2 States By Chetan Bhagat # Book Review Plus Free Download

Love marriages around the world are simple:
Boy loves girl. Girl loves boy.
They get married.
In India, there are a few more steps:
Boy loves Girl. Girl loves Boy.
Girl’s family has to love boy. Boy’s family has to love girl.
Girl’s Family has to love Boy’s Family. Boy’s family has to love girl’s family.
Girl and Boy still love each other. They get married.
 भारतीय उपन्यासकार चेतन भगतले लेखेको उपन्यास टु स्टे«टको मुख्य थिम यही नै हो । चेतन भगतको उपन्यासको एउटा विशेषता भनेको यी सबै उनको आफ्नै निजी जीवनमा घटेका घट्नाजस्तै लाग्दछ । यो उपन्यासमा उल्लेख गरेजस्तो क्रिस एउटा उत्तर भारतको पञ्जावी केटा हो र एन्ना तामिल ब्राह्मण केटी हुन् । वास्तविक जीवनमा चेतन भगत पनि पञ्जावमा जन्मेका हुन् र उनकी श्रीमति अनुसा भगत तामिलियन ब्राह्मण हुन् । उपन्यासमा क्रिसका बाबुले सेनामा काम गर्दछन् भनेजस्तै वास्तविक जीवनमा चेतन भगतका बाबु पनि सेनाका अधिकृत हुन् । यो उपन्यास बढी मात्रामा इण्डिया इन्स्ट्रिच्युट अफ म्यानेजमेन्ट IIM मा केन्द्रीय छ । चेतन भगत र अनुसा पनि IIM का उत्पादनहरु हुन् । यो उपन्यासको अन्तिममा भनेजस्तै यीनिहरुका पनि जुम्ल्याहा २ वटा छोरा जन्मेका छन् ।
दुई वेग्ला वेग्लै संस्कृति र रहनसहनबाट आएका यी दुवैले आफूहरु विवाहबन्धनमा बाधिँएर नयाँ जीवनको सुरुवात गर्नको लागि कति धेरै समस्याको सामना गर्नुपर्यो भन्ने कुरा उठाइएको छ । दुईवटा वेग्ला वेग्लै प्रदेशका मानिसहरुबीच विवाह गर्न कत्तिको गाह्रो छ भन्ने कुरा पनि देखाउन खोजिएको छ ।
 टू स्टे«ट अ स्टोरी अफ माइ म्यारीज मा चेतन भगतले आफ्नो प्रेमीकालाई पाउनका लागि के के गरेनन् सायद साँचो प्रेम यसैलाई नै भनिन्छ होला ।
उनले यो उपन्यासको पहिलो खण्ड अहमदवादमा प्रेमिकासँग विताएका पलहरु यसरी वर्णन गरेका छन् जति पढेपनि अझै पढिरहुँ जस्तो लाग्छ । सायद त्यसैले होला उनले प्रकाशित गरेका अरू पुस्तकहरुमध्धे अक्टुबर २००९ मा प्रकाशित भएको यो उपन्यास मार्च २०११ सम्मका ४ लाख प्रति विक्रि भइसकेको छ ।
चेतन भगतको नयाँ उपन्यास रिभोलुसन २०२० को प्रतिक्षामा छु । अहिलेसम्म हात पर्न सकेको छैन ।
Updated 20/10/2011

मित्र श्यामको कमेन्टले यो पोष्टमा केही थप्न मन लाग्यो । मैले आफूले यो उपन्यास अंग्रेजीमा पढेको हुँ हिन्दीमा भएको मेरो जानकारीमा छैन । तपाई विदेशमा बस्नुभएको र यो उपन्यास पढ्न मन छ भने  यहाँ बाट डाउनलोड गरेर पढ्न पनि सक्नुहुन्छ । 

Click Here To Download..

2 States By Chetan Bhagat # Book Review Plus Free Download 2 States By Chetan Bhagat # Book Review Plus Free Download Reviewed by Pawan Paudel on 10/18/2011 Rating: 5

2 comments:

  1. hamilai pani padhne ek6a thiyo.tara kasari?hami bides ma 6au.nobel hindima 6a ki english ma?

    ReplyDelete
  2. @shyam Thnx for your queries. Now you can download 2 State by Chetan Bhagat From this post. Once go through the updated info.

    ReplyDelete

Powered by Blogger.