामा विकुल्लै फरक नभएतापनि केही परिवर्तन गरेको हो कि भन्ने धेरै कांग्रेसीहरुको बुझाई छ । विपीको परिभाषामा हरेक नेपालीको परिवारलाई एउटा घर, एउटा दुहुनो गाई, बिहान बेलुकाको छाक टार्ने खाद्यान्न, छोराछोरी पढाउने र विरामी पर्दा औषधीमुलो गर्ने आवश्यकता हो भन्ने थियो । तर आजको समाजवादमा बुबाआमाको सानो नोकरी, छोराहरु प्राविधिक जनशक्ति, विरामीपर्दाखेरी नर्स छोरीको हातबाट उपचार पाउने र भविष्यमा गाईको ढुङ््ग्रोमा पर्ने हातको सट्टा कम्प्युटरको किर्वोडको मा राख्ने हो कि भन्ने आजको कांग्रेसको समाजवादरुपी एजेण्डा बन्न जरुरी छ ।
एउटा सैनिक मिसनमा जानुभन्दा अगाडी उ संग हातहतियार र राम्रो तालिमको आवश्यक परेजस्तो माथिको जस्तो समाजवाद ल्याउनको लागि पूर्वाधार भनेको शान्ति र संविधानको शुनिश्चितता र नयाँ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हुन जरुरी छ ।
चिलीमा दशकौंदेखी नेपालमा जस्तै जनयुद्ध भई संविधानसभाको निर्वाचन र राज्य पुनःसंरचना भएपछि पनि रोजगार र आर्थिक क्रान्तिको बाटोमा जानको लागि ठूलो संघर्ष भएको थियो । संसारकै अग्रगामी शक्तिशाली भनिएको अमेरिकामा अहिले “हामी बेरोजगार भयौं” भनेर केही महिनाअघि प्रदर्शन भएको थियो । राजतन्त्रको अन्त्य वृहत शान्ति सम्झौता संविधान निर्माण लोकतान्त्रिक गणतन्त्र र राज्य पुनःसंरचनाको अवस्थामा नेपाल पुग्दा पनि अबको समाजवाद भनेको नेपालको कूल ग्राहस्त उत्पादनमा वृद्धि, मानव सूचकांकमा वृद्धि र आर्थिक क्रान्तिको बाटोमा लैजाने भन्ने हो ।
हिजो गाईबाख्रा चराउन जाँदा गरिव नेपालीको छोराछोरीमा बस्ने माया प्रिती आज Skype मा Video Chat गर्ने हो कि ? शहरमा बिजुली बल्छ रे ! गाडी कुद्छ रे भनेर कथा गर्नेहरु आज गाडीमा चढेर जाने र घरमा बिजुलीबाट २०/२५ वटा एफ एम रेडियोहरु ट्युनिक गर्ने मिसन आजको समाजवादले देखाउनुपर्छ ।
अहिलेको आन्तरिक विवादमा रुमलिएको कांग्रेसले समाजवादलाई कताकता बिर्सेर आधुनिक युगको जनैबिनाको बाहुन बन्न खोजेपनि बिष विनाको सर्प भने पट्क्के बन्न सक्तैन काग्रेस । लोकतन्त्र आयो गणतन्त्र आयो, संघीय नेपाल बन्ला तर पनि कांग्रेसको यथार्थवादी मनस्थिती नहटाएसम्म आधुनिक समाजको समाजवादको परिभाषा खोज्न सकिन्न । शान्ति आउला नेपाल बिभिन्न प्रान्तमा बाँडिएर सुन्दर र शान्त नेपाल बन्ला तर नेपालले भारतलाई बिजुली कहिले बेच्ने ? विभिन्न नाम सुनिएका देशलाई आर्थिक सहयोग कहिले गर्ने ? नेपालले अटोमोवाईलको निर्यात कहिले गर्ने ? सगरमाथाको आधारशिविरसम्म १० लेनको पीचरोड कहिले पुग्ने ? त्यसैले आजको समाजवादको सिद्धान्त त्यस्तो बनोस् कि हिजोको दुहुनो गाईवाला बाबुको छोराले आज कम्प्युटरमा C-Programming सिक्दैहोस् । प्रत्येक गाँउ बस्तीमा इन्टरनेटको पहुँच हुनुपर्छ । नेपालीले राम्रो आम्दानी गर्नुपर्छ । प्रत्येक बालबालिकाले राम्रो शिक्षादिक्षा पाउनुपर्छ । यही नै आधुनिक नेपालको संघीय लोकतन्त्र र समाजवादको व्यवहारिक पक्ष हुनेछ ।

यो लेख कान्तिपुर दैनिकमा पनि प्रकाशित भएको छ । यहाँबाट हेर्न सक्नुहुन्छ ।
यही मंसिर २६ गतेको कान्तिपुर दैनिक पढेपछि दुई चार शव्द लेख्न मन लाग्यो । उक्त पत्रिकाको प्रथम पृष्ठमा शीला पाण्डेको समाचार छ । ११९ दरवन्दीमा २३ हजारको आवेदन । त्यस्तै गरी पृष्ठ १३ मा राजेन्द्र नाथको समाचार छ । २ सय दरवन्दीमा ८ हजारको दरखास्त ।
यी दुवै समाचार फरक फरक स्थान र फरक फरक किसिमको जागिरको लागि परेका आवेदनहरु लाई लिएर लेखिएका हुन् । प्रथम पृष्ठमा भएको समाचार भनेको नेपाल वायु सेवा निगममा खुलेको ४ वटा पद (वरिष्ठ सहायक, वरिष्ठ लेखा सहायक, लेखा अधिकृत र प्रशासन अधिकृत) मा ११९ वटा रिक्त दरवन्दीका लागि परेका आवेदनको बारेमा केन्द्रित छ । त्यस्तै गरी पृष्ठ १३ मा नेपालगञ्जबाट प्रेसित समाचारमा भनिएको छ । २ सय जना प्रहरी जवानको रिक्त पदका लागि ८ हजारको निवेदन परेको हो ।
अव यी दुईवटा समाचारलाई गहिरी रुपमा विश्लेषण गर्ने हो भने वायु सेवा निगममा आवेदन दिन आवेदकले स्नातक तह उत्तीर्ण गर्नुपर्दछ । त्यहाँ आवेदन दिने आवेदकहरु स्नातक देखि पीएचडी उत्तीर्ण गरेका समेत छन् । ११९ मा २३००० अथवा प्रति १०० जनामा शुन्य दशमलव पाँच एक जनाले मात्र जागिर पाउने सम्भावना छ । त्यस्तै नेपालगञ्जमा प्रहरी जवानका लागि खुलेको आवेदन भर्नको लागि आवेदकले कक्षा ८ उत्तीर्ण गरेको हुनुपदर्छ । त्यहाँ दिएका आवेदकहरुमध्धे स्नातक उत्तीर्ण गरेका १४ युवा पनि छन् । यी १४ लाई छाडेर अरुलाई हेर्नेहो भने अशिक्षित बेरोजगार भन्दा खासै फरक नपर्ला । २०० मा ८००० अथवा प्रति सय जनामा २ दशमलव ५ जनाले जागिर पाउने सम्भावना छ ।
यी दुईवटा आँकडालाई हेर्दा यो कुरा थाहा हुन्छ कि नेपालमा शैक्षिक बेरोजगारको अवस्था निकै नाजुक छ । प्रति दस हजार जनामा ५१ जनाले मात्र जागिर पाउनेछन् भने नौ हजार नौ सय ४९ जना जागिर पाउनबाट बञ्चित हुनेछन् । देशमा शैक्षिक बेरोजगारको संख्या बढ्नु भनेको देशको लागि निकै चुनौतीको कुरा हो । राष्ट्रले शैक्षिक बेरोजगारको समस्या समाधान गर्न नसक्दा आफ्नो श्रम र पसिना विदेशी भूमिमा न्यून पारिश्रमिकमा खर्चन नेपालीहरु बाध्य भएका छन् । उत्पादनसिल र उर्जाशिल दक्ष जनशक्तिको अभावमा देश कसरी अगाडी बढ्छ ? अशिक्षित बेरोजगार भन्दा शिक्षित बेरोजगारको संख्या निकै माथि हुनु भनेको राम्रो संकेत होइन् । मनोविश्लेषकहरुका अनुसार यस्तो अवस्थाले गर्दा डिप्रेसन जस्ता मानसिक रोगबाट ग्रसित हुनेको संख्या क्रमस रुपमा बढ्दै जान्छ । फलस्वरुप आत्महत्याको संख्या बढ्छ । हाम्रो छिमेकी मुलक भारतको कुरा गर्ने हो भने प्रत्येक ९० मिनेटमा एकजना विद्यार्थीले आत्महत्या गर्दछन् । यो अवस्था नेपालमा पनि नआउला भन्न सकिदैन ।
११९ दरवन्दीमा २३ हजारको आवेदन । पत्रिका जस्ताको तस्तै पढ्न यहाँ । यही मंसिर २६ गतेको कान्तिपुर दैनिक पढेपछि दुई चार शव्द लेख्न मन लाग्यो । उक्त पत्रिकाको प्रथम पृष्ठमा शीला पाण्डेको समाचार छ । ११९ दरवन्दीमा २३ हजारको आवेदन । त्यस्तै गरी पृष्ठ १३ मा राजेन्द्र नाथको समाचार छ । २ सय दरवन्दीमा ८ हजारको दरखास्त ।
यी दुवै समाचार फरक फरक स्थान र फरक फरक किसिमको जागिरको लागि परेका आवेदनहरु लाई लिएर लेखिएका हुन् । प्रथम पृष्ठमा भएको समाचार भनेको नेपाल वायु सेवा निगममा खुलेको ४ वटा पद (वरिष्ठ सहायक, वरिष्ठ लेखा सहायक, लेखा अधिकृत र प्रशासन अधिकृत) मा ११९ वटा रिक्त दरवन्दीका लागि परेका आवेदनको बारेमा केन्द्रित छ । त्यस्तै गरी पृष्ठ १३ मा नेपालगञ्जबाट प्रेसित समाचारमा भनिएको छ । २ सय जना प्रहरी जवानको रिक्त पदका लागि ८ हजारको निवेदन परेको हो ।
अव यी दुईवटा समाचारलाई गहिरी रुपमा विश्लेषण गर्ने हो भने वायु सेवा निगममा आवेदन दिन आवेदकले स्नातक तह उत्तीर्ण गर्नुपर्दछ । त्यहाँ आवेदन दिने आवेदकहरु स्नातक देखि पीएचडी उत्तीर्ण गरेका समेत छन् । ११९ मा २३००० अथवा प्रति १०० जनामा शुन्य दशमलव पाँच एक जनाले मात्र जागिर पाउने सम्भावना छ । त्यस्तै नेपालगञ्जमा प्रहरी जवानका लागि खुलेको आवेदन भर्नको लागि आवेदकले कक्षा ८ उत्तीर्ण गरेको हुनुपदर्छ । त्यहाँ दिएका आवेदकहरुमध्धे स्नातक उत्तीर्ण गरेका १४ युवा पनि छन् । यी १४ लाई छाडेर अरुलाई हेर्नेहो भने अशिक्षित बेरोजगार भन्दा खासै फरक नपर्ला । २०० मा ८००० अथवा प्रति सय जनामा २ दशमलव ५ जनाले जागिर पाउने सम्भावना छ ।
यी दुईवटा आँकडालाई हेर्दा यो कुरा थाहा हुन्छ कि नेपालमा शैक्षिक बेरोजगारको अवस्था निकै नाजुक छ । प्रति दस हजार जनामा ५१ जनाले मात्र जागिर पाउनेछन् भने नौ हजार नौ सय ४९ जना जागिर पाउनबाट बञ्चित हुनेछन् । देशमा शैक्षिक बेरोजगारको संख्या बढ्नु भनेको देशको लागि निकै चुनौतीको कुरा हो । राष्ट्रले शैक्षिक बेरोजगारको समस्या समाधान गर्न नसक्दा आफ्नो श्रम र पसिना विदेशी भूमिमा न्यून पारिश्रमिकमा खर्चन नेपालीहरु बाध्य भएका छन् । उत्पादनसिल र उर्जाशिल दक्ष जनशक्तिको अभावमा देश कसरी अगाडी बढ्छ ? अशिक्षित बेरोजगार भन्दा शिक्षित बेरोजगारको संख्या निकै माथि हुनु भनेको राम्रो संकेत होइन् । मनोविश्लेषकहरुका अनुसार यस्तो अवस्थाले गर्दा डिप्रेसन जस्ता मानसिक रोगबाट ग्रसित हुनेको संख्या क्रमस रुपमा बढ्दै जान्छ । फलस्वरुप आत्महत्याको संख्या बढ्छ । हाम्रो छिमेकी मुलक भारतको कुरा गर्ने हो भने प्रत्येक ९० मिनेटमा एकजना विद्यार्थीले आत्महत्या गर्दछन् । यो अवस्था नेपालमा पनि नआउला भन्न सकिदैन ।
२ सय दरवन्दीमा ८ हजारको दरखास्त । पत्रिका पढ्न यहाँ ।
by Pawan Paudel · 0
प्रकाश पौडेल
भ्रष्टचार ! भ्रष्टचार !! भ्रष्टचार !!! अहिले पूरै वतावरण यही शब्दले रंगिएको छ । गल्ली गल्लीमा हल्ली खल्ली, संसद्मा तातो बहस, फुटपाथ देखी सिंहदरवारसम्म भ्रष्टचारको चर्चा परिचर्चा चलिरहेको छ । वास्तवमा यो आचरण र अनुसन्धानवाट तल झरेको तथा पतित आचरण वा घुुसखोरीको काम भन्ने शाव्दिक अर्थ बोकेको भ्रष्टचारको विरोध गर्न नेताहरूले सडक तताउछन् । भ्रष्टचार बढेको भन्दै प्रतिपक्ष दलले नेतृत्व लाई विरोध गर्न पछि पदैनन् । उच्च ओहदाका कर्मचारी ,सभासदहरु ,संबैधानिक निकाय, ठुला ठुला व्याक्ति मात्र होइन न्यायपरिषद, वरिष्ठ न्ययाधिशहरुका साथै अख्तियारका उच्च अधिकारीहरु हलका देशका सम्पूर्ण निकायहरु सबैले भ्रष्टचार बढेको स्वीर्काछन् । नेपालमा भ्रष्टचार दिन प्रतिदिन बढेको बढै छ । हालै टान्सपरेन्सी इन्टरनेशनल ले विश्वव्यापी रूपमा सार्वजनिक गरेको नतिजा अनुसार नेपाल भ्रष्टचार गर्ने मुलुकहरु मध्ये १५४ औं स्थानमा परेको छ । गत वर्षको तुलानामा यस वर्ष सुचांक झन् बढेको हो । अगिल्लो वर्ष १४६ औं स्थानमा यिथो । यसरी नेपालमा वर्षेनी भष्टचार बद्दो क्रममा छ । टान्सपरेन्सी इन्टरनेशनल ले वर्षेनी नतिजा निकाल्छ, नेपालको अवस्था झन् बिग्रदो छ । अब छानविन गरिन्छ, त्यसमा पनि भष्टचारै हुन्छ । अनि निर्णय हुन्छ । प्रतिवेदन सार्वजनिक गरिन्छ, नेपालमा भष्टचार भएकै छैन । भनेपछि कसले गर्छ त यँहा भष्टचार ?
यहाँ केही नभएका हातका नंग्रा खियाएर पेट पालेका शोषित सोझा साझा जनताले भष्टचार गर्छन् ! कि पार्टीको झण्डा बोकी चिप्ला कुरा गदै नेतृत्व पंक्तिमा पुगेको केही समयमै खरको छानोबाट महलमा पुग्ने व्यक्तिले भ्रष्टचार गर्छन् ? राज्यबाट शोषित, गरिब, निमुखा जनताले त राज्यको सम्पती दुरुपयोग गर्ने कुरै भएन । उनीहरूले भष्टचार गर्ने न कुनै आधार छ, न त कुनै सम्भावना नै । खादै पचाउदै, नियम बनाउदै, पारिद गदै, छानविन गदै, देशको सम्पती दुरुपयोग गदै, पजेरोमा कुद्ने नेतृत्व वर्गले गर्दा नेपालमा वर्षेनी भ्रष्टचार बढेको हो । तस्करवाट चन्दा लिने, कार्यकता पाल्ने, धम्कीको भरमा चुनाव जित्ने, जनता किन्ने, सुन्दरीका साथ डिस्को रेष्टुरेन्ट धाउने समाजलाई अपाच्य कुराहरू गदै हिड्ने आर्दशविहीन नेतागणहरुको यस्तो व्यवहारले राज्यको कसरी विकास हुन सक्छ् । अनि तिनै नेताहरू सोझासाझ जनताका अगाडि चिप्ला कुरा गदै भाषण गर्छन्, भन्छन् देशमा भष्टचारले जरो गाडेको छ । त्यसैले देशको विकास भएन, देशले निकास पाउन सकिरहेको छैन् । हामी भ्रष्टचारी लाई कार्वाही गर्छौँ, अनि मात्र देशले निकास पाउछ् । बिचरा सोझा जनताहरुले सन्नुको विकल्प अरू छैन् । केही समय अघि चन्दा उठाएर ट्याक्सी चढ्ने अनि आफ्ने र कार्यकताको भुडी भर्न आतंक मच्चाउने नेता पार्टी कार्यकर्ता आज राजधानीमा पाँचतले महल पँजेरो र विदेशी बैङ्कमा लाखौ जम्मा गर्ने भइसकेका छन् । यनीहरु बाहेक देशको सम्पती दुरुपयोग गर्ने प्रमुख हस्तिहरु अरू को हुन सक्छन् र ?

Subscribe to:
Posts (Atom)